ads

Mar 27, 2016

Social Anxiety Disorder

कहिले काहीं नयाँ नौलो मानिससंग बोल्दा वा नौलो ठाउँमा जाँदा मन आत्तिने, बोलाई हड़बढिने वा सभा समूहको अगाडी बोल्न अप्ठ्यारो हुने सामन्य नै हो l तर यहि मानिसको सामा...न्य बानी कसैलाई बिकार वा disorder वा रोगकै उपमा देखा पर्छ l जसले गर्दा धेरै मानिसहरु आँफु भन्दा कम शिक्षित र कम अनुभवीहरु आँफु भन्दा अगाडी गएको देख्दा देख्दै पनि जीवनमा पछि नै धकेलिन बाध्य हुन्छन् l उनीहरु केहि बोल्दा, प्रश्न गर्दा, घर बाहिर निस्कंदा, सभा समुहमा भाग लिन जाँदा मनमा सदैव "अरुले के भन्ला? म बोलें भने मेरो बेइजत हुन्छ, सबले मलाई हेर्छन्, म आत्तिन्छु, मैले केहि बिगार्न सक्छु, मेरा कारणले अरुलाई अप्ठ्यारो हुन्छ, मानिसले मलाई मुर्ख सम्झन्छन्, मैले यसो गरें भने मलाई मन पराउँदैनन् कि?, म आत्तिएँ र केहि गल्ति गरें भने? सबले मलाई हेर्नेछन्, मैले प्रश्न गर्दा मलाई नराम्रो दृष्टिले हेर्छन् कि ? म चुप लागे त भैगो नी, मैले सहिदीए त भैगो नी, फलानो रहेछ त्यहाँ भो म अहिले जान्न, मलाई के सम्झाला? ..........." जस्ता कुराहरु मनमा ल्याउँछन् l यदि तपाईंलाई पनि यस्तै हुन्छ भने तपाईंलाई Social Anxiety Disorder भएको हुन सक्छ l Social Anxiety Disorder सानै उमेर देखि सुरु हुन्छ l १०-१२ बर्षको उमेरमा यसका लक्षणहरु देखा परि सक्छन् l मैले आफ्ना बिरामीलाई उपचार गराएको अनुभवको आधारमा यहाँ लक्षणहरु mild-moderate र severe गरी दुई भागमा बिभाजन गरेको छुl
--यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला--
यदि तपाईंको Facebook friend list मा कोहि शिक्षक/ शिक्षिका हुनुहुन्छ भने कृपया यो पोष्ट tag गरिदिनुहोस् l
-------------------------
यो जन्मै देखि हुने समस्या हो l पछि गएर निकै ठुलो भए पछि यहाँ भने जस्तै समस्या देखिए ति अरु खाले anxiety disorder हुन् l यो व्यक्तिमा हुने सामान्य लजाउने समस्या होइन l
Mild/Moderate:
१. आँफु बिषयको बिज्ञ वा जानकार भएपनि कक्षा, समुह, बैठक आदि ठाउँमा अगाडी गएर बोल्न, मन्तब्य दिन नसक्ने l वा बाध्यता नभय सम्म अगाडी गएर नबोल्ने l बोल्दा मुटुको धड्कन निकै बढ्ने, अनुहार रातो हुने, अगाडी बसेकाको अनुहार प्रष्ट नदेख्ने, आँखा धमिलो हुने, लज्जित महशुस हुने आदि हुन्छ l
२. त्यस्तो कार्यक्रम वा ठाउँमा उठेर प्रश्न सोध्न नसक्ने (यिनीहरुले केहि नुबुझे बरु संगै बसेको अरुसंग सोधी राख्छन् तर हात उठाएर वा स्वर ठुलो पारेर बक्तालाई प्रश्न सोध्न सक्दैनन्)
३. सानै देखि निकै ज्ञानी, अति बिनम्र, रुखो नबोल्ने, अति सहनशील, चोट पिडा सहने तर जवाफ फर्काउन नखोज्ने, मित्रता वा सम्बन्ध जोगाउनको लागि आफुँ माथि भएको घृणा र दुर्ब्यबहार सहने र भैगो भन्ने खाले बानी हुने l (आज सम्म मैले सयौं यस्ता बिरामीको उपचार गरेको छु तर एक जनाले पनि कुनै ठुलो अपराध गरेको वा कानुन उल्लघन गरेको देखेको छैन l बरु उनीहरु नै साथीभाई, नातेदार र आँफुलाई काम कजाउने बाट भएको अन्याय सहेर बसेको भने निकै देखेको छु)
४. स्कुल-कलेज, टोल-छिमेकमा वा काममा नेतृत्व गर्ने खालको पद लिन नखोज्ने (यिनीहरु बरु कम बोनस र तलब मै चित्त बुझाउँछन् तर योग्यता, पढाई, सिप र अनुभव भएपनि सुपरभाइजर वा म्यानेजरको पद लिन तम्सदैनन्)
५. भोज, सार्बजनिक सभा, वा भेटघाट कार्यक्रममा Center of Attraction बन्न खोज्दैनन् l मुख्य अतिथि बन्न खोज्दैनन् l
