ads

Feb 17, 2016

Home remedies to increase sex power

सेक्सको पावर तुरुन्तै अत्यधिक मात्रामा बढाउने घरेलु औषधी

यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन ।Capture
आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ ।
त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।
महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।
यार्सागुम्वा लाइ दूधमा ३० मिनेट जति भिजाएर राख्ने र विहान बेलुका उक्त यार्सागुम्वा सहित दुध पिउनाले याैन तथा शारिरीक दुर्वलता घटदछ । अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...