ads

Feb 19, 2016

लेखनाथ महोत्सवमा हिमालको चौरी देखि मरुभुमिको उट सम्म


महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको १२ औ संस्करणको लेखनाथ महोत्सवमा हिमाली भुभागमा पाईने चौरी गाई देखि मरुभुमिमा पाईने उट र विश्वकै सवै भन्दा ठुलो चरा अस्ट्रज लगाएतका जनाबरहरु हेर्न पाईने भएको छ।
महोत्सव स्थल भित्र चिडिया घर निर्माण गरि दर्शकहरुलाई एकै ठाउबाट हिमाली क्षेत्रमा पाईने चौरी गाई (याक) र मरुभुमिमा पाईने उटलाई एकै ठाउमा देख्न पाईने भएको हो।
दर्शकहरुलाई एकै ठाउबाट सवै प्रकारका जनावरहरुको बारेमा जानकारी दिने उदेस्यले बिभिन्न जातका जनावरहरु राखिएकाले महोत्सवमा आएने दर्शकाले अभिरुचि पुर्बक चौरी,उट,अस्ट्रि,ईमु,टर्की लगाएतको अवलोक गर्ने र फोटो खिच्ने गरेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका सल्लाकार तथा स्टल ब्यवस्थापन उप समितिका संयोजक देबराज पन्थिले जानकारी दिएका छन्।
यसै गरि महोत्सव स्थल भित्र प्रचिन कालको सवै भन्दा ठुलो जनाबरका रुपमा रहेको डाईनोसर लगाएत दुर्लभ जनावरको प्रतिक बनाएर विद्युतिय प्रणालीबाट चलाएमान समेत गराएको छ।
लेखनाथको भण्डारढिकमा जारी १२ औं लेखनाथ महोत्सवको दोश्रो दिन विहिबार यातायात व्यवसायीको बन्दका बावजुद दर्शकको उल्लेख्य सहभागिता रह्यो ।








लेखनाथ महोत्सवमा हिमालको चौरी देखि मरुभुमिको उट सम्म
बन्दले विहान महोत्सव केही समय प्रभावित भए पनि दिउँसो देखी दर्शकहरुको संख्या बढेको थियो । विहिबार महोत्सवमा झण्डै १५ हजार दर्शकले अवोलकन गरेको र एउटा कार सहित झण्डै १ करोड रुपैयाको कारोबार भएको लेखनाथ उद्योग बाणिज्य संघका महासचिव छत्रधर आत्रेयले जानकारी दिए ।
महोत्सवमा कृषिजन्य उत्पादन र घरायसी आवश्यकताका सामाग्रीहरुको कारोबार राम्रो भएको आयोजकले जनाएका छन् । यसैगरी अटो तर्फ फोर्ड कम्पनीको एउटा कार विक्री भएको आत्रेले जानकारी दिए । महोत्सवमा गुडलक एग्रो टुरिजम प्रा.लि ले संचालनमा ल्याउन लागेको एग्रो टुरिजम रिर्सोटको नमूनाको प्रदर्शनमा दर्शकहरुले चाख लिएका थिए । प्रोजेक्टका विषयमा संचालकद्धय विश्वगोपाल श्रेष्ठ र ऋषिराम भण्डारीले लेखनाथ उद्योग बाणिज्य संघको सहयोगमा एक जिल्ला एक उत्पादन कार्यक्रम अन्र्तगत केही आर्थिक सहयोग प्राप्त भएको बताए ।
महोत्सवमा युवापुस्ताका दर्शकहरु पपकन्र्सटमा झुम्मिएका थिए भने प्रौढहरु दोहोरीमा रमाएका थिए । पपमा हिमाल सागर, कालिप्रसाद बस्ताकोटी, गण्डकी तारा ओम गुरुङ्ग र सन्दिप सिंह रानाले युवा पुस्तालाई मनोरन्जन दिलाएका थिए । यसैगरी दोहोरी तर्फ राजु गुरुङ्ग, जुना श्रीष, जीवन दाहाल, सिता के.सी, शिवहरी ढुंगाना, प्रदिप त्रिपाठी, सुरेन्द्र गुरुङ्ग र काजोल गुरुङ्गले दर्शकलाई नचाएका थिए ।महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संमृद्धि भन्ने मुलनाराको साथ फागुन १६ गतेसम्म संचालन हुने महोत्सवमा अटो, कृषि, हस्तकला, खाद्यान्न, गार्मेन्ट, घरेलु उत्पादन, खानाका परिकार सहितका ३ सय भन्दा बढी स्टल राखिएको छ ।
शुक्रबार प्रजातन्त्र दिवश विदाको दिन समेत परेकाले दर्शकहरुको सहभागिता बढ्ने आयोजकले विश्वास लिएका छन् ।

