आफ्नो छिमेकी जोडीलाई देखाउँदै
सोझीमायाँ : हेर्नुस त तिनिहरु एक अर्कालाई कति प्रेम गर्छन । जतिबेला भेटेपनि उसको श्रीमानले किस गर्छन, अंगालोमा लिन्छन् । तपाई पनि त्यस्तै किन गर्नुहुन्न । मलाई मन पर्छ के ।
दिमागलाल : मलाई पनि मन त पर्छ नि त्यस्तो गर्न तर मेरो उनीसँग त्यति राम्रो चिनजान छैन के ।
चिन्तुराम क्यान्सरको विमार ले गर्दा उसको आयु केवल २ महिनाको भएको कुरा डाक्टरसाबले भन्नुभो । चिन्तुरामकी श्रीमती चिन्तुमाया : उसको बेडनजीकै कुरेर बस्दैथिइन । सोहि क्रममा ...
चिन्तुराम : चिन्तु, अब म मरेपछि तिमि एक्लो हुनेछौ । बरु तिमि म मरेपछि पानबहादुर सँग बिहे गर ल ।
चिन्तुमाया : तर त्यो त हजुरको शत्रु होइन र ?
चिन्तुराम : हो नि त्यसैले त त्योसँग बिहे गर भनेको नि ।
चिन्तुमाया : किन नि?
चिन्तुराम : आजका दिनसम्म मैले दुःख पाएँ अब त्यसले पनि दुःख पाओस भनेर नि । ।
कुनै साथिको विवाह पार्टिमा
सुन्दरीमाया : तिमिले स्वयंवरको औंठी गलत औंलामा लगाए जस्तो लाग्यो नि ।
चिन्तुमाया : अँ गलत औंलामानै लगाएको
सुन्दरीमाया : किन नि
चिन्तुमाया : अब गलत मान्छे सँग विहे भो नि त्यै भएर ।
दिमागलालले आफ्नो विबाह गराइदिने लमीसँग कम्प्लेन गर्दैथियो ।
लमी : होइन तपाईको बिहे भको यत्रो १० वर्षभैसक्यो, अहिले आएर के कुरा चित्त बुझेन ?
दिमागलाल : अब बिहेका शुरुका बर्षत म अफिसबाट आउने वित्तिकै श्रीमती मेरो चप्पल लिएर आउँथिन, मेरो प्यारो सानो कुकुर मेरो वरीपरी घुम्दै भुक्ने गथ्र्यो ।
लमी : त्यसमा के समस्या भयो त राम्रै त रैछ ।
दिमागलाल : समस्या किन नहुनु नि अहिले त सबै कुरा चेन्ज आएको छ ।
लमी : कस्तो चेन्ज ?
दिमागलाल : जब म घर पुग्छु, कुकुरले चप्पल ल्याउँछ, अनि श्रीमती भुक्न थाल्छिन ।
लमी : ए त्यसमा के को खोट लगाउनुहुन्छ हँ आखिर तपाईले पाउने सुविधा एउटै त रैछ नि ।
आ-आफ्नो श्रीमानको बारेमा कुरा गर्दै
चिन्तुमाया : हेर न मेरो श्रीमान त कस्तो सुस्ती छन् भन्या ।
सुन्दरीमाया : छि तँ त जहिले पनि आफ्नो श्रीमानलाई नराम्रो मात्रै भन्छेस, खोइ मेरो श्रीमान मर्ूख, गोबरगणेश, सुस्त, काले भएपनि मैले कहिल्यै नराम्रो भन्दिनँ ।
दिमागलाल : ओई के भो तँलाई किन नुन खाको कुखुरा जस्तो झोक्राको ।
चिन्तुराम : खोइ के भन्ने लास्टै टेन्सन पर्यो नि ।
दिमागलाल : के पर्यो त्यस्तो ?
चिन्तुराम : के हुनु म छोराको बाउँ बन्न पुगें ।
दिमागलाल : ल कस्तो अचम्म खुशी हुनुपर्ने कुरा रैछ । ल बधाई छ ।
चिन्तुराम : के को बधाई नि । तेरो बधाई तैं राख । भरे मेरी श्रीमतीले थाहा पाएपछि के हुने हो ।
सोझीमायाँ : मेरो श्रीमान जहिले पनि घर ढिला आउनुहुन्छ , कसरी सुधार्ने होला खोई ?
सुन्दरीमायाँ : मेरो सल्लाह मान र मैले गरेजस्तै गर त सुध्रिहाल्छन् नि ।
सोझीमायाँ : कसरी ।
सुन्दरीमायाँ : एकपटक उहाँ बिहान ३ बजे आउनुभो, अनि म पनि त्यै बेलामा उहाँले सुन्नेगरी कराएँ यति चाँडै उठेर के गरेको श्याम? भनेर श्रीमानलाई तह लगाएँ नि ।
सोझीमाया : अचम्म त्यसो भन्दैमा कसरी सुध्रिए त ?
सुन्दरीमायाँ : ल मेरो श्रीमानको नाम श्याम नभई चिन्तुराम हो नि त ।
Blog, News, Views, Events, Information, Knowledge, Vlog, Lok Sewa Aayog, Public Service Commission (PSC), Questions & Answers (QS), Old is god, Question Bank
ads
Oct 12, 2010
सोझीमायाँ, सुन्दरीमायाँ, चिन्तुमाया
Subscribe to:
Post Comments (Atom)
Facebook Insta down right now फेसबुकमा समस्या
Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...
-
The Rage To Know -Horace Freeland Judson In this essay, the writer explains the various reasons for which the scientists are involved i...
-
Polite But Thirsty - By: Yaping Tang In this essay “Polite but Thirsty” the writer has explained some of the cultural variations in betwe...
-
जानाैं धार्मिक र बैज्ञानिक कारणहरु धार्मिक रुपमा होस वा प्राकृतिक रुपमा होेस तुलसीको अत्यन्त महत्व रहेको छ । यसको सेवन वा प्रयोग गर...
No comments:
Post a Comment