ads

Mar 9, 2016

सबै चिकित्सकको प्रमाणपत्र छानबिन सुरु

- अतुल मिश्र, काठमाडौं

फाल्गुन २६, २०७२- नक्कली चिकित्सक भेटिने क्रम बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले मुलुकभरका सबै डाक्टरको शैक्षिक प्रमाणपत्र छानबिन सुरु गरेको छ । काउन्सिलमा दर्ता रहेका करिब १७ हजार डाक्टरको प्रमाणपत्र छानबिन सुरु गरिएको हो ।
आगामी ६ महिनाभित्र सक्ने गरी यसै सातादेखि सबै डाक्टरको प्रमाणपत्र छानबिन काउन्सिलले थालेको हो । काउन्सिलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, उच्च माध्यमिक शिक्षा परिषद् तथा परीक्षा नियन्त्रण कार्यालयसँग मिलेर यो अभियान सुरु गरेको हो ।
नक्कली डाक्टरको खोजी अभियानअन्तर्गत काउन्सिल, केन्द्रीय अनुसन्धान ब्युरो र उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘अपरेसन क्वाक’ लाई निरन्तरता दिँदै मुलुकभरका डाक्टरको प्रमाणपत्रलाई छानबिनको दायरामा ल्याइएको हो ।
‘काउन्सिलमा दर्ता रहेका सबै डाक्टरहरूको १० कक्षादेखि पास गरेको अन्तिम प्रमाणपत्रसम्मको जाँच गरिने छ,’ काउन्सिलका प्रवक्ता डा.कृष्ण अधिकारीले कान्तिपुरसँग भने, ‘जाँच प्रक्रिया सकिएपछि काउन्सिलमा दर्ता रहेका सबै डाक्टरको प्रमाणपत्र सही रहेको सन्देश गएपछि आम जनता ढुक्क हुने स्थिति आउने छ ।’
काउन्सिलमा हालसम्म दर्ता रहेका करिब १७ हजार डाक्टरको शैक्षिक प्रमाणपत्र छानबिन सकिएपछि नयाँ थपिने डाक्टरको प्रमाणपत्र पनि छानबिन गरिने डा.अधिकारीले बताए । काउन्सिलबाट लाइसेन्स पाएका डाक्टरको प्रमाणपत्र सही भएको ग्यारेन्टी गर्न सकिने स्थिति निर्माण गरिने उनको भनाइ छ ।
काउन्सिलका अनुसार एसएलसी र प्लस टुका प्रमाणपत्र अनलाइनबाटै जाँच्ने प्रबन्ध मिलाइएको छ भने विदेशबाट लिइएको प्रमाणपत्र विदेशी निकायसँगै समन्वय गरेर परीक्षण गर्ने प्रबन्ध मिलाउने प्रक्रिया सुरु गरिएको छ ।
स्रोतका अनुसार हाल मुलुकमा नक्कली प्रमाणपत्रधारी डाक्टरहरू १ हजारभन्दा बढी रहेको आकलन गरिएपछि काउन्सिललगायत निकायले खोजी अभियानको दायरा फराकिलो पारेका हुन् ।
हालै करिब २ सय डाक्टरको प्रमाणपत्र छानबिन गर्दा १५ को प्रमाणपत्र नक्कली पाइएको हो । ‘हालसम्म नक्कली प्रमाणपत्रअन्तर्गत पक्राउ परेका १५ डाक्टरको नाम मात्र सार्वजनिक गरिएको हो,’ डा.अधिकारीले भने, ‘हालको स्थितिलाई विश्लेषण गर्दा मुलुकमा नक्कली प्रमाणपत्रधारी डाक्टरको उपस्थिति भयावह रूपमा हुनुपर्छ ।’
केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता दिवेश लोहनीले नक्कली प्रमाणपत्रधारी डाक्टरहरू कारबाहीको दायरामा नआएकाले यो गलत प्रक्रिया मौलाएको बताए ।
‘नक्कली प्रमाणपत्रधारी चिकित्सक आजको समस्या होइन, २० औं वर्षदेखि नै यस्तो खालको प्रमाणपत्रमा पढेकाहरू हुन्छन्,’ उनले भने । हाल देखिएको नक्कली प्रमाणपत्रधारी डाक्टर ‘टिप अफ आइसवर्ग’ मात्र भएको उल्लेख गर्दै लोहनीले वास्तविकता योभन्दा पनि बढी भयावह हुन सक्ने बताए ।
हालसम्मको अनुसन्धानअनुसार मुलुकमा पढेकाहरूको दाँजोमा भारत वा विदेशबाट पढेर आउनेहरूको प्रमाणपत्र बढी मात्रामा नक्कली देखिएको छ । विगतमा पनि नक्कली शैक्षिक प्रमाणपत्रबारे छानबिन हुन्थ्यो । तर जोविरुद्ध उजुरी परेको छ, त्यसको मात्र छानबिन थाल्ने र एउटा ठाउँमा पुगेपछि छानबिन प्रक्रिया रोकिने गरिएको स्रोतको भनाइ छ ।
‘उजुरी परेकाको मात्र छानबिन गर्ने र एउटा ठाउँमा पुगेपछि रोकिनेवाला हामी छैनौं,’ काउन्सिल प्रवक्ता डा.अधिकारीले भने, ‘यसैले सीआईबीसहित तीनवटा सरकारी कार्यालयको संयुक्त टोलीले सधैंका लागि निरन्तर जाँच सुरु गरिएको हो ।’
प्रमाणपत्र छानबिनको दायरामा सेवा निवृत्त चिकित्सकहरूसमेत परेका छन् । ‘काउन्सिलमा दर्ता भएका बहालवाला, सेवा निवृत्त वा जुनसुकै चिकित्सक हाम्रो छानबिनको दायरामा छन्,’ डा.अधिकारीले भने, ‘दर्तावाला चिकित्सक जीवनभरि अभ्यास गर्ने भएकाले लाइसेन्स पाएका हुन् कि होइनन् भन्ने मात्र हाम्रो सरोकार हो ।’

