Blog, News, Views, Events, Information, Knowledge, Vlog, Lok Sewa Aayog, Public Service Commission (PSC), Questions & Answers (QS), Old is god, Question Bank
फाल्गुन ८, २०७२- भारतको ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको भेटवार्तामा विभिन्न सातवटा सम्झौतामा हस्ताक्षर भएको छ ।
दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलपछि भारतले नेपालालाई बांगलाबन्द र विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न दिने भएको छ । विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न रोहनपुर–सिंहवाद रेल्वे रुटको प्रयोग गरिने सम्झौता भएको जानकारी गराइएको छ ।
यस्तै भूकम्पपछिको पुनर्निर्माणको कार्यनीति सम्झौतामा पनि हस्ताक्षर भएको छ । यस्तै हुलाकी मार्ग निर्माण र संगीत नाट्या एकेडेमीकाे बारे पनि सम्झाैता भएकाे छ ।
यस्तै दुई देशका प्रधानमन्त्री ढल्केबर–मुजफ्फरपुर अन्तर–देशीय विद्युती प्रसारण लाईनको पनि औपचारचिक उद्धघाटन गरेका छन् ।
भारत र नेपालकाे प्रधानमन्त्रीबीच जारी बैठककाे दृश्य । तस्बिर स्राेत : भारतीय विदेश मन्त्रालय
सिओल: उत्तर कोरियाका तानाशाह किम जोङ्ग उनले दक्षिण कोरियामाथि हमला गर्ने तयारीका लागि आफ्ना सैनिकलाई आदेश दिएका छन् ।
दक्षिण कोरियाक जासुसी एजेन्सीले यो कुराको दाबी गरेको हो । नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले प्रतिपक्षी दल सेन्युरीलाई बिहीबार यस खतराबारे सचेत गराएको हो ।
समाचार अनुसार उत्तर कोरियाद्वारा हाइड्रोजन बम र मिसाइल परीक्षण गरेपछि दक्षिण कोरियामा तनावको माहौल रहेको छ । जासुसी एजेन्सीका अनुसार उत्तर कोरियाले हमलाको तयारी थालिसकेको छ ।
एनआईएसले जनाएअनुसार किम जोङ्ग उनको आदेशमा उत्तर कोरियन जासुसी एजेन्सीले साइबर र अन्य किसिमका हमला गर्ने तयारी थालेका हुन् ।
यसअघि पनि उत्तर कोरिया कोरियाले दक्षिण कोरियामाथि झुक्याएर आक्रमण गरेको इतिहास रहेको छ ।
सन् २०१० मा उत्तर कोरियाले दक्षिण कोरियामा गोलाबारी गरेको थियो । त्यो बेला चारजना दक्षिण कोरियाली नागरिक मारिएका थिए ।
त्यसैगरी सन् १९८७ मा दक्षिण कोरियन यात्रुजहाजमा आक्रमण गरि उत्तरले ११५ मानिसको ज्यान लिएको थियो ।
एनआईएसले दिएको चेतावनीमा उत्तर कोरिया, एन्टी-प्योङ्गयाङ्ग एक्टिभिस्ट्स र डिफेक्टर्सका साथै सरकारी अधिकारीहरुलाई लक्षित गरि आक्रमणको तयारीमा जुटेको हो ।
अमेरिकी बम वर्षक जहाज एफ-२२ ले दुबै देशको हवाई सीमामाथि उडान भरेपछि दक्षिण कोरियामाथि हमलालाई लिएर उत्तर कोरियाको यो टिप्पणी आएको हो । समाचार अनुसार अमेरिकाको यो हवाई उडान सिधै उत्तर कोरियालाई चुनौती थियो ।
अमेरिकाले दुई कोरियाको सीमानामा उडाएका एफ-२२ राडारको सम्पर्कमा आउँदैनन् । यी लडाकू विमानलाई सिओलदेखि उडाएर ओसानको बेसमा उतारिएको थियो ।
उता अमेरिकी राष्ट्रपति बाराकले ओबामा उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने बिलमा हस्ताक्षर गरेका छन् । व्हाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले शुक्रबार यो जानकारी दिएका हुन् ।
