ads

Feb 16, 2016

नेपाल भारत विरुद्ध २-१ गोलले विजयी नेपाली फुटबलमा नव-युग

अहिले भर्खरै सम्पन्न भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलमा नेपाल भारत विरुद्ध २-१ गोलले विजयी भएको 
भारतको गुवाहाटीमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष दक्षिण एशियाली खेलकूदको फुटबलको फाइनलमा नेपाली टोलीले भारतलाई पराजित गर्दै उपाधि जितेको छ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा नेपालका तर्फबाट प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरे।

उपाधि

खेलको पहिलो हाफमा पेनाल्टीमार्फत भारतले गोल गरी अग्रता हासिल गरेको थियो।
तर मध्यानतरपछि राम्रो खेल पस्कदै नेपालले २३ बर्षपछि साफ खेलकुदमा फूटबलको उपाधि जितेको हो।
नेपाली अग्रपंक्ति खेलाडी नवयुगले गतिलो प्रदर्शन गर्दै प्रतियोगितामा व्यक्तिगत रुपमा सात गोल गरेका थिए।
उनी सबैभन्दा बढी गोल गर्ने खेलाडी भएका छन्।

जित

नेपाली टोलीका अर्का खेलाडी प्रकाश बुढाथोकीले आकर्षक 'फ्रि किक' मार्फत गोल गर्दै खेलमा भारतको अग्रतालाई तोडेका थिए।
सन् १९९३ मा ढाकामा भएको दक्षिण एशियाली खेलकूदमा भारतलाई नै पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको थियो।
सोमबार भारतमाथि जित हासिल गर्दै दुई दशकपछि नेपालले आफ्नो सफलताको इतिहास दोहोर्याएको हो।
गत महिना बाँग्लादेशमा भएको बंगाबन्धु कपमा बहराइनलाई हराउँदै नेपालले अन्तर्राष्ट्रिय उपाधि जितमा देखिएको २३ वर्षे खडेरी तोडेको थियो।

- BBC Nepali

Feb 15, 2016

स्वाइन फ्लुकाे उपचार के छ ?

स्वाईनफ्लु सम्बन्धी ड़ा.भगवान कोइरालाका मुख्य पाँच सुझाब

dr bhagwan
स्वाइन फ्लु लागेको खण्डमा तुरुन्त नजिकैको स्वास्थ कार्यालयमा सम्पर्क गर्नुहोस्। उपचार गर्न ढिलो गर्दा ज्यान समेत जान सक्छ। स्वाईनफ्लु सम्बन्धी ड़ा.भगवान कोइरालाका मुख्य पाँच सुझाब यस्ता छन् ।