६. लामो समयसम्म चिनजान साथी भाई र नाता गोतासंग भने राम्रैसंग छलफल र रमाइलो गर्न सक्छन् l प्रेमी प्रेमिका बनाउन सक्छन् l दुई वा तीन जना नौलो मानिसहरु संग पनि बोल्न सक्छन् l तर चार- पांचजना नौलो मान्छे पुगेपछि मुटुको धड्कन बढ्न थाल्छ, अनुहार रातो हुन थाल्छन्, मन्द शरीर काँप्न थाल्छन्, हड़बडाउन थाल्छन्, लामो समय कुरा गर्न सक्दैनन् l
Severe:
१. एक्लै बाहिर किनमेल गर्न जान नसक्नु l एक्लै होटल वा रेस्टुरेन्टमा गएर बसेर खान नसक्नु l (यिनीहरु यदि अरुसंग गएको भए कुनामा गएर बस्छन् र अरुले जे अडर गर्यो त्यहि किनेर खान्छन्)
२. सार्बजनिक सौचालय प्रयोग गर्न नसक्नु (बाहिर सौचालय जानु पर्छ भनेर बरु पानी कम खाएर, मुख सुकाएर बस्छन् )
३. भोज भतेरमा एक्लै कहिल्यै जाँदैनन् l अरुसंग गए भने एक्लै गएर थपेर खाँदैनन् l वा आँफैले घरमा कार्यक्रम बनाएर अरुलाई निमन्त्रणा गर्न सक्दैनन् l
४. बैठक वा समारोह आदिमा सकेसम्म जाँदैनन् तर यदि बाध्यकारी भय अरु भन्दा निकै चांडो पुग्छन् l कार्यक्रम सुरु भैसकेको एक मिनेट मात्र पनि भएको भय र सिटमा मानिसहरु बसिसकेको भए बिचमा जान डराउँछन् बरु फर्केर जान्छन् l
५. चाड पर्व, मेला, भेट घाट आदिमा घरबाट बाहिर निस्कन नपरोस भनेर अनेकौं प्रयास गर्छन् l जानै पर्ने बाध्यता भयो भने मन आत्तिएर यता उता हिंडीरहन्छन्, राम्रो संग सुत्न सक्दैनन्, पटक पटक पिसाब फेर्न जान्छन् l यस्तो बानी घरबाट निस्कनु भन्दा केहि दिन अघि वा केहि घण्टा अघि देखि हुन्छ l
६. प्रेमी प्रेमिका बनाउन सक्दैनन् l date गर्न सक्दैनन् l आफ्नै नजिकका नातेदार र एउटै स्कुल वा कक्षाका सबै साथीहरु संग बोल्न पनि डराउँछन् l
उपचार :
Mild-moderate Social Anxiety Disorder भएको व्यक्ति आँफैले निकै मेहेनत गरेर आफ्ना लक्षणहरु लुकाउन सफल हुन्छन् l यिनीहरुलाई सामान्य व्यक्तिलाई भन्दा बढी तनाब भएपनि परेको खण्डमा नयाँ मानिसका समुहको अगाडी बोल्ने, भेट्ने आदि काम गर्न सक्छन् l तर यिनीहरुले सोहि कुरा गर्न सामान्य व्यक्ति भन्दा २-३ गुना बढी तयारी गर्नुपर्छ l यिनीहरु आँफु १००% सत्य भएको निश्चित नभई कसै संग केहि कुरामा बादबिबादमा तानिन खोज्दैनन् l वा प्राय मध्य मार्गिको भूमिकामा रहन्छन् l आज सम्म मैले सयौं यस्ता बिरामीको उपचार गरेको छु तर एक जनाले पनि कुनै ठुलो अपराध गरेको वा कानुन उल्लघन गरेको देखेको छैन l बरु उनीहरु नै साथीभाई, नातेदार र आँफुलाई काम कजाउने बाट भएको अन्याय सहेर बसेको भने निकै देखेको छु l ५-६ पटकको थेरापीले यिनीहरुलाई आफ्नो सोंचाई र बानी परिवर्तन गर्न निकै मद्दत पुग्छ l यदि तपाईं (mild-moderate) Social Anxiety Disorder का कारण आँफु जीवनमा पछाडी परेको जस्तो लाग्छ र थेरापी बिना आँफै बानी र सोंचाई परिवर्तन गर्न सक्दिन जस्तो लागेको छ भने psychiatrist वा psychotherapist को मा जानुहोस् l
Severe को हकमा उनीहरुलाई अनिवार्य महिनौं-बर्षौं थेरापीको अवाश्येक पर्छ l कसै कसैलाई औषधि पनि चाहीन सक्छ l यी समुहमा पर्नेले समाजमा घुलमिल हुन र काम गर्न रक्सि वा अन्य लागुपदार्थको सहयोग लिने धेरै हुन्छन् l यो समुहकालाई औषधि र थेरापी दुवै चाहिन सक्ने हुँदा psychiatrist बाट नै दुवैको सुबिधा एकै पटक लिन राम्रो हुन्छ l

Source: Talk to Kalyan FB

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...