ads

Feb 22, 2016

न्यायाधीशद्वारा यौन दुर्व्यवहार, प्रहरी मिलेमताेमा रिहा

महोत्तरी—जिल्ला अदालत महोत्तरीका न्यायाधीश पूर्णप्रसाद बाँस्तोला मादक पदार्थ सेवन गरी यौन दुव्र्यवहार गरेपछि सर्वसाधारणले नियन्त्रणमा लिए। कानुनी कारवाहीका लागि प्रहरीमा जिम्मा लगाइएका उनी प्रहरीकै मिलेमतोमा छुट्न सफल भएका छन्।

मादक पदार्थ सेवन गरेर लठ्ठिएका न्यायाधीशले आइतबार दिउसो स्थानीय सहकारीको किस्ता संकलन गर्ने महिलालाई यौन दुव्र्यवहार गरेका थिए। पसल–पसलमा पैसा उठाउँदै हिँडेकी महिला आइतबार अपरान्ह बर्दिबासको शिश महलमा पुगेकी थिइन्। न्यायाधीश बाँस्तोला त्यतिबेला होटलमै मादक पदार्थ सेवन गरिरहेका थिए। महिला देख्ने बित्तिकै अश्लिल शब्द बोल्दै उनले महिलालाई जबरजस्ती कोठातर्फ लैजाने प्रयास गरेका थिए।

अपरिचित व्यक्तिले अभद्र शब्द बोल्दै दुव्र्यवहार गरेपछि महिला चिच्याएर गुहार मागेकी थिइन्। हल्लाखल्ला भएपछि न्यायाधीश बास्तोला होटलबाट भाग्ने कोसिस गरेका थिए। तल झरेर नजिकै पार्किङ गरिएको बा ११ च ५८९४ नम्बरको कार चढ्न जाने क्रममा स्थानीयबासिन्दा र पीडितका आफन्तले उनलाई नियन्त्रणमा लिएका थिए। प्रहरीलाई जिम्मा लगाएपछि सर्वसाधारणले कानुनी कारवाहीको माग गर्दै होटललाई घेरा हालेका थिए।

प्रहरीले बयान लिने क्रममा पक्राउ व्यक्ति जिल्ला न्यायाधीश भएको खुल्यो। त्यसपछि इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले न्यायाधीश पक्राउको जानकारी माथिल्लो निकायलाई गरायो। इलाकाले जिल्लालाई घटनाको जानकारी गराए लगत्तै जिप्रका महोत्तरीका एसपी जनक भट्टराई आफैँ घटनास्थल बर्दिवास पुगे। उनी त्यहाँ पुपेपछि घटनाले अर्कै मोड लियो।

यौन दुव्र्यवहारको घटनामा रंगेहात पक्राउ परेका व्यक्तिउपर मुद्दा चलाउने अधिकार इलाका प्रहरी कार्यालाई रहे पनि घटनालाई सामसुम पार्ने प्रयासस्वरुप एसपी भट्टराईले दुवै पक्षबीच वार्ता गराउने कार्यको भूमिका निर्वाह गरे। उनले पीडित पक्षलाइ 'मेलमिलाप नगरे त्यसपछि उत्पन्न परिणामको जिम्मेवार आफैँ हुन' चेतावनी दिए।

दिउसो साढे तीन बजे पक्राउ परेका न्यायाधीश बाँस्तोला र पीडित महिला पक्षबीच मिलापत्र गराउने प्रयास रातिसम्म जारी रह्यो। मिलापत्र गराउने कार्य भइरहँदा घटनास्थलमा जान खोज्ने सञ्चारकर्मीलाई प्रहरीले रोक लगाइएको थियो।

न्यायाधीश बाँस्तोलाको यौन दुव्र्यवहार घटना स्थानीयबासिन्दा, प्रहरी, नागरिक समाज र पीडित परिवारको उपस्थितिमा सामसुम पारिएको उद्योग वाणिज्य महासंघका जिल्ला महासचिव उद्धव खतिवडाले नागरिकन्युजलाई बताए। 'सबै जनाले मुद्दा मामिलामा जाँदा झन्झटिलो हुने बताएपछि पीडित परिवारसँग माफी मगाउन लगाइएको थियो।' महिला समक्ष माफी मागेपछि न्यायाधीशलाइ प्रहरी सुरक्षामा मलंगवा पुर्याइएको थियो।

पाीडित पक्षसँग मेलमिलापका लागि लविङ गर्ने र माफी मगाउने कार्य गर्दा राति करिब ९ः३० बजेको वाइसिएल इन्चार्ज शंकर महतोले बताए। अन्तिम समयमा पुगेकाले मेलमिलाप गराउने कार्यमा आफू संलग्न नभएको उनले बताए।

याे घटनाकाे सूचना कतै नदिन जिल्ला प्रहरी कार्यालयले मातहातका निकायलाई निर्देशन दिएको छ। 'यो घटनाबारे आधिकारिक रुपमा मैले केही बोल्न मिल्दैन', न्यायाधीश बाँस्तोलालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शर्माले नागरिकन्युजसँग भने, 'जे जे सोध्नु छ एसपी साहेबसँगै सोध्नुस्। मैले केही बाेल्न मिल्दैन।' घटनाबारे हाेटल मालिक तथा स्थानीय बासिन्दा पनि केही बताउन चाहँदैनन्।

यौन दुव्र्यवहार गर्ने न्यायाशी बाँस्तोला जिल्ला अदालतको दुई नम्बर बेञ्च हेर्ने न्यायाधीश हुन्।

घटनाबारे बुझ्न एसपी भट्टराईसँग बारम्बार सम्पर्क गर्न खोज्दा 'अख्तियारको काममा व्यस्त रहेको' भन्दै बोल्न मानेनन्।

न्यायाधीश बाँस्तोला सम्पर्कमा आउन चाहेनन्।

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...