कार्य व्यस्तताको कारण शरीरमा देखापर्ने साना(साना लक्षणहरूलाई हामी बेवास्ता गर्ने गर्दछाै । तर, त्यस्ता साना, साना सङ्केतबाट नै ठूला(ठूला रोगहरु निम्तन सक्छ । त्यसैले निम्न लक्षणहरूलाई कहिल्यै पनि बेवास्ता नगर्नुहोस्, किनभने यसले क्यान्सरलाई पनि सङ्केत गरिरहेको हुन सक्छ।
निप्पलमा परिवर्तन आएमा :जाँच्दा स्तन क्यान्सर भएको छ भनेर थाहा पाउनुभन्दा अगाडि अधिकांश महिलाहरूले आफ्नो स्तनको टुप्पामा परिवर्तन आएको बताउने गर्छन्। त्यसैले यदि तपाईँको स्तनमा अस्वाभाविक परिवर्तन देख्नुभएको छ भने, नहिच्किचाई तुरुन्तै अस्पताल गएर जँचाइहाल्नुहोस्।
पीडादायी महिनावारी : महिनावारी हुँदा साविकको भन्दा अत्याधिक पीडा भएमा, अनि धेरै रगत बगेमा होस् पुर्याउनुहोस् है, किनभने यसले पाठेघरको क्यान्सरलाई पनि सङ्केत गरिरहेको हुन सक्छ।
स्तन दुखेमा: अकस्मात स्तनको रङ्ग रातो हुने, तातो महशुस हुने, सुन्निने अनि दुखेर शिथिल हुने जस्ता लक्षणले पनि स्तन क्यान्सरलाई सङ्केत गरिरहेको हुन्छ।
पेट गडबड भएमा: अधिकांशलाई कलेजोको क्यान्सर हुनुभन्दा अगाडि अत्याधिक पेट दुख्ने लक्षण देखा पर्ने चिकित्सकहरू बताउँछन्। तर भित्रैबाट पेट काटेजस्तो हुने, दिशा गर्न मन लाग्ने तर दिशा नआउने जस्ता लक्षणले ‘कोलोरेक्टल क्यान्सर’को सङ्केत गरिरहेको हुन सक्छ।
निल्न गाह्रो भएमा: पानी लगायत अन्य खानेकुराहरू निल्न गाह्रो हुनु भोजननलीको क्यान्सर अथवा घाँटीको क्यान्सरका लक्षणहरू हुन्। तर फोक्सोको क्यान्सरको पहिलो चरणको लक्षण पनि यस्तै हुन सक्ने चिकित्सकहरूको भनाइ छ। स्वर बोदो हुने अथवा सुक्ने, केहि कुराले घाँटीलाई अँठ्याएको जस्तो हुने लक्षणले गलगाँडको क्यान्सर हुन सक्ने पनि जनाउँदछ।
अण्डकोश सुन्निएमा : अण्डकोशको क्यान्सर हुँदा अण्डकोश सुन्निने गर्छ। यसरी सुन्निँदा अधिकांशलाई दुख्दैन तर कोहि(कोहिलाई दुख्ने पनि गर्छ।
धम्की भएमा: लामो स्वास फेर्न गाह्रो हुनु, स्वास लिँदा छाती बज्नु जस्ता लक्षणले फोक्सोको क्यान्सर अथवा घाँटीको क्यान्सरलाई जनाउँदछ। त्यसैले यस्तो लक्षण देखा परेमा तुरुन्तै चिकित्सकसँग सल्लाह लिन जानुहोला।
पिसाब फेर्न गाह्रो भएमा : पुरुषहरूमा, पिसाबथैलीको क्यान्सर हुँदा सुरुमा देखिने लक्षण भनेको पिसाब फेर्न गाह्रो हुनु हो। कसै(कसैलाई चाहिँ पिसाब फेर्ने बेलामा अत्याधिक पीडा हुने पनि गर्दछ।
उत्तेजना नभएमा : पिसाबथैलीको क्यान्सरको पहिलो चरणको लक्षण भनेको पिसाब फेर्न गाह्रो हुनु हो। त्यसपछिको दोश्रो चरणको लक्षण भनेको लिङ्ग उत्तेजित नहुनु हो अथवा उत्तेजित भइहालेमा पनि एकैछिनमा शिथिल हुनु हो। त्यसैले होस् गर्नुहोला।
No comments:
Post a Comment