सिन्डिकेटका मतियारहरु हारे




बधाई विन्ध्यवासिनी यातायात सेवालाई: अन्ततः सिन्डिकेटका मतियारहरु हारेका छन् । निर्वाध रुपमा विन्ध्यवासिनी यातायात सेवाका बसहरु पोखरामा चल्न पाउने भएका छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको समन्वयमा बसेको बैठकले आज (बिहीबार) चार बुँदे सहमति गर्दै विन्ध्यवासिनी यातायात सेवाका बसहरु निर्वाध रुपमा सञ्चालन गर्न पाउने निर्णय भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी हरिबहादुर पालले चक्काजाम गर्न खोज्ने ८० गाडीका चाबी खोसेर १३जनालाई पक्राउ गरी कानुनी राज्यको अनुभूती दि...लाएका छन् । एम्बुलेन्स र सर्वसाधारणका निजी यातायातका साधनहरु गुड्न पनि नमिल्ने गरी सिन्डिकेटका मतियारहरुले देखाउने दादागिरी यसपटक भने तुहिएको छ ।

राजेन्द्र आधिकारी
jukson.com's photo.
तस्विरः सुदर्शन रञ्जित

ग्यास कालोबजारी गर्नेलाई थुन्न आदेश

पाल्पा: ग्यास कालोबजारी गर्ने पाल्पाको तानसेनस्थित कबिर स्टोर्सका सञ्चालक कमल ढकाललाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ। 
 
उनलाई प्रहरीले अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरेको थियो।जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले ढकाललाई थुनामा राख्ने आदेश दिएको हो। 
अदालतका सूचना अधिकृत श्रेस्तेदार उत्तम सिलवालका अनुसार कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ को दफा ३ (१) र दफा ४ अनुसारको कारबाहीको माग दाबी छ। सोही दफा अनुसार ५ वर्षसम्म कैद सजायको मागसमेत गरिएको छ।
 
मौखिक उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा बिक्री गरेका दुईवटा १४ किलोको सिलिन्डर फेला पारेको थियो। साथमा ग्राहकले तिरेको १२ हजारको चेक समेत बरामद भएपछि ढकाल पक्राउ परेका हुन्।
 
त्यसअघि प्रहरीले गहिरो अनुसन्धान गरी सरकारी वकिललाई मिसिल बुझाएको थियो। प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले अनुसन्धान सकेपछि मिसिल सरकारी वकिलमार्फत् अदालतमा पेस भएको बताए। 
 
उनले अनुसन्धानमा कुनै कसर नराखी हदैसम्मको कारबाहीको माग गरिएकाले मुद्दा पुर्पक्षका लागि थुनामा जानु स्वभाविक भएको बताए। स्थानीयले गरेको उजुरीका आधारमा प्रहरी तत्काल पसलमा पुगेर प्रमाणसहित फेला पारेपछि मुद्दा प्रक्रिया अघि बढेको थियो।
 
ग्यास सिलिन्डरमा कालोबजारी गरेर बिक्री गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।सरकारी मूल्यमा ग्यास दिन नसकिने पाल्पा ग्यास डिलर्स संघले सरकारले तोकेको दररेटमा उपभोक्तालाई ग्यास बिक्री गर्न नसकिने जनाएको छ। 
 
संघले तानसेनमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा ग्यास डिलर्ससम्म ल्याउँदा ढुवानीसहित सातसय ६२ रुपैयाँ पर्ने भएकोले सरकारले तोकेको दररेटमा उपलब्ध गराउन नसक्ने जनाएको हो। 
 
संघका अध्यक्ष राजेन्द्रबहादुर बज्राचार्यका अनुसार अहिले पाल्पामा कास्की, रुपन्देही र नवलपरासीबाट शक्ति, स्वस्तिक, त्रिशूल, आरती, सिद्धार्थ र बुटवल, ग्यास आपूर्ति भइरहेको छ।

