ब्रिटेनबाट प्रकाशित हुने एउटा प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित अध्ययनले पछिल्ला दुई दशकमा नेपालीहरुको औसत आयु १२ वर्षले बढेर ७० वर्षभन्दा बढी पुगेको देखाएको छ। झण्डै १ सय ९० वटा देशमा गरिएको उक्त अध्ययनले नेपालले प्राप्त गरेको सफलतालाई विश्वको १० उत्कृष्ट उपलब्धी मध्येमा राखेको छ। विगतमा क्षयरोग र निमोनिया लगायत संक्रामक रोगका कारण धेरै नेपालीहरुको ज्यान जान गरेपनि पछिल्ला वर्षमा मुटु र स्वासप्रश्वास लगायत रोगहरुले बढी मानिसहरु मर्न थालेको उक्त अनुसन्धानको निष्कर्ष छ। ल्यानसेट जर्नलमा प्रकाशित भएको उक्त अध्ययनले सन् २०१३ मा जन्मने नेपाली महिलाहरुको औसत आयु ७२ वर्ष र पुरुषहरुको औसत आयु ६९ वर्ष रहने देखाएको हो। गएको २३ वर्षको आँकडा हेर्दा संसारमा लगभग ६ वर्षले औसत आयु बढेको छ, नेपालमा त्यसको दोब्बर अर्थात १२ वर्षले औसत आयु बढेकोले नेपाल दश उत्कृष्ठ देशहरुको सुचीमा परेको हो । सन् १९९० यताका दुई दशकमा औसत आयु १२ वर्षले बढाएर विश्वमै ठूलो फड्को मारेको अध्ययनमा उल्लेख गरिएको छ। उक्त अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ ओस्लोको इन्स्टिच्युट अफ क्लिनिकल मेडिसिनका वैज्ञानिक सुदनप्रसाद न्यौपानेले भने, ूगएको २३ वर्षको आँकडा हेर्दा संसारमा लगभग ६ वर्षले औसत आयु बढेको छ, नेपालमा त्यसको दोब्बर अर्थात १२ वर्षले औसत आयु बढेकोले नेपाल दश उत्कृष्ट देशहरुको सूचीमा परेको हो।” स्वास्थ, शिक्षामा बढेको पहुँचसँगै बाल तथा महिला मृत्युदर तथा संक्रामक रोगका कारण हुने मानवीय क्षति न्युनिकरण गर्न हात परेको सफलतालाई नेपालीहरुको औसत आयुमा उल्लेखनीय रुपमा सुधार हुनुको कारणका रुपमा लिईएको छ। स्वास्थ्य मन्त्रालयको तंथ्याक अनुसार अहिले नेपालमा पुरुषको औसत आयु साढे ६८ वर्ष र महिलाको साढे ७१ वर्ष रहेको छ। जसले गर्दा मानव विकास सुचाकाङ्कको पुछारमा रहेका कर्णालीका जिल्लाहरुमा समेत औसत आयु अघिल्लो दशक भन्दा ६र७ वर्षले बढेर ५४ को हाराहारीमा पुगेको स्वास्थ मन्त्रालयको भनाई छ। सन् १९९० मा नेपालमा मृत्युको प्रमुख कारण झाडापखाला र निमोनिया रहेकोमा २०१३ सम्म आइपुग्दा ती रोगहरुका कारण हुने मृत्यु क्रमशः ७५ प्रतिशत र ६५ प्रतिशतले घटेको अध्ययनले उल्लेख गरेको छ। उक्त अध्ययनले नेपालमा मात्र नभई विश्वमा नै संक्रमणभन्दा पनि जीवनशैलीका कारण लाग्ने मुटुसम्बन्धी रोगहरु, मस्तिष्कघात र श्वासप्रश्वाससम्बन्धी रोगहरु कारण अहिले बढी मानिसहरुको मृत्यु हुने गरेको देखाएको छ। – बिबिसी
Blog, News, Views, Events, Information, Knowledge, Vlog, Lok Sewa Aayog, Public Service Commission (PSC), Questions & Answers (QS), Old is god, Question Bank
ads
Subscribe to:
Post Comments (Atom)
Facebook Insta down right now फेसबुकमा समस्या
Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...
-
The Rage To Know -Horace Freeland Judson In this essay, the writer explains the various reasons for which the scientists are involved i...
-
Time Talks with an Accent - Robert Levine In his essay Robert Levine discusses about cultural differences in regards with the...
-
Early Cinema (1951-1980) Year Film Artist Director Producer Music 1951 Satya Harischandra D B Pariyar ...
No comments:
Post a Comment