काठमाडौँ, प्रधान सेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय हित प्रतिकुलका अवान्छित गतिविधिहरुको नेपाली सेनाले नजिकबाट सुक्ष्म तरिकाले अध्ययन र विश्लेषण गरिरहेको बताउनु भएको छ । उहाँले यस्ता गतिविधि अनुसार नेपाली सेनाले आफ्नो रणनीति पनि तयार गरिरहेको खुलासा गर्नु भएको छ ।
महाशिवरात्री तथा सेना दिवस २०७२ को उपलक्ष्यमा जंगी अड्डामा सकल दर्जालाई सम्बोधन गर्नु हुदै प्रधानसेनापति क्षेत्रीले सुरक्षा कारवाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण श्रृजना गरी दिने माध्यम मात्र भएको बताउनु भयो । उहाले सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने भएतापनि देश नै टुक्रयाउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पु¥याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु श्रृजना भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वतः परिचालन हुने पनि प्रष्ट पार्नुभयो ।
प्रधान सेनापति क्षेत्रीले नेपालको संविधानले सुम्पेको जिम्मेवारीहरु असरदार रुपमा बहन गर्न नेपाली सेना हरहमेशा कटिबद्ध, सक्षम र तयार रहेकोले सरकारले राष्ट्र र जनताको सर्वोपरी हितको लागि संवैधानिक प्रक्रिया अनुरुप प्रदान गर्ने सबै जिम्मेवारीहरुको पूर्णरुपमा पालना गर्नु नेपाली सेनाको प्रमुख दायित्व रहेको बताउनु भयो । उहाँले राष्ट्रिय सेना भएकोले प्राप्त जिम्मेवारीहरु प्रभावकारी ढंगबाट वहन गर्न चुस्त अपरेशनल तयारीपन र पेशागत दक्षता भएको फौजको रुपमा नेपाली सेनालाई आधुनिकीकरण गर्न अति आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।
प्रधानसेनापनि क्षेत्रीले देशमा समय समयमा हुने इन्धन अभावको कारण नियमित कार्यहरुमा पु¥याउने असरलाई दीर्घकालीन रुपमा समाधान गर्न बायो ग्यांस प्लाण्ट जडान गर्ने, नागरिक –सैनिक सम्बन्धको विकासमा जोड समेत दिनुभयो । उहाँले आगामी दिनहरुमा राष्ट्रिय सेवा दलले गरिरहेको युवा नेतृत्व विकास कार्यक्रमको दायरालाई थप फराकिलो बनाउने जानकारी समेत दिनुभयो ।

सेना दिवसको पूर्वसन्ध्यामा सेनाका सकलदर्जालाई जंगी अड्डाबाट आइतबार सम्बोधन गर्दै प्रधानसेनापतिले त्यस्तो अवस्थामा सेना नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले परिचालित हुने पनि बताए ।
सुरक्षा कारबाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण सिर्जना गरी दिने माध्यम मात्र भएको भन्दै प्रधानसेनापतिले राष्ट्रविरोधी गतिविधि भए सेना परिचालन हुने बताएका हुन् ।
सिकेलाई छाड्नु गल्ती, गान्धी किन पक्राउ परे ?
देश टुक्र्याउने गतिविधि गर्दै हिँडेकाहरूलाई स्पष्ट प्रमाण हुँदाहुँदै पनि पक्राउ गरेर छाड्नुले सुरक्षा चुनौती थप्ने पनि बैठकको निष्कर्ष छ ।
‘भिडियो अन्तर्वार्ता, देशविरुद्ध लेखिएका किताब र प्रचार सामग्री छन्, यति हुँदाहुँदै पनि प्रमाण छैन भनेर देशविरोधीलाई छाड्नु गम्भीर गल्ती हो, यसले राष्ट्रिय सुरक्षामा थप जोखिम बढाएको छ,’ सैनिक स्रोतले सिके राउतका विषयमा अदालतले गरेको फैसलातिर लक्षित गर्दै भने, ‘महात्मा गान्धीलाई ब्रिटिसले समातेर थुन्दा उनीसँग बन्दुक थिएन, यासेर अराफातलाई इजरायलले किन समात्यो ? अहिले हामीले सिके राउतजस्ता व्यक्तिलाई किन प्रमाण हुँदाहुँदै पनि छाडेका छौँ ?’
No comments:
Post a Comment