Blog, News, Views, Events, Information, Knowledge, Vlog, Lok Sewa Aayog, Public Service Commission (PSC), Questions & Answers (QS), Old is god, Question Bank
ads
Oct 12, 2010
भैरवनाथ गणतन्त्र
अस्तिसम्म म्ौले 'लालसलाम' गर्दा 'हातमा के मुठ्याएको?' भनेर खिसी गर्ने उनी, आज एक्कासि दुवै मुठ्की उज्याउँदै झुल्किए । मैले पनि मौकामा चौका हान्दिएँ, "जाडोले हो कि क्या हो, दुवै हात कक्रक्क पार्नुभएको छ त?" जवाफमा भने, "यो गणतन्त्रवादी मुठ्ठी हो ।" छक्क पर्दै प्रश्न गरेँ, "मुठ्ठी उचाल्दै कताबाट त?" उनी बोले, "कमलेट प्रचण्दा र बबुरा भट्टराईलाई भेटेर आएको ।" मैले भूलसुधार गरिदिएँ, "प्रचण्ड-बाबुराम भन्नोस् न" उनी बोले, "आच्छ्या...'प्रचलन' - 'बाबुराल' जे भए पनि एउटै हो नि यार!" हिजोसम्म हामीले समाजवादभन्दा 'सखापवाद' भन्थे, लोकतन्त्रको कुरा गर्दा 'ठोकतन्त्र' भन्थे, गणतन्त्रको गुण गाउँदा 'गाँडुतन्त्र' भन्दै गिज्याउँथे । एक्कासि गणतन्त्रवादी बनेर आउँदा म जिल्ल परेँ "हैन, कसरी सम्पर्क भयो नेताहरूसँग?" जवाफमा उनी बोले, "जहाँ च्यानल गेट- जोसँग पनि हुन्छ भेट" मैले थपेँ, "अनि के कुरा भयो त?" उनले भने, "पार्टीको कुनै 'गणतान्त्रिक मोर्चा' मा म पनि बस्ने भएँ"म थप उत्सुक बनेँ, "साँच्चि, यो गणतन्त्र भनेको चाहिँ के रहेछ हँ?" लामो श् वास तान्दै बोले, "वास्तवमा गणतन्त्र अङ्ग्रेजी भाषाबाट आएको शब्द हो ।" मैले मुखबाट फुत्किन लागेको हाँसो थाम्दै भनँ, "अनि ?" "अनि...न्ग्ल् गन, गन माने बन्दुक । त्यही गनको मन्तरका आधारमा आउने तन्तर नै गनतन्त्र अर्थात् गणतन्त्र हो । त्यस्तै नेवारीमा 'गन' माने 'कता?' भन्ने हुन्छ । त्यही 'गन?' को जन्तर झुण्ड्याएर चलाइने तन्तर पनि गनतन्त्र नै हो । तेस्रो, सङ्ख्या थाहा पाउन दिइने आदेशात्मक नेपाली शब्द 'गन' बाट पनि गन्तन्त्र (गणतन्त्र) आउँदछ । यो नै नेपाली माटो सुहाउँदो एक मात्र गणतन्त्र हो ।""त्यसो भए तिमी यही माटो सुहाउँदो गणतन्त्रको पक्षमा हो?" उसले भन्यो, "होइन, भैरवनाथ गणतन्त्रको पक्षमा" म छक्क परेँ, "के हो त्यो भनेको?" उसले थप्यो, "भैरवनाथ गणतन्त्रले महिलालाई नाङ्गै बनाउने, पुरुषलाई माघेपानीमा डुबाउने, ज्यूँदै गाड्ने, बेपत्ता पार्ने र अन्तिममा शिवपुरीको जङ्गलमा खत्तम पार्ने कुराको व्याख्या गर्दछ ।" म गम्भीर बनेँ, "जनताले खोजेको र तिमीले रोजेको गणतन्त्र त छेउटुप्पै मिलेन त?" ऊ बोल्यो, "त्यही भएर त मिलाउन खोज्दैछु नि" "मतलब?" उत्तरमा ऊ बोल्यो, "मतलब, जुनसकै 'गणतन्त्र' वादी भए पनि उनीहरूलाईर् 'भैरवनाथ गणतन्त्र' को मोर्चामा सामेल गर्ने र देशलाई सोही गणतन्त्रको दिशामा अगाडि बढाउने मेरो एक मात्र उद्देश्य हो, कस्तो लाग्यो?" म हेरेको हेर्यै भएँ, कुनै जवाफ दिन सकिनँ ।
Subscribe to:
Post Comments (Atom)
Facebook Insta down right now फेसबुकमा समस्या
Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...
-
Coyote and the Crying Song Once there lived a coyote and dove on second Mesa near the village of shipaulovi. It was harvest time and th...
-
Polite But Thirsty - By: Yaping Tang In this essay “Polite but Thirsty” the writer has explained some of the cultural variations in betwe...
-
Someone Is Stealing Your Life -Michael Ventura In this essay, the writer describes the exploitation, lack of freedom and the lack of a...
No comments:
Post a Comment