ads

Sep 11, 2018

लाही किराको सक्रमण बढ्दै छ के गर्ने त ?

- राजेन्द्र देवकोटा - विज्ञ कृषि

अहिले लाहीको सक्रमण बढ्ने बेला हो , प्राय धेरै हानी सागवर्ग र काउली समुहको तरकारी मा यसको छेति बढी देखिने हुन्छ | मसिना , नासपाती आकारको यो किरा , नरम शरीर हुने खालको हुन्छन , प्राय पात , काण्ड , बढ्ने भाग , सलाद को साग ( लेत्तुस ) को जरा त स्याउको बोक्रामा समेत लाहीले आक्रमण गर्ने सोभाबका हुन्छन | समुह मा बस्ने , पखेटा बिहिन यी किरा को करिब ४००० प्रजाति हुन्छन | लाही प्राय देखिने भागमा बस्दैनन् , पातको तल्लो भाग वा घुम्रेको , वा कुन काप्चामा बस्दछन|
लाही ले पात वा काण्डको रस चुसेर खाने गर्दछ भने यस्ले मुख्य रुपमा भाइरस रोग फैलाउने काम मा भेक्टर को रुपमा ठुलो भूमिका खेलेको हुन्छन | यिनी हरुले निकाल्ने मह जस्तो प्रदार्थ जस्ले कमिला र स्याउमा सुटी माउल्ड को बढावा गर्दछ |
रोकथाम :

- साग वा काउली खेति गरिने क्षेत्र ओरिपोरी धेरै नेक्टर (फूल रस ) निकाल्ने बिरुवा रोप्ने जसको कारण चरा, स्त्री स्वभावको खपटे किरा , hoverflies , wasp लाई आकर्षित गर्दछन र तिनीहरुले लाही लाई खाने गर्दछ |
- कम्तिमा पनि हप्ताको २ चोटी आफुले लगाएको तरकारी बालि मा लाही लागेको छ , छैन सो को निगरानी र पातको तल्लो भागमा जाच गर्नुस |
- तोरी र सर्स्यु लाहीको प्रमुख बासस्थान भएको हुदा ओरिपोरी यसको खेति नगर्दा राम्रो हुन्छ |
- धेरै मात्रामा नाइट्रोजन मा आधारित मल प्रयोग नगर्नुस जस्ले पातको संख्या बढाउने कार्य गर्छ र बिस्तारै release हुने मल र प्रांगारिक मल को प्रयोग गर्नुस |
- लाहीको सक्रमण ज्यादा भएको भाग लाई काटी फाली दिनुस |
- स्त्री स्वभाब का खपटे किरा , कमिला , lacewings, र parasitic wasps को संख्या लाई बढावा गर्नुस |
- साबुन पानी, कडा रुपमा स्प्रे गन ले समेत लाही लाई पखाल्न सक्दा छ तसर्थ यिनी हरुको प्रयोग गर्नुस |
- गोदावरी फूल :यो फूलमा पाइरेथ्रोइड्स– साइनेरिन भन्ने कीरा मार्ने पदार्थ पाइन्छ । २५० ग्राम जति यसको काँचोपातलाई काटेर २४ घण्टा भिजाउने वा आधा घण्टाजति पकाउने । त्यसमा ३० ग्राम जति साबुनको टुक्रा राख्ने र राम्ररी घोल्ने । त्यो मिश्रण १ भागमा ४ भाग पानी मिलाएर कम्तिमा ३ पटक छरेमा लाही, पतेरा, फेद कटुवा जस्ता किराको व्यवस्थापन गर्न सकिन्छ ।
- निम :५ ग्राम (१ चिया चम्चा) मन तातो नीमको तेल, २.५–५ ग्राम (०.५–१ चिया चम्चा) घोलक (Emulgator) र २.५ ग्राम (आधा चिया चम्चा) सर्जिकाक्षार (Natron) १ लिटर पानीमा मिलाउने । हरेक १० दिनको फरकमा प्रयोग गर्दै जानु पर्छ | निमको धुलो ३०–५० ग्राम/ली. पानीमा १०– १५ घण्टा भिजाएर छरेमा धेरै प्रकारका हानिकारक कीराहरूको व्यवस्थापन हुन्छ ।
- गाइ को गहुत १ भाग , साबुन पानी १ भाग , खुर्सानी १ भाग गरि मिसाउने र १० भाग पानी मा पुन : मिसाएर छर्नु
- लाही लाई प्याज , लसुन , सयपत्री को गन्ध मन नपर्ने हुदा खेति ओरिपोरी यो लगाउनुस |
- रासायनिक बिषादी को प्रयोग गर्दा broad spectrum बिषादी प्रयोग नगर्नुस ,किनकि फाइदाजनक कीरालाई हानि नगरोस | pyrethrins or pyrethroid समुहको बिषादी प्रयोग गर्नुस जस्तै साइपर मेथ्रिन जुन chrysanthemum वा गोदाबरी फूलको विभिन्न भाग बाट बनेको हुन्छ | यस्ले प्रभाब करी रुपमा लाही किरा लाई मार्ने गर्दछ |

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...