  •  छानबिनको दायरामा सेवानिवृत्त डाक्टरहरूसमेत
  •  हजारभन्दा बढी नक्कली चिकित्सक रहेको आशंका
  • २ सयको प्रमाणपत्र छानबिन गर्दा १५ फर्जी फेला

सरकारले देशभरको बाँझो जग्गा कब्जा गर्दैछ

काठमाडौं, २६ फागुन-
सरकारले सर्वसाधारणको बाँझो जग्गा कब्जामा लिएर खेती गर्ने तयारी गरेको छ । लामो समयदेखि खेतीयोग्य जग्गा बाँझो रहेका कारण खाद्य असुरक्षा बढेपछि सरकारले देशभरको खेतीयोग्य कब्जा गरी खेती गर्न लागेको हो ।
सरकारले खेतीयोग्य जग्गा लामो समयसम्म बाँझो राख्न नपाइने कार्यविधि स्वीकृत गर्दै बाँझो राखिएका जग्गा सरकार आफै लिएर सदुपयोग गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । कृषि विकास मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट गत बुधबार ‘खेतीयोग्य बाँझो जग्गालाई उपयोग गर्ने सम्बन्धी’ कार्यविधि स्वीकृत गरेर यस्तो व्यवस्था गर्न लागिएको हो ।
खेतीयोग्य जग्गा बाँझो राखिएका कारण खाद्यान्न तथा तरकारीजन्य वस्तुको उत्पादनमा कमी आएर खाद्य सुरक्षामा असर पुर्‌याउनुका साथै भारतसहित अन्य मुलुकबाट कृषिजन्य वस्तुको आयात दर निक्कै बढेको भन्दै मन्त्रालयले बाँझो जग्गा सदुपयोगमा ल्याउन यस्तो नीति कार्यान्वयनमा ल्याएको हो ।
‘भएको खेतीयोग्य जग्गा पनि ठूलो परिमाणमा बाँझो अवस्थामा खेर गइरहेका छन्’, मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले भने, ‘अहिले खेती भइरहेको जग्गाको पनि सदुपयोग नभएकाले कृषिजन्य वस्तुको आयातदर प्रतिस्थापन गरेर खाद्य सुरक्षामा वृद्धि गर्न यस्तो नीति कार्यान्वयनमा ल्याइएको हो ।’
कार्यविधिमार्फत मन्त्रालयले उपयोगमा आएर पनि बाँझोमा परिणत भएको, कृषि योग्य जमिन हालसम्म उपभोगमा नआएको, सरकारी बाँझो जग्गा, सार्वजनिक बाँझो जग्गा र निजी बाँझो जग्गालाई बाँझो जग्गाको परिभाषामा राखेको छ ।
खाद्य तथा पोषण सुरक्षामा सुधार ल्याएर संविधानले प्रदान गरेको खाद्य सम्प्रभुता कायम राख्न, उत्पादनमा वृद्धि गर्न र स्थानीय स्तरमा रोजगारीको अवस्था सिर्जना गर्ने उद्देश्यले सरकारले यो कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।