१. कसलाई सबै भन्दा बढी स्वाइन फ्लुले ग्रस्त पार्छ ?
–जो संग Immunity कम छ अर्थात् जोसंग सामान्य जिंवाणु संग पनि लड्न सक्ने छमता कम छ, उसलाई स्वाइन फ्लुको असर बढी देखिन्छ।
– बुढा(बुढी (खासगरी ६५ बर्ष भन्दा माथिका)
– बच्चा(बच्ची (पांच बर्ष भन्दा मुनिका)
– गर्भवती महिला
– विभिन्न किसिमका दिर्घ रोगि ( थला परेर घरमै बस्नु परेका बिरामीर धेरै लामो समयका सुगरका रोगि र श्वास–प्रश्वाश सम्बन्धिका बिरामी र किड्नी फेल भएका बिरामी र अन्य धेरै)
२. स्वाइन फ्लुलाग्न नदिन के–के गर्नु पर्छ ?
–अरुलाई (खासगरी रुघा खोकीका बिरामीलाई) छोएपछि तुरुन्त साबुन पानीले राम्रोसंग हात धुनुपर्छ।
— हात नधोइकन मुखमा, आँखामा, वा नांकमा हात लैजानु हुँदैन ।
–भिड भाडमा सकेसम्म जानु हुँदैन। जानै परे माक्स लगाएर जानुपर्छ।
–आंफुले खोक्दा वा हाच्छ्यु गर्दा कागजको रुमाल प्रयोग गर्नुपर्छ। एउटा रुमाल एक पटक भन्दा बढी (सकेसम्म) प्रयोग गर्नु हुँदैन।
३. स्वाइन फ्लुका लक्षणहरु
–स्वाइन फ्लु र सामान्य रुघा खोकीका लक्षणहरु प्राय उस्ता–उस्तै हुन्छन। तर स्वाइन फ्लुले आक्रमण छिट्टो गर्छ। लामो समयसम्म शरीरलाई कम्जोर बनाउछ। सामान्य रुघा खोकिमा जस्तै ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी खस–खस पार्ने भएपनि स्वाइन फ्लुमा त्यहि समस्या अलिक कडा देखिन्छ। कसै–कसैलाई बान्ता र झाडा पखाला पनी संगै हुन्छ। अधिकाम्स अबकभ हरुमा बिरामीले स्वाइन फ्लु र सामान्य रुघा खोकीमा फरक छुट्याउन सक्दैनन्।
यदि तपाइलाई स्वाइन फ्लुको जस्तो लछण देखिएको छ भने परिवारको अरु सदस्यबाट टाढा बस्नु राम्रो हुन्छ ।
४. पांच बर्ष भन्दा सानो बच्चा–बच्ची जो आँफुलाई गाह्रो भएको कुरा राम्रोसंग भन्न सक्दैनन् उनीहरुमा देखिने लक्षणहरु
–छिटो–छिटो सास फेर्ने वा सास फेर्न गाह्रो भएजस्तो गर्ने। ज्वरो आउने। अलि बढी झगडा गर्ने, रोइ कराई गर्ने र फकाउंदा झट्टै नर्फकिने। थकित जस्तो देखिने। राम्रो संग खान र खेल्न मन नगर्ने। रुघाखोकीको लक्षण देखिने।Swine_flu
५. यसको उपचार के छ ?
–स्वाइन फ्लुको औषधि छ। यदि समयमै खाए, औषधिले पूर्ण रुपमा निको पार्छ।
– सामान्य रुघा लाग्या होस रुघा त पाक्न दिनुपर्छ” भनेर गल्ति नगर्नुहोस्।
– खासगरी स(सानो बच्चा–बच्ची, बुढा–बुढी, गर्भवती, विभिन्न रोगका कारण थला परेर बसेका रोगि र अन्य रोगबाट ग्रसित भैराखेकाहरुको सकेसम्म छिट्टो उपचार गर्नु पर्छ। यस्ता समुहका बिरामीहरुलाई लक्षण देखिएको ४८ घण्टा भन्दा बढी उपचार नगरी घरमै राख्दा ज्यान समेत जान सक्छ।
स्वाइन फ्लु लागेकाले सबैले ब्लतष्खष्चब िऔषधिनै खानु पर्छ । अरुका कुरा नसुन्नुहोस् स्वाइन फ्लु लागेको जस्तो लागेमा तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस् स्वाइन फ्लु लागेकाको सबैको ज्यान जाँदैन । राम्रो Immunity भएका र पहिले (६ महिना भित्र) सोहि भाइरस बाट एक्सपोज भै सकेकाहरुलाई स्वाइन फ्लुले सुरुमा असर गरेपनि पछि आँफै निको हुन सक्छ । हामी सबैमा रोगसंग लड्ने छमता एकै नाशको हुँदैन । त्यसैले कुनै व्यक्ति स्वाइन फ्लुलागेर निको भएको छ भने, उसको सल्लाहमा पनि भर नपर्नुहोस् । बजारमा यो खाएर निको हुन्छ र त्यो खाएर निको हुन्छ भनेर अनेक तर्क गरिन्छस त्यसको पछि नलाग्नुहोस् । गलत सल्लाहमा आँफुलाई प्रयोग गर्दा ज्यान जान सक्छ ।

गर्मीमा स्किनको सुरक्षा गर्ने चार उपाए

How to protect your face and skin in summer?

छाला मानव शरीरको सबैभन्दा ठुलो एवम् बाह्य अंग भएकाले यो सुन्दरताको प्रतिबिम्ब पनि हो । त्यसैले छालाको सही हेरचाह नै सुन्दर व्यक्तित्वको रहस्य बन्न सक्छ । गर्मी मौसममा स्किनका बिभिन्न समस्याहरु हुने गर्दछन् । स्किनको सुरक्षाको लागि क्लिनिजिङ, टोनिङ र मश्चराइजिङका साथै पोषणयुक्त आहार पनि जरुरी रहेको बिशेषज्ञ बताउछन् । यी हुन स्किनको सुरक्षा गर्ने सरल उपाए ।

