५५ सालमा पहिलो पटक कम्प्युटर छोएको थिएँ । त्यतिबेला अरुले फटट र्टाईप गरेको देख्दा मलाई पनि त्यस्तै गर्ने हुन कहिले सकिएला जस्तो लाग्थ्यो र आजसम्म आईपुग्दा कम्प्युटर मेरो अभिन्न साथि बन्न पुगेको छ । इन्फरमेसन एण्ड टेक्नोलोजी भन्ने कुरा जति सिक्दै गयो उति नै नयाँ थपिने । हुनत मैले वेव डिजाइनिङ सिकेको छैन र म प्रोफेसनल डिजाइनर वा ब्लगर पनि होईन (हालसम्म)। फुसदको सदुपयोग भन्ने या जस्ट र्टाईम पास को रुपमा मात्रै हो । ५६ सालतिर इन्टरनेटमा छिर्न जानेयताका शुरुका दिनमा वेवर्साईट हेर्दैमा र च्याटिङ गर्दैमा समय विताउँथें । केही समय पश्चात जियोसिटीज को Free पेजमा आँफै पेज बनाउन ट्राई गरें । कामले काम सिकाउँदो रहेछ । कम्प्युटर पनि जति चलाउँदै गयो उति सिकिने कुरा रहेछ । कहिले विगार्दा सिकीने त कहीले बनाउँदा । ट्रायल एण्ड इरर को सिद्धान्त पनि अति उपयोगी कुरा नै हो । ब्लगका बारेमा पहिलेदेखिनै थाहा भएता पनि यसको सही प्रयोग आजसम्म पनि गरेको छैन । ब्लग आफ्नो इच्छा बमोजिमको कुनै पनि कुराहरु जस्तै: लेख, रचना वा जानकारीहरु राखि त्यसलाई संसारमाझ शेयर गर्न सकिने सुविधायुक्त सरल माध्यम हो जसका लागि कुनै आफ्नो छुट्टै डुमेन किन्नु पनि नपर्ने वा आफ्ना लेख रचना अरुमाझ विना रोकावट पस्कन पनि सकिने । तर यी यावत हुँदा हुँदै पनि अल्छीपन, त कहिले व्यस्ताता जस्ता Factors ले गर्दा रेगुलर अपडेट गर्ने वा ब्लगका लागि आफ्नै खुराँक तयार पार्नुको सट्टा अरुका सामाग्री संकलन गरी जस्ट टेस्ट इट का रुपमा मात्रै यो मेरो ब्लग धिमा गतिमा पाइला सार्दैछ । धेरै साथिहरुले मलाई आफ्नै सामाग्री राख्न सुझाव तथा आग्रह गर्नुभयो र धेरै ब्लगर साथिहरुका राम्रा राम्रा प्रस्तुतिहरुले मलाई उत्प्रेरणा नजगाएको पनि होइन तथापि हालत उही भैरहेको छ । वास्तवमै मेरो लेखन शैली म आँफैलाई चित्तबुभ-दो हुँदैन अनि त झन मलाई लेख्न जाँगर मरेर आउँछ । हुनत ब्लगको विशेषता नै यस्तो हो की जहाँ आफ्ना सामाग्री जस्तोसुकै होस् त्यसलाई विश्व सञ्जालमा शेयर गर्न सकिन्छ, चाहे उत्कृष्ट होस वा निकृष्ट नै किन नहोस् । त्यसैले यही सनकलाई लिएर आज मैले ब्लगमा केही कुरा आफ्नै शैलीको पनि दिने विचार गरेको छु तर रेगुलर होइन नी, कुनै र्फुसदमा यस्तै सनक चढ्दा । कुनै बौद्धिक, साहित्यीक वा कुनै ओझर्पूण रचनामा आशातित नरहनुहोला, यस्तै वेकामे र वेकारका वसिवियाँलो मात्र ।
- सिग्देल डि. आर.
Blog, News, Views, Events, Information, Knowledge, Vlog, Lok Sewa Aayog, Public Service Commission (PSC), Questions & Answers (QS), Old is god, Question Bank
ads
Subscribe to:
Post Comments (Atom)
Facebook Insta down right now फेसबुकमा समस्या
Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...
-
Coyote and the Crying Song Once there lived a coyote and dove on second Mesa near the village of shipaulovi. It was harvest time and th...
-
Polite But Thirsty - By: Yaping Tang In this essay “Polite but Thirsty” the writer has explained some of the cultural variations in betwe...
-
Someone Is Stealing Your Life -Michael Ventura In this essay, the writer describes the exploitation, lack of freedom and the lack of a...
No comments:
Post a Comment