कार्यविधि स्वीकृत गर्दै मन्त्रालयले कृषि विभागसहित मुलुकभरका जिल्ला कृषि विकास कार्यालयलाई पत्राचार गर्दै गाविसदेखि नगरपालिकासम्म भएका सम्पूर्ण बाँझो जग्गाको लगत लिन निर्देशनसमेत दिइसकेको छ । मुलुकभर कति परिमाणमा जग्गा बाँझो छ भन्ने बारेमा सरकारसँग अहिले लगत छैन । जग्गाको लगत लिएपछि तीन वर्षे योजना तथा कार्यक्रम तयार पार्न पनि स्थानीय निकायलाई मन्त्रालयले निर्देशन दिएको छ ।
जग्गाको लगत संकलन पश्चात मन्त्रालयले पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमार्फत बाँझो जग्गा सदुपयोगमा ल्याउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ । त्यसपछि बाँझो जग्गा राख्ने धनीसँग पत्राचार गर्नेछ ।
‘यति गर्दा पनि जग्गा धनीले बाँझो जग्गालाई सदुपयोगमा नल्याए जग्गाको स्वामित्व नसर्ने गरी सरकारले सम्झौता गरेर लिने व्यवस्था गरिएको छ’, सापकोटाले भने, ‘सम्झौतामा लिइएको जग्गा सरकारले सहकारी संस्था, कृषक समूह वा कम्पनीलाई पाँच वर्षदेखि २० वर्षसम्मका लागि करारमा उपलब्ध गराउने व्यवस्था छ ।’ मन्त्रालयका अनुसार जग्गाधनी आफैले बाँझो जग्गा सदुपयोगमा ल्याउन चाहेमा प्रोत्साहन गर्ने गरी साना सिँचाइ, मल, बिउलगायतका सुविधा सरकारले उपलब्ध गराउनेछ ।
सरकारले बाँझो जग्गा लिएर उक्त जग्गामा खाद्यान्न उत्पादन तथा पोषण सुरक्षाका लागि मकै, धान, फापर, गहुँ, जौं, आलु, कोदो, फलफूल, तरकारी, माछा, दलहन, तेलहनको उत्पादनका लागि सदुपयोगमा ल्याउनेछ । यसैगरी नगदे तथा औद्योगिक बालीका लागि चिया, कफी, जैतुन, उखु, अलैंची, अदुवा र बेसार तथा जडिबुटीको उत्पादनमा बृद्धि गर्ने बाँझो जग्गालाई प्रयोगमा ल्याइनेछ ।
बाँझो जग्गाको संकलन लिन तथा सदुपयोगमा ल्याउन मन्त्रालयले जिल्ला विकास समितिको सभापतिको संयोजकत्वमा २३ सदस्यीय बाँझो जग्गा सदुपयोग गर्न जिल्लास्तरीय कृषि विकास समिति गठन गर्न पनि निर्देशन दिएको छ । यसैगरी यो नीतिलाई कडाइका साथ कार्यान्वयनमा लागि मन्त्रालयले मन्त्रालयको सचिबको संयोजकत्वमा नौं सदस्यीय कार्यक्रम समन्वय तथा अनुगमन समिति गठन गरेको छ । 