जगदीश भट्टराई

Feb 18, 2016

दुधको चिया शरीरमा गएर यसरी बन्छ विष

अरु बेलामा भन्दा जाडो समयमा नेपालीहरु बढी चिया पिउँछन्। अधिकांश मानिसहरुले आनन्दको लागि, शरीर न्यानो गराउनको लागि चिया पिउने... गर्छन्। फेरि चियाको (कालो चियाको) स्वास्थ्यमा फाइदाहरू पनि टन्नै छन्। प्राचीन समयमा चीन, भारत र नेपाल लगायत एसियाली भू-भागहरूमा कालो चियालाई औषधीको रूपमा पनि प्रयोग गर्ने गर्दथे।
चियामा हाम्रो स्वास्थ्यलाई प्रभाव पार्ने खालका धेरै तत्वहरू पाइन्छन्। विशेष गरी कालो चियामा प्रशस्तै एण्टिअक्सिडेन्ट र भिटामिन पाइन्छन्। यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउनुको साथै, रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्ने, कोषका हुने क्षयलाई रोक्ने, मधुमेहबाट बचाउने साथै मुटुसम्बन्धी रोगबाट पनि बचाउँदछ तथापी, त्यस चियामा अलिकति पनि दूध मिस्सियो भने, अब त्यसले फाइदाभन्दा बढि बेफाइदा गर्दछ। तर कसरी?
दूधले चियालाई कसरी प्रभाव पार्दछ?
चियामा दूध मिसाएर पिउँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्दछ भनेर अमेरिकाका वैज्ञानिकहरूले एक खोज गरेका थिए।
उनीहरूले १६ जना स्वस्थ स्वयंसेवीकाहरूमा चियाको प्रभावको परीक्षण गरेका थिए। अनुसन्धानकर्ताहरूले ती महिलाहरूलाई एक दिन तातो पानी, अर्को दिन कालो चिया अनि अर्को दिन दूध चिया पिउन दिएर उनीहरूको मुटुमा भैरहेको गतिविधिलाई निरीक्षण गरेका थिए।
नतिजा अचम्मको निस्किएको थियो। तातो पानीमात्रै पिउँदा मुटुमा खासै त्यस्तो फरक परेन। कालो चिया पिउँदा मुटुको धमनी र रक्तनशालाई राहत पुग्यो भने दूध चिया पिउँदा ती महिलाहरूको मुटुको धमनी र रक्तनशामा हुने रगतको सञ्चारमा बाधा पुगेको थियो।
यसको एउटै मात्र कारण भनेको, दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’को मात्रामा कमि हुने गर्दछ, जसले रक्त धमनीमा राहत पुर्याउन महत्वपूर्ण भूमीका खेल्ने गर्दछ।
उपाय के छ त?
दिनमा २ कप सम्म दूध चिया पिउनु खासै खतरनाक हुँदैन। तर यदि २ कपभन्दा बढि दूध चिया पिउने बानी छ भने त्यसलाई तुरुन्तै हटाउनु उचित हुन्छ। साथै, विहानको खाली पेटमा दूध चिया पिउँदा ग्यास्ट्रिकको समस्या देखा पर्दछ भनेर त सायद अधिकांशलाई थाहा नै छ होला।
बरु, कालो चिया पिउनुहोस्। कालो चियाका अनगिन्ती फाइदाहरू छन्। यसले मधुमेहलाई समेत ठीक गर्छ, त्यति मात्र कहाँ हो र? मृगौलाको कार्य शक्तिमा समेत कालो चियाले धेरै राहत पुर्याउने वैज्ञानिकहरूको अनुसन्धानबाट पत्ता लागिसकेको छ।