सायो पाउलो–ब्राजिलका फुटबल स्टार नेमारलाई कर छलीको आरोपमा ठूलो झड्का लागेको छ। ब्राजिल सरकारले नेमारको निजी जेटसहित पाँच करोड डलर सम्पत्तिसमेत जफत गरेको छ। सायो पाउलोको अदालतले नेमारको अपिल खारेज गर्दै उनको सम्पत्ति जफत गर्न निर्देशन दिएको थियो।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार गत वर्ष नेमार र उनको परिवारलाई प्रशासनले करिब १ दशमलव ६ करोड बराबरको कर छली गरेको आरोप लगाएको थियो। २०११ र २०१३ मा ब्राजिलको क्लब सान्तोस आबद्ध भएपछि उनीमाथि कर छलीको आरोप लागेको थियो। नेमारले भने यी सबै आरोपलाई अस्विकार गर्दै आएका छन्। संचारमाध्यमका अनुसार २३ वर्षीय नेमारको जुन सम्पत्ति जफत गरिएको छ, त्यसमा उनको निजी जेट र शीपसमेत रहेका छन्। ब्राजिलको कर विभागले नेमारले छली गरेको बर तिर्ने हो भने उनीलाई जेलसजाय नहुने जनाएको छ। बार्सिलोनामा अवैध तरिकाले ट्रान्सफर लिएको भन्दै नेमार र उनका बुबालाई स्पेनिश विभागबाट पनि कानूनी जाँचको सामना गर्नुपरेको छ।
गैरकानुनी आप्रवासी कामदारलाई वैधानिकता दिई रोजगारी दिन ल्याइएको ‘रि–हाइरिङ एण्ड रिलोकेशन इलेगल ईमिग्रान्ट प्रोग्राम भनिने ‘पुनः रोजगारी तथा स्थानान्तरण कार्यक्रम’ सोमबारदेखि शुरु गरिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
उक्त कार्यक्रमअनुसार रोजगारदाताले आफूलाई आवश्यक कामदार र तिनका विवरण अब सरकारले तय गरेको अनलाइन प्रणालीमार्फत दर्ता गरी भर्ना गर्न सक्नेछन् ।
दर्ता, व्यवस्थापन, भिसा प्रक्रिया, बीमा, स्वास्थ्य परीक्षण र लेबी शुल्कसहित प्रतिकामदार करिब ४ हजार रिंगिट खर्च लाग्ने बताइएको छ।
यद्यपि उक्त रकम रोजगारदाताले खर्चिनुपर्ने वा कामदारले भन्नेबारे स्पष्ट भइसकेको छैन।
अन्योल
नयाँ प्रावधानअनुसार वैध हुने कामदारले ३ वर्ष काम गर्न सक्नेछन्।
तर यसबारे यथेष्ट जानकारी नपाउँदा गैरकानुनी नेपाली कामदारहरु अन्योलमा देखिन्छन्।
मलेसियास्थित नेपाली दूतावासका एकजना अधिकारीले मलेसियाले शुरु गरेको पछिल्लो कार्यक्रम सकारात्मक रहेको बताए।
यद्यपि त्यसबारे दूतावासलाई औपचारिक जानकारी आउन बाँकी रहेको उनले जनाए।
आप्रवासी कामदारका लागि वैध भएर रोजगारी गर्न वा स्वदेश फिर्ती समेत पाउने गरी दोहोरो अवसर दिइएको यो महत्वपूर्ण अवसर हो।
यो कार्यक्रम पूर्णरुपमा लागू भएमा हजारौंको संख्यामा रहेका गैरकानुनी नेपाली कामदारहरुसहित लाखौं आप्रवासी कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ।
त्यहाँ सुरक्षा, सेवा, उत्पादन र निर्माण लगायत क्षेत्रमा नेपालीहरु कार्यरत छन् ।
नियन्त्रण
आप्रवासी कामदारको परनिर्भरता हटाउन पटक-पटक आममाफी एवम् वैधानिकतासम्बन्धी कार्यक्रम ल्याइसकेको मलेसियामा हाल करिब ५ लाख नेपालीहरु वैध रुपमा कार्यरत रहेको अनुमान छ।
करिब २१ लाख आप्रवासी वैध कामदार कार्यरत रहेको मलेसिायमा झण्डै त्यति नै संख्यामा गैरकानुनी कामदारहरु रहेको बताइन्छ।
ती कामदार हटाउनु मलेसियाका लागि ठूलै चुनौती रहँदै आएको छ ।
यसअघि सन् २०११ मा सञ्चालन भएको आममाफी कार्यक्रममा बिचौलियाहरुबाट कामदारहरु ठगिएको पाइएपछि यसपालि सरकारले ठगी नियन्त्रण गर्न अनलाइन प्रणाली लागू गरेको जनाइएको छ ।
यसैबीच यही फेब्रुअरी महिनादेखि लागू हुने गरी आप्रवासी कामदारसंग लिइने लेबी शुल्क दोब्बर बढाएको मलेसियाले विभिन्न मजदुर युनियन र सरोकारवालाहरुको विरोधपछि तत्कालका लागि उक्त नयाँ लेबी शुल्कसम्बन्धी नीति स्थगित गरिएको छ।
उसले आगामी जुलाईदेखि लागू हुने गरि कामदारको मासिक न्यूनतम पारिश्रमिकमा एकसय रिंगिट वृद्धि गर्ने घोषणा समेत यसअघि नै गरिसकेको छ।
हाल नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक ९ सय रिंगिट पाउँछन्।