ads

Mar 21, 2016

पाकिस्तानमा पहिलो पटक हिन्दू पर्व होलीको अवसरमा सार्वजनिक बिदा

कराँची, ८ चैत-
पाकिस्तानको दक्षिण इलाका सिन्ध प्रान्तले पहिलो पटक हिन्दूहरुले मनाउने होली ९फागु पूर्णिमा० का अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

रङ्गको पर्व होली मनाउनका लागि आफ्ना नागरिकलाई पाकिस्तानले यसअघि सार्वजनिक बिदा दिने गरेको थिएन ।


पाकिस्तानको सङ्घीय संसदले हिन्दू तथा क्रिश्चियन समुदायलाई आफ्ना धार्मिक पर्व मनाउन दिन कुनै रोक नलगाउने सङ्कल्प पास गरेको केही दिनमा यहाँको सरकारले होलीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यस वर्ष मार्च २४ मा परेको होली पर्व मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेका छौँ सिन्ध प्रान्तका मुख्यमन्त्री मौला बाखस चण्डीओले एएफपीलाई बताउनुभयो ।

उक्त दिन अति आवश्यकीय सेवामूलक कार्यालयबाहेकका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीका छोरी बख्तवार भुट्टो जर्दारीले ट्वीटमार्फत् जनाउनुभएको छ ।

पाकिस्तानको जनसङ्ख्या २० करोडको दुई प्रतिशत जनसङ्ख्या हिन्दू रहेको सरकारी तथ्याङ्क छ ।

होली नेपाल, भारतलगायतका विभिन्न हिन्दू समुदायको बसोबास रहेका मुलुकमो असत्यमाथि सत्यका विजय भएको दिनको सम्झनामा सदियौँदेखि मनाउँदै आइरहेको छ ।

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...