Feb 17, 2016

चेलीबेटी बेचबिखनमा महिला प्रहरी नै सक्रिय, युवती बेचेर नेपाल प्रहरीकी असई फरार

asi-nirmala

फागुन ५  । नेपाल प्रहरीमा कार्यरत त्यसमाथि पनि महिला प्रहरी नै चेलीबेटी बेचबिखनमा संलग्न रहेको भन्ने शब्द झट्ट सुन्दा जो कोहीलाई पनि विश्वास गर्न गाह्रो हुन्छ । तर पछिल्लो समय रुपन्देहीमा घटेको एउटा घटनाले उक्त विषयलाई सहजै नकार्न नसकिने अवस्था सिर्जना भएको छ ।
घटना हो गत असोज २५ गते सोमबार अपराह्न अन्दाजी १२ः३० को र घटनास्थल हो रुपन्देहीको सीमानाका बेलहिया । नेपालबाट रुपन्देहीको बेलहिया सुनौली नाकाबाट भारत हुँदै खाडी तथा अफ्रिकी मुलुकमा नेपाली चेलीबेटीको सम्भावित बेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्ने, पीडितको उद्धार गर्ने र दोषीहरुलाई कानुनी कारबाहीको लागि पहल गर्ने उद्देश्यअनुरुप माइती नेपालको तर्फबाट नाकामा चेकजाँचको लागि खटिएका माइती नेपाल भैरहवाका कर्मचारीद्वय ज्ञानु गौतम र सुस्मिता राईले असोज २५ गते सोमबार अपराह्न करिब १२ः३० को समयमा शंकास्पद दुई युवतीहरु (परिवर्तित नाम भैरहवा ११ र भैरहवा १२) नेपालतर्फबाट भारतको सुनौलीतर्फ जान लागेको देखे । देख्नासाथ राई र गौतमले दुवै युवतीहरुलाई भारततर्फ जानबाट रोकेर कहाँ जान लागेको भनेर सोधपुछ गर्दा दुवै युवती अक्मकाएपछि एक्लाएक्लै राखेर सोधपुछ गर्न थाले । माइती नेपालको टोलीले दुवै युवतीलाई सोधपुछ गर्दै गर्दा रुपन्देही सेमलार–८ घर भई सैनामैना बस्ने मायादेवी (धवल) धोबी नाम गरेकी एक अधबैंसे महिलाले उक्त स्थानमा पुगेर ‘यी बहिनीहरु भारतको सुनौली बजारमा सपिंग गरेर फर्किने हो’ भन्दै उनीहरुलाई छाडिदिन अनुरोध गरिन् । मायादेवीले जति अनुनय विनय गरे पनि माइती नेपाल र नेपाल प्रहरीको संयुक्त टोली उनको कुरामा विश्वस्त हुन सकेन । त्यसपछि संयुक्त टोलीले उनै मायादेवीको नियतमाथि नै शंका गर्दै उनीमाथि अनुसन्धान सुरु ग¥यो । प्रारम्भिक सोधपुछको क्रममा दुई युवतीले आफूहरु वैदेशिक रोजगारीको लागि कुवेत जान थालेको र मायादेवी आफूहरुलाई नाका पार गराउन आएको बताएपछि माइती नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले मायादेवीलाई नियन्त्रणमा लियो । प्रहरी नियन्त्रणमा परेपछि अत्तालिएकी मायादेवीले नेपाल प्रहरीअन्तर्गत पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा कार्यरत प्रहरी सहायक निरीक्षक निर्मला श्रेष्ठको नाम पोलिन् । मायादेवीले प्रारम्भिक बयानमा ‘यी बहिनीहरुलाई भारतको सुनौली बजारमा सपिंग गर्न भनी निर्मला दिदीले पठाउनुभएको हो, निर्मला बुटवल तालिम केन्द्रमा असई छिन्’ भन्दै नाम पोलेपछि माइती नेपालको टोली चकित परेको थियो ।
चेलीबेटी बेचबिखनमा जुनियर अधिकृत तहको महिला प्रहरीको संलग्नता देखिएपछि माइती नेपाल भैरहवास्थित कार्यालयले घटनास्थल मुचुल्का कागजसहित मायादेवीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाउँदै बेच्न लैजाँदै गरिएका ती दुई युवतीको सोही दिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पीडित युवतीको जाहेरी लिन खोज्दा ती दुवै युवती काठमाडौंबाट आएको र बारदातस्थल समेत काठमाडौं जिल्लामै रहेको खुल्न आएपछि पीडितको जाहेरी र घटनास्थल मुचुल्का विवरणसहित पक्राउ परेकी मायादेवीलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइदियो । काठमाडौं आइसकेपछि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले पक्राउ परेकी मायादेवीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर मायादेवीको बयानबाट तानिएकी असई निर्मला श्रेष्ठलाई उपस्थित गराइदिन उनी कार्यरत रहेको पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रलाई पत्र काट्यो । बयानमा मायादेवीले आफ्नो नाम पोलेको खबर प्रहरी स्रोतबाटै थाहा पाइसकेकी असई श्रेष्ठ काठमाडौं प्रहरीले उनलाई उपस्थित गराइदिन गरेको अनुरोधसहितको पत्र बुटवल तालिम केन्द्रमा नपुग्दै उनी फरार भइसकेकी थिइन् ।
उनी फरार भएता पनि काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत श्रेष्ठलाई समेत फरार प्रतिवादी बनाउँदै मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुवै प्रतिवादीको हकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ३ र दफा ४ (२) (क) को कसुर देखिएको उल्लेख गर्दै सोही ऐनको दफा (१५) (१) को खण्ड ( ड ) (१) बमोजिम र असई निर्मला श्रेष्ठ नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा बहाल रहेकोमा सोही ऐनको दफा १५ (३) बमोजिम थप सजाय मागदाबी गर्दै गत कात्तिक २० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । उक्त मुद्दामा थुनछेकमा भएको आदेशबमोजिम पक्राउ परेकी मायादेवी (धवल) धोबी मुद्दा पुर्पक्षको लागि केन्द्रीय कारागारस्थित महिला बन्दीगृह चलान भइसकेको र असई श्रेष्ठलाई निलम्बन गरी काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको काठमाडौं प्रहरी परिसर स्रोतको दाबी छ ।
असई श्रेष्ठको दरबन्दी जहाँ भए पनि उनी शक्तिकेन्द्रको दबाबमा करिब एक दशक अगाडिदेखि इलाका प्रहरी कार्यालय बुटवलमा मस्ती गर्दै आएकी थिइन् । इलाका प्रहरी कार्यालय बुटवलमा महिला सेलको प्रमुख भएकी उनले विभिन्न महिलाहरुसँग मिलेर बुटवलका केही व्यापारीहरुसँग ‘ब्ल्याकमेल’ गर्दै तिनै महिलालाई प्रयोग गरेर रकम असुल्ने गरेको स्रोत बताउँछ । नेपाल प्रहरीका पूर्वडीआईजी अशोक श्रेष्ठकी भाइबुहारी समेत रहेकी उनले जेठाजुको समेत नाम बेच्दै वर्षौंदेखि चेलीबेटी बेचबिखनको धन्दा सञ्चालन गर्ने गरेको स्रोतको दाबी छ । करिब दुई वर्षअगाडि इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक रामप्रसाद पौडेललाई डेढ लाख रुपैयाँ घुससहित अख्तियारले रंगेहात पक्राउ गरेको घटनामा उनीसमेत मुछिएकी थिइन् । उक्त घटनामा आयोगले उनीसँगै तत्कालीन प्रहरी निरीक्षक सोम थापाको समेत बयान लिएको थियो ।   अख्तियारमा उनीविरुद्ध अन्य थुप्रै मुद्दाहरु विचाराधीन रहेको अख्तियार स्रोतको दाबी छ ।
के छ मायादेवीको बयानमा ?
मेरो विवाह भई २ छोराको जन्म भइसकेको अवस्थामा श्रीमान्ले अर्को श्रीमती ल्याई मलाई छाडेको हुँदा न्यायको लागि उजुरी गर्न इलाका प्रहरी कार्यालय बुुटवलमा जाँदा उक्त कार्यालयमा कार्यरत निर्मला श्रेष्ठसँग भेटघाट र चिनजान भएको थियो । पछि मलाई समस्या पर्दा निर्मला श्रेष्ठसँग बताउँथे र काम गर्दै आएको थिएँ । म खेतीपातीको कामको अलावा गाउँघरमा झारफुक गर्ने काम गर्दछुु । निज निर्मला श्रेष्ठले पनि मसँग झारफुुक गराउँथिन् । मिति २०७२ असोज २५ गते म बिहान खोलामा नुहाउन लागेको अवस्थामा निर्मला श्रेष्ठले मेरो मोबाइलमा फोन गरी २ जना केटीहरुको हेराइकोराइ गर्न भनिन् । मैले म आउँदै छुु त्यही हेरौंला भनेँ, पुरानो बसपार्कमा पुुगेँ, निर्मला श्रेष्ठसँग भेट भई निर्मला स्कुुटरमा र म हिँडेर नेपालगञ्ज