ads

Feb 15, 2016

ब्लडग्रुप अनुसार के खाने के नखाने ?

समूह ए :
यो रक्तसमूह भएका मानिसहरुले हरियो सागसब्जी, नास्पाती, गाँजर, लसुन, सिमी जस्ता खानेकुराहरु खाँदा स्वास्थ्यका लागि फलदायी हुने चिकित्सकहरुले बताएका छन् । साथै दूधबाट बनेको परिकारहरु पनि खान चिकित्सकको सुझाव रहेको छ । चिकित्सकका अनुसार यो समूहका मानिसहरुले भात र रोटी, कुखुरा र खसीको मासु कम गर्दा राम्रो हुने बताएका छन् ।
समूह बी :
यो रक्त समूह भएकाका मानिसको पाचन शक्ति राम्रो हुने बताईएको छ । यो समूहका मानिसका लागि सागसब्जी, फलफूल, माछा, मटन, चिकेन सबै राम्रो मानिन्छ ।
समूह ए बी :
अरु रक्त समूह भन्दा यो समूह निकै कम मानिसमा पात्र देखिन्छ । यो गु्रप भएका मान्छेले बढी सावधान रहनुपर्छ । फलफूल र अत्यधिक सागसब्जी खानु उत्तम हुन्छ । त्यसका साथै अन्डा पनि खाँदा राम्रो हुन्छ । त्यसका साथै दूध र दूधले बनेका परिकारले पनि त्यति खराबी गर्दैन ।
समूह ओ :
यो रक्त समूह भएका मानिसले बढी प्रोटिन भएको आहारा लिनु राम्रो मानिन्छ । जस्तै, दाल, मासु, माछा, फल राम्रो हुन्छ । त्यस्तै, अन्नका साथै फलफूल सन्तुलित तरिकाले खानु राम्रो मानिन्छ ।

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...