Mar 7, 2016

इमेलका संस्थापक रे टमलियंसनको निधन

२०७२ फाल्गुन २४ सोमबार

एजेन्सीः इमेलका संस्थापक रे टमलिंसनको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो । 
 
रेले सन् १९७१ मा एक व्यक्तिबाट दोस्रो व्यक्तिलाई इलेक्ट्रोकि सन्देश पठाउने तरिका पत्ता लगाएका थिए । 

अमेरिकी मुलका उनले त्यो समयमा बोस्टमा बोल्ड, बेरानेक तथा न्यमैन कम्पनकीका लागि कम्प्यूटर इन्जिनियरको काम गर्दथे । 

कम्प्युटर इंन्जिनियरको रुपमा काम गर्दागर्दै उनले पहिलो इमेल पठाएका थिए । त्यो उनको पहिलो परिक्षण थियो । 

उनले पहिलो इमेलमा के सन्देश पठाएका थिए त्यो थाहा नभएपनि इलेक्ट्रोनिक सन्देश पठाउन ठूलो माध्यम इमेल बनेको छ । 
 
इमेल ठेगानाको प्रमुख चिन्ह @ पनि उनै रे टमिलिंसनको देन हो । 

नेपाली सेना देश बचाउन जुनसुकै बेला पनि कठोर निर्णय लिनसक्ने

काठमाडौँ, प्रधान सेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय हित प्रतिकुलका अवान्छित गतिविधिहरुको नेपाली सेनाले नजिकबाट सुक्ष्म तरिकाले अध्ययन र विश्लेषण गरिरहेको बताउनु भएको छ । उहाँले यस्ता गतिविधि अनुसार नेपाली सेनाले आफ्नो रणनीति पनि तयार गरिरहेको खुलासा गर्नु भएको छ ।

महाशिवरात्री तथा सेना दिवस २०७२ को उपलक्ष्यमा जंगी अड्डामा सकल दर्जालाई सम्बोधन गर्नु हुदै प्रधानसेनापति क्षेत्रीले सुरक्षा कारवाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण श्रृजना गरी दिने माध्यम मात्र भएको बताउनु भयो । उहाले  सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने भएतापनि देश नै टुक्रयाउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पु¥याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु श्रृजना भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वतः परिचालन हुने पनि प्रष्ट पार्नुभयो ।

प्रधान सेनापति क्षेत्रीले नेपालको संविधानले सुम्पेको जिम्मेवारीहरु असरदार रुपमा बहन गर्न नेपाली सेना हरहमेशा कटिबद्ध, सक्षम र तयार रहेकोले सरकारले राष्ट्र र जनताको सर्वोपरी हितको लागि संवैधानिक प्रक्रिया अनुरुप प्रदान गर्ने सबै जिम्मेवारीहरुको पूर्णरुपमा पालना गर्नु नेपाली सेनाको प्रमुख दायित्व रहेको बताउनु भयो । उहाँले राष्ट्रिय सेना भएकोले प्राप्त जिम्मेवारीहरु प्रभावकारी ढंगबाट वहन गर्न चुस्त अपरेशनल तयारीपन र पेशागत दक्षता भएको फौजको रुपमा नेपाली सेनालाई आधुनिकीकरण गर्न अति आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।

प्रधानसेनापनि क्षेत्रीले देशमा समय समयमा हुने इन्धन अभावको कारण नियमित कार्यहरुमा पु¥याउने असरलाई दीर्घकालीन रुपमा समाधान गर्न बायो ग्यांस प्लाण्ट जडान गर्ने, नागरिक –सैनिक सम्बन्धको विकासमा जोड समेत दिनुभयो । उहाँले आगामी दिनहरुमा राष्ट्रिय सेवा दलले गरिरहेको युवा नेतृत्व विकास कार्यक्रमको दायरालाई थप फराकिलो बनाउने जानकारी समेत दिनुभयो ।

