ads

Feb 15, 2016

स्वाइन फ्लुकाे उपचार के छ ?

स्वाईनफ्लु सम्बन्धी ड़ा.भगवान कोइरालाका मुख्य पाँच सुझाब

dr bhagwan
स्वाइन फ्लु लागेको खण्डमा तुरुन्त नजिकैको स्वास्थ कार्यालयमा सम्पर्क गर्नुहोस्। उपचार गर्न ढिलो गर्दा ज्यान समेत जान सक्छ। स्वाईनफ्लु सम्बन्धी ड़ा.भगवान कोइरालाका मुख्य पाँच सुझाब यस्ता छन् ।


१. कसलाई सबै भन्दा बढी स्वाइन फ्लुले ग्रस्त पार्छ ?
–जो संग Immunity कम छ अर्थात् जोसंग सामान्य जिंवाणु संग पनि लड्न सक्ने छमता कम छ, उसलाई स्वाइन फ्लुको असर बढी देखिन्छ।
– बुढा(बुढी (खासगरी ६५ बर्ष भन्दा माथिका)
– बच्चा(बच्ची (पांच बर्ष भन्दा मुनिका)
– गर्भवती महिला
– विभिन्न किसिमका दिर्घ रोगि ( थला परेर घरमै बस्नु परेका बिरामीर धेरै लामो समयका सुगरका रोगि र श्वास–प्रश्वाश सम्बन्धिका बिरामी र किड्नी फेल भएका बिरामी र अन्य धेरै)
२. स्वाइन फ्लुलाग्न नदिन के–के गर्नु पर्छ ?
–अरुलाई (खासगरी रुघा खोकीका बिरामीलाई) छोएपछि तुरुन्त साबुन पानीले राम्रोसंग हात धुनुपर्छ।
— हात नधोइकन मुखमा, आँखामा, वा नांकमा हात लैजानु हुँदैन ।
–भिड भाडमा सकेसम्म जानु हुँदैन। जानै परे माक्स लगाएर जानुपर्छ।
–आंफुले खोक्दा वा हाच्छ्यु गर्दा कागजको रुमाल प्रयोग गर्नुपर्छ। एउटा रुमाल एक पटक भन्दा बढी (सकेसम्म) प्रयोग गर्नु हुँदैन।
३. स्वाइन फ्लुका लक्षणहरु
–स्वाइन फ्लु र सामान्य रुघा खोकीका लक्षणहरु प्राय उस्ता–उस्तै हुन्छन। तर स्वाइन फ्लुले आक्रमण छिट्टो गर्छ। लामो समयसम्म शरीरलाई कम्जोर बनाउछ। सामान्य रुघा खोकिमा जस्तै ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी खस–खस पार्ने भएपनि स्वाइन फ्लुमा त्यहि समस्या अलिक कडा देखिन्छ। कसै–कसैलाई बान्ता र झाडा पखाला पनी संगै हुन्छ। अधिकाम्स अबकभ हरुमा बिरामीले स्वाइन फ्लु र सामान्य रुघा खोकीमा फरक छुट्याउन सक्दैनन्।
यदि तपाइलाई स्वाइन फ्लुको जस्तो लछण देखिएको छ भने परिवारको अरु सदस्यबाट टाढा बस्नु राम्रो हुन्छ ।
४. पांच बर्ष भन्दा सानो बच्चा–बच्ची जो आँफुलाई गाह्रो भएको कुरा राम्रोसंग भन्न सक्दैनन् उनीहरुमा देखिने लक्षणहरु
–छिटो–छिटो सास फेर्ने वा सास फेर्न गाह्रो भएजस्तो गर्ने। ज्वरो आउने। अलि बढी झगडा गर्ने, रोइ कराई गर्ने र फकाउंदा झट्टै नर्फकिने। थकित जस्तो देखिने। राम्रो संग खान र खेल्न मन नगर्ने। रुघाखोकीको लक्षण देखिने।Swine_flu
५. यसको उपचार के छ ?
–स्वाइन फ्लुको औषधि छ। यदि समयमै खाए, औषधिले पूर्ण रुपमा निको पार्छ।
– सामान्य रुघा लाग्या होस रुघा त पाक्न दिनुपर्छ” भनेर गल्ति नगर्नुहोस्।
– खासगरी स(सानो बच्चा–बच्ची, बुढा–बुढी, गर्भवती, विभिन्न रोगका कारण थला परेर बसेका रोगि र अन्य रोगबाट ग्रसित भैराखेकाहरुको सकेसम्म छिट्टो उपचार गर्नु पर्छ। यस्ता समुहका बिरामीहरुलाई लक्षण देखिएको ४८ घण्टा भन्दा बढी उपचार नगरी घरमै राख्दा ज्यान समेत जान सक्छ।
स्वाइन फ्लु लागेकाले सबैले ब्लतष्खष्चब िऔषधिनै खानु पर्छ । अरुका कुरा नसुन्नुहोस् स्वाइन फ्लु लागेको जस्तो लागेमा तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस् स्वाइन फ्लु लागेकाको सबैको ज्यान जाँदैन । राम्रो Immunity भएका र पहिले (६ महिना भित्र) सोहि भाइरस बाट एक्सपोज भै सकेकाहरुलाई स्वाइन फ्लुले सुरुमा असर गरेपनि पछि आँफै निको हुन सक्छ । हामी सबैमा रोगसंग लड्ने छमता एकै नाशको हुँदैन । त्यसैले कुनै व्यक्ति स्वाइन फ्लुलागेर निको भएको छ भने, उसको सल्लाहमा पनि भर नपर्नुहोस् । बजारमा यो खाएर निको हुन्छ र त्यो खाएर निको हुन्छ भनेर अनेक तर्क गरिन्छस त्यसको पछि नलाग्नुहोस् । गलत सल्लाहमा आँफुलाई प्रयोग गर्दा ज्यान जान सक्छ ।

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...