ads

Sep 3, 2018

‘हिजो क्रान्तिकारी भइयो, अहिले दुःख पाइयो’

चितवन, १३ भदौ  । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले हिजो निकै क्रान्तिकारी हुँदा अहिले दुःख पाएको बताएका छन्।
निर्माण व्यवसायी संघ चितवनको २५ औं साधारणसभालाई बुधबार भरतपुरमा सम्बोधन गर्दै उनले हिजोको विषयलाई तानातान गरेर बस्यौं भने अगाडि बढ्नै नसकिने बताए।
विगतमा आफूहरु निजी क्षेत्रको विपक्षमा रहेको स्मरण गर्दै उनले भने, “हिजो हामी पनि निजी क्षेत्रको विरुद्धमा थियौं, अब हामी त्यो लाइनमा छैनौं।” व्यवसायमा लाग्नेहरुलाई राज्यले नाफाको सुनिश्चितता गर्नुपर्ने बताउँदै उनले भने, “निजी क्षेत्रलाई खुशी र सुरक्षित नगरी विकास र समृद्धि आउँदैन।”

कर्मचारीतन्त्रमा रहेको सेटिङ तोड्नु पर्ने बताउँदै दाहालले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई प्याकेजमा ठेक्का दिने मिलेमतो कर्मचारीहरुबाटै हुने गरेको बताए।
ठूला विकास निर्माण एउटैलाई नदिनुहोस् भने आफूले मन्त्रालयका सचिवलाई भनेको स्मरण गर्दै दाहालले भने, “एउटै ठूलो ठेकेदारलाई ठेक्का दिने, भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने।” उनले अगाडि थपे “मैले सचिवलाई यस्तो नगर्नुहोस् भनेको कार्यान्वयन भएन, म सफल भइन्, कर्मचारीले मानेनन्।” “पाँच/सात वटा पुल एउटै ठेकेदारलाई दिएको छ, ओगटेको छ, समयमा काम पूरा पनि हुँदैन। साना निर्माण व्यवसायी रोएर हिँडेका छन्। ठूला-ठूलाले एकाधिकार जमाएका छन्।” अध्यक्ष दाहालले ठूला योजनालाई साना-साना टुक्रा बनाएर दिनुपर्ने बताए। ठेक्कापट्टामा रहेको सेटिङ र एकाधिकार तोडिनु पर्ने उनले बताए। भूकम्प र नाकाबन्दीको समयमा निर्माण व्यवसायीहरुले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उनले भने, “हर्जना नलगाईकन एक वर्ष समय थप्न मेरो पूरै पहल हुन्छ।”
व्यवसायीले सरकारलाई र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँदै उनले विगत ६० वर्षदेखिको पुरानो दृष्टिकोण बदल्नु पर्ने बताए।
संसारमा गल्ती नगर्ने मान्छे अहिलेसम्म नजन्मिएको र जन्मन पनि नजन्मिने बताउँदै उनले सबैले आफ्ना गल्ती स्वीकार गरेर सच्याउँदै अगाडि बढ्नु पर्ने बताए। उनले भने, “निजी क्षेत्रका गल्तीहरु पनि स्वीकार गरेर सच्याउनु पर्छ, राज्यले पनि विगतका ऐन कानूनमा भएका गल्ती सच्याएर अगाडि बढ्नु पर्छ।” राजनैतिक रुपमा स्थिरता आएको बताउँदै उनले भने, “हामी विकास र समृद्धिको संक्रमणकालमा आएका छौं, आर्थिक निर्माणको महाअभियान थालेका छौं। यसले एउटा अवधि लिन्छ।”
श्राेत ः अादर्श समाज

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...