सेना दिवसको पूर्वसन्ध्यामा सेनाका सकलदर्जालाई जंगी अड्डाबाट आइतबार सम्बोधन गर्दै प्रधानसेनापतिले त्यस्तो अवस्थामा सेना नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले परिचालित हुने पनि बताए ।
सुरक्षा कारबाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण सिर्जना गरी दिने माध्यम मात्र भएको भन्दै प्रधानसेनापतिले राष्ट्रविरोधी गतिविधि भए सेना परिचालन हुने बताएका हुन् ।
सिकेलाई छाड्नु गल्ती, गान्धी किन पक्राउ परे ?
देश टुक्र्याउने गतिविधि गर्दै हिँडेकाहरूलाई स्पष्ट प्रमाण हुँदाहुँदै पनि पक्राउ गरेर छाड्नुले सुरक्षा चुनौती थप्ने पनि बैठकको निष्कर्ष छ ।

‘भिडियो अन्तर्वार्ता, देशविरुद्ध लेखिएका किताब र प्रचार सामग्री छन्, यति हुँदाहुँदै पनि प्रमाण छैन भनेर देशविरोधीलाई छाड्नु गम्भीर गल्ती हो, यसले राष्ट्रिय सुरक्षामा थप जोखिम बढाएको छ,’ सैनिक स्रोतले सिके राउतका विषयमा अदालतले गरेको फैसलातिर लक्षित गर्दै भने, ‘महात्मा गान्धीलाई ब्रिटिसले समातेर थुन्दा उनीसँग बन्दुक थिएन, यासेर अराफातलाई इजरायलले किन समात्यो ? अहिले हामीले सिके राउतजस्ता व्यक्तिलाई किन प्रमाण हुँदाहुँदै पनि छाडेका छौँ ?’

॥ ॐ नमः शिवाय॥ श्री शिवमहिम्नस्तोत्रम्‌ ॥ Happy Mahashivaratri

 शिवमहिम्न स्तोत्र  पुष्पदन्त   
 Introduction:

The Shiva Mahimna Stotra is very popular among the devotees of Lord Shiva and is considered one of the best among all Stotras (or Stutis) offered to Lord Shiva . The legend about the circumstances leading to the composition of this Stotra is as follows.
A king named Chitraratha had constructed a nice garden . There were beautiful flowers in this garden . These flowers were used every day by the king in worshipping Lord Shiva.
 One day a Gandharva (Singer in the court of Indra, the Lord of the Heaven) named Pushhpadanta being fascinated by the beautiful flowers, began to steal them, as a consequence of which king Chitraratha could not offer flowers to Lord Shiva . He tried very hard to capture the thief, but in vain, because the Gandharvas have divine power to remain invisible.
 Finally the king spread the Shiva Nirmaalya  in his garden . Shiva Nirmaalya  consists of the Bilva leaves, flowers, et cetera which have been used in worshipping Lord Shiva . The Shiva Nirmaalya is considered holy.
 The thief Pushhpadanta, not knowing this, walked on the Shiva Nirmaalya, and by that he incurred the wrath of Lord Shiva and lost the divine power of invisibility . He then designed a prayer to Lord Shiva for forgiveness. In this prayer he sung the greatness of the Lord.
 This very prayer became well known as the `Shiva Mahimna Stotra'. Lord Shiva became pleased by this StotraM, and returned Pushhpadanta's divine powers.
 The legend has some basis since the name of the author is mentioned in verse number 38 of the stotraM . The recital of this stotra is very beneficial, and Shri Ramakrishna, one of the famous saints of the nineteenth century, went into samadhi just by reciting a few verses from this hymn.

Let its recitation be beneficial to you as well! 
      ॐ नमः शिवाय॥     अथ श्री शिवमहिम्नस्तोत्रम्

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...