अहिले भर्खरै सम्पन्न भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलमा नेपाल भारत विरुद्ध २-१ गोलले विजयी भएको

भारतको गुवाहाटीमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष दक्षिण एशियाली खेलकूदको फुटबलको फाइनलमा नेपाली टोलीले भारतलाई पराजित गर्दै उपाधि जितेको छ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा नेपालका तर्फबाट प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरे।उपाधि
खेलको पहिलो हाफमा पेनाल्टीमार्फत भारतले गोल गरी अग्रता हासिल गरेको थियो।तर मध्यानतरपछि राम्रो खेल पस्कदै नेपालले २३ बर्षपछि साफ खेलकुदमा फूटबलको उपाधि जितेको हो।
नेपाली अग्रपंक्ति खेलाडी नवयुगले गतिलो प्रदर्शन गर्दै प्रतियोगितामा व्यक्तिगत रुपमा सात गोल गरेका थिए।
उनी सबैभन्दा बढी गोल गर्ने खेलाडी भएका छन्।
जित
नेपाली टोलीका अर्का खेलाडी प्रकाश बुढाथोकीले आकर्षक 'फ्रि किक' मार्फत गोल गर्दै खेलमा भारतको अग्रतालाई तोडेका थिए।सन् १९९३ मा ढाकामा भएको दक्षिण एशियाली खेलकूदमा भारतलाई नै पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको थियो।
सोमबार भारतमाथि जित हासिल गर्दै दुई दशकपछि नेपालले आफ्नो सफलताको इतिहास दोहोर्याएको हो।
गत महिना बाँग्लादेशमा भएको बंगाबन्धु कपमा बहराइनलाई हराउँदै नेपालले अन्तर्राष्ट्रिय उपाधि जितमा देखिएको २३ वर्षे खडेरी तोडेको थियो।
- BBC Nepali
No comments:
Post a Comment