ads

Showing posts with label Sport. Show all posts
Showing posts with label Sport. Show all posts

Feb 17, 2016

चर्चित फुटबलर नेमारको पाँच करोड डलर सम्पत्ति जफत, जेल सजाय हुने संभावना

चर्चित फुटबलर नेमारको पाँच करोड डलर सम्पत्ति जफत, जेल सजाय हुने संभावना

सायो पाउलो–ब्राजिलका फुटबल स्टार नेमारलाई कर छलीको आरोपमा ठूलो झड्का लागेको छ। ब्राजिल सरकारले नेमारको निजी जेटसहित पाँच करोड डलर सम्पत्तिसमेत जफत गरेको छ। सायो पाउलोको अदालतले नेमारको अपिल खारेज गर्दै उनको सम्पत्ति जफत गर्न निर्देशन दिएको थियो।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार गत वर्ष नेमार र उनको परिवारलाई प्रशासनले करिब १ दशमलव ६ करोड बराबरको कर छली गरेको आरोप लगाएको थियो। २०११ र २०१३ मा ब्राजिलको क्लब सान्तोस आबद्ध भएपछि उनीमाथि कर छलीको आरोप लागेको थियो। नेमारले भने यी सबै आरोपलाई अस्विकार गर्दै आएका छन्।
संचारमाध्यमका अनुसार २३ वर्षीय नेमारको जुन सम्पत्ति जफत गरिएको छ, त्यसमा उनको निजी जेट र शीपसमेत रहेका छन्। ब्राजिलको कर विभागले नेमारले छली गरेको बर तिर्ने हो भने उनीलाई जेलसजाय नहुने जनाएको छ। बार्सिलोनामा अवैध तरिकाले ट्रान्सफर लिएको भन्दै नेमार र उनका बुबालाई स्पेनिश विभागबाट पनि कानूनी जाँचको सामना गर्नुपरेको छ।

Feb 16, 2016

नेपाल भारत विरुद्ध २-१ गोलले विजयी नेपाली फुटबलमा नव-युग

अहिले भर्खरै सम्पन्न भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलमा नेपाल भारत विरुद्ध २-१ गोलले विजयी भएको 
भारतको गुवाहाटीमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष दक्षिण एशियाली खेलकूदको फुटबलको फाइनलमा नेपाली टोलीले भारतलाई पराजित गर्दै उपाधि जितेको छ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा नेपालका तर्फबाट प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरे।

उपाधि

खेलको पहिलो हाफमा पेनाल्टीमार्फत भारतले गोल गरी अग्रता हासिल गरेको थियो।
तर मध्यानतरपछि राम्रो खेल पस्कदै नेपालले २३ बर्षपछि साफ खेलकुदमा फूटबलको उपाधि जितेको हो।
नेपाली अग्रपंक्ति खेलाडी नवयुगले गतिलो प्रदर्शन गर्दै प्रतियोगितामा व्यक्तिगत रुपमा सात गोल गरेका थिए।
उनी सबैभन्दा बढी गोल गर्ने खेलाडी भएका छन्।

जित

नेपाली टोलीका अर्का खेलाडी प्रकाश बुढाथोकीले आकर्षक 'फ्रि किक' मार्फत गोल गर्दै खेलमा भारतको अग्रतालाई तोडेका थिए।
सन् १९९३ मा ढाकामा भएको दक्षिण एशियाली खेलकूदमा भारतलाई नै पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको थियो।
सोमबार भारतमाथि जित हासिल गर्दै दुई दशकपछि नेपालले आफ्नो सफलताको इतिहास दोहोर्याएको हो।
गत महिना बाँग्लादेशमा भएको बंगाबन्धु कपमा बहराइनलाई हराउँदै नेपालले अन्तर्राष्ट्रिय उपाधि जितमा देखिएको २३ वर्षे खडेरी तोडेको थियो।

- BBC Nepali

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...