ads

Feb 22, 2016

पेट्रोलियम पदार्थको वितरण सहज नभए नेपाल आयल निगमका उच्च अधिकारीलाई कारबाही गर्ने चेतावनी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल पेट्रोलियम पदार्थको वितरण सहज नभए नेपाल आयल निगम प्रबन्ध निर्देशक गोपालबहादुर खडकासहितका उच्च अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
नाकाबन्दी खुलेपछि पेट्रोलियम पदार्थ र ग्यासको आयात सहज भए पनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको र कालोबजारी बढेको गुनासो र उजुरी आएपछि अख्तियारका पदाधिकारीले निगमका खडा र निर्देशक मुकुन्द्रप्रसाद घिमिरेलाई आइतबार बोलाएर त्यस्तो चेतावनी दिएका हुन् ।
अख्तियारका पदाधिकारीले पेट्रोलियम पदार्थको वितरण पारदर्शी नभएको, उपभोक्ता लामो लाइनमा बस्नुपरेको र अझै पनि कालोबजारी मौलाइरहेको भन्दै तत्काल समस्या समाधान गर्न निगमका अधिकारीलाई निर्देशन दिए ।
अख्तियारका पदाधिकारीले पटक–पटक पेट्रोलियम पदार्थ र ग्यासको वितरण पारदर्शी बनाउन र उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन निर्देशन दिंदा पनि निगमले ध्यान नदिएकामा रोष प्रकट गर्दै खडासहितका निगमका अधिकारीलाई सचेत गराइएको जानकारी आयोगका प्रवक्ता कृष्णहरि पुष्करले दिए ।
पुष्करले भारतको अघोषित नाकाबन्दी खुलिसकेको, प्रमुख भन्सार नाका वीरगन्जसमेत सहज भइसकेको अवस्थामा पनि पेट्रोल पम्पका अगाडि लाइन हुनु जायज नभएको, त्यसमा निगम प्रशासनको लापरबाही देखिएको भन्दै अख्तियारले निगमका अधिकारीलाई  सचेत गराएको र समस्या समाधान नभए कारबाहीको दायरमा ल्याउने चेतावनीसमेत दिइएको  जानकारी दिए ।
निगमले पेट्रोलियम वितरणका लागि राजधानीका तीन जिल्लामा पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ वितरण गरे पनि उपलब्ध गराएको परिमाणअनुसार वितरण नभएको, पेट्रोल र डिजेलमा समेत कालोबजारी कायम रहेको, खाना पकाउने ग्यास र मट्टितेल सहज हुन नसक्नुको कारण के हो भन्दै अख्तियारले खडा र निर्देशक घिमिरेसँग स्पष्टीकरण सोधेको थियो ।
निगमका अधिकारीले अख्तियारलाई दिएको जानकारीअनुसार हाल वीरगन्ज नाकाबाट पेट्रोलियम पदार्थ र ग्यास कूल मागको ७० प्रतिशत आयात भइरहेको छ । अन्य भन्सार नाकाबाट पनि मागअनुसारकै इन्धन आयात भइरहेको छ । उपत्यकाका लागि पेट्रोलियम पदार्थ र ग्यास मागअनुसार आपूर्ति हुन नसकेका कारण वितरण सहज हुन नसकेको जिकिर निगमका अधिकारीको थियो ।
खडकाले दिएको जानकारीअनुसार वीरगन्ज नाकाबाट सामान्य अवस्थामा २६ लाख लिटर इन्धन आयात हुने गरेकोमा हाल २० लाख लिटरमात्रै आयात भइरहेको छ । कुल आयातको ७० प्रतिशत बढी आयात हुने वीरगन्ज नाका सामान्य भए पनि इन्डियन आयल कर्पोरेसनले मागअनुसार इन्धन नदिएको दाबी खडाको थियो ।
सामान्य अवस्थामा ६० बुलेट खाना पकाउने ग्यास आउने गरेकामा नाका खुलिसकेपछि पनि हाल दैनिक ४० बुलेटमात्रै ग्यास आयात भइरहेको छ । निगमका प्रमुख खडा र निर्देशक घिमिरेले अख्तियारलाई दुई दिनभित्र वितरण प्रणाली सुधार गरी पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी पुष्करले दिए ।

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...