१. घामबाट जोगाउँ
घामबाट जोगाउने क्षमता भएको सनस्क्रिनको प्रयोग गर्नुपर्दछ । यो हावापानीका लागि ३० एसपीएफ भएको सनस्क्रीन राम्रो हुन्छ । घरबाहिर निस्किनु २० देखि ३० मिनेट अघि सनस्क्रिन लगाउनुपर्छ ।
२. अनिवार्य सरसफाइ
छालालाई सुन्दर राख्न र रोगमुक्त बनाउन दिनको दुईपल्ट सफा गर्नु जरुरी छ । जसले गर्दा छालामा कुनै ईन्फेक्सन हुन नपाओस् ।
३. स्क्रबको प्रयोग
छालालाई रुखो र सुख्खा हुनबाट जोगाउनका लागि स्क्रब गर्न जरुरी हुन्छ । स्क्रब गर्दा मृत एवं पुरानो छालाका कोषिका हट्छन् । यी मृत कोषिका हटाउन घरेलु उपाय भनेको एकदिन बिराएर चिनिसँगै कागती मिसाएर अनुहारमा दल्नुपर्छ ।
४. पोषणयुक्त खाना
गर्मि समयमा पानी धेरै पिउनुपर्छ । पोषणयुक्त खानेकुरा पनि सौन्दर्यका लागि चाहिने कुरा हो । छालालाई हाइड्रेड राख्नका लागि काँक्रो, करेला, पालक, तरबुजा, लिचिजस्ता खानेकुरा खानुपर्छ ।

ब्लडग्रुप अनुसार के खाने के नखाने ?

समूह ए :
यो रक्तसमूह भएका मानिसहरुले हरियो सागसब्जी, नास्पाती, गाँजर, लसुन, सिमी जस्ता खानेकुराहरु खाँदा स्वास्थ्यका लागि फलदायी हुने चिकित्सकहरुले बताएका छन् । साथै दूधबाट बनेको परिकारहरु पनि खान चिकित्सकको सुझाव रहेको छ । चिकित्सकका अनुसार यो समूहका मानिसहरुले भात र रोटी, कुखुरा र खसीको मासु कम गर्दा राम्रो हुने बताएका छन् ।
समूह बी :
यो रक्त समूह भएकाका मानिसको पाचन शक्ति राम्रो हुने बताईएको छ । यो समूहका मानिसका लागि सागसब्जी, फलफूल, माछा, मटन, चिकेन सबै राम्रो मानिन्छ ।
समूह ए बी :
अरु रक्त समूह भन्दा यो समूह निकै कम मानिसमा पात्र देखिन्छ । यो गु्रप भएका मान्छेले बढी सावधान रहनुपर्छ । फलफूल र अत्यधिक सागसब्जी खानु उत्तम हुन्छ । त्यसका साथै अन्डा पनि खाँदा राम्रो हुन्छ । त्यसका साथै दूध र दूधले बनेका परिकारले पनि त्यति खराबी गर्दैन ।
समूह ओ :
यो रक्त समूह भएका मानिसले बढी प्रोटिन भएको आहारा लिनु राम्रो मानिन्छ । जस्तै, दाल, मासु, माछा, फल राम्रो हुन्छ । त्यस्तै, अन्नका साथै फलफूल सन्तुलित तरिकाले खानु राम्रो मानिन्छ ।

चाणक्यका अनुसार पुरुषले गोप्य राख्नुपर्ने चार कुरा

chanakya-750
चाणक्य केवल राजनीतिका पात्र मात्र होइनन, उनि जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै मननयोग्य तथ्यहरु छन् । उनका केही कुरा जो सयौं वर्ष पहिले जति सान्दर्भिक थिए, अहिले पनि त्यति नै सान्दर्भिक छन् । चाणक्यका अनुसार पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुराहरु यस्ता छन्र ।
१. चाणक्य भन्छन–धनको क्षति भयो भने त्यसको बारेमा कसैलाई पनि भन्नु हुँदैंन । यसको कारण मानिसको प्रतिष्ठा नष्ट हुन्छ र मानिसहरुको उसको सम्मान गर्न छाड्छन् । मानिसहरु उसलाई मद्धत गर्नुको साटो उसको अवस्थालाई हाँसोको विषय बनाउँछन् ।
२. चाणक्यका अनुसार यदिमा मनका केही दुःख छ भने त्यो पनि कसैसँग अभिब्यक्त गर्नु हुँदैंन । किनभने संसारमा सच्चा हितैषी एकदमैं कम हुन्छन् । हुन सक्छ जुन मानिससँग दुःख अभिब्यक्त गरिन्छ उसैले पिठ्युपछि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।
३. पुरुषले आफ्नो घरको भित्री कुरा कसैलाई पनि बताउनु हुन्न । विशेष गरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नु हुँदैंन । यसो गर्नालले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ । भविष्यमा उसले विभिन्न समस्याहरु सामना गर्नुपर्ने हुन सक्छ ।
४. भनिन्छ–ज्ञानी त्यही हो जो मान तथा अपमानलाई सदैव समान रुपमा लिन्छ । तर, यस्तै गर्न सक्नु एकदमै कठिन मानिन्छ । चाणक्यको भनाइ छ–जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरुको सामुन्ने चर्चाको विषय बनाउनु हुँदैंन । हुन सक्छ तपाई अरुलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ परन्तु सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन वृद्धि हुन्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग पनि बताउनु हुँदैंन ।

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...