ads

Feb 19, 2016

ग्यास कालोबजारी गर्नेलाई थुन्न आदेश

पाल्पा: ग्यास कालोबजारी गर्ने पाल्पाको तानसेनस्थित कबिर स्टोर्सका सञ्चालक कमल ढकाललाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ। 
 
उनलाई प्रहरीले अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरेको थियो।जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले ढकाललाई थुनामा राख्ने आदेश दिएको हो। 
अदालतका सूचना अधिकृत श्रेस्तेदार उत्तम सिलवालका अनुसार कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ को दफा ३ (१) र दफा ४ अनुसारको कारबाहीको माग दाबी छ। सोही दफा अनुसार ५ वर्षसम्म कैद सजायको मागसमेत गरिएको छ।
 
मौखिक उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा बिक्री गरेका दुईवटा १४ किलोको सिलिन्डर फेला पारेको थियो। साथमा ग्राहकले तिरेको १२ हजारको चेक समेत बरामद भएपछि ढकाल पक्राउ परेका हुन्।
 
त्यसअघि प्रहरीले गहिरो अनुसन्धान गरी सरकारी वकिललाई मिसिल बुझाएको थियो। प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले अनुसन्धान सकेपछि मिसिल सरकारी वकिलमार्फत् अदालतमा पेस भएको बताए। 
 
उनले अनुसन्धानमा कुनै कसर नराखी हदैसम्मको कारबाहीको माग गरिएकाले मुद्दा पुर्पक्षका लागि थुनामा जानु स्वभाविक भएको बताए। स्थानीयले गरेको उजुरीका आधारमा प्रहरी तत्काल पसलमा पुगेर प्रमाणसहित फेला पारेपछि मुद्दा प्रक्रिया अघि बढेको थियो।
 
ग्यास सिलिन्डरमा कालोबजारी गरेर बिक्री गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।सरकारी मूल्यमा ग्यास दिन नसकिने पाल्पा ग्यास डिलर्स संघले सरकारले तोकेको दररेटमा उपभोक्तालाई ग्यास बिक्री गर्न नसकिने जनाएको छ। 
 
संघले तानसेनमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा ग्यास डिलर्ससम्म ल्याउँदा ढुवानीसहित सातसय ६२ रुपैयाँ पर्ने भएकोले सरकारले तोकेको दररेटमा उपलब्ध गराउन नसक्ने जनाएको हो। 
 
संघका अध्यक्ष राजेन्द्रबहादुर बज्राचार्यका अनुसार अहिले पाल्पामा कास्की, रुपन्देही र नवलपरासीबाट शक्ति, स्वस्तिक, त्रिशूल, आरती, सिद्धार्थ र बुटवल, ग्यास आपूर्ति भइरहेको छ।

जगदीश भट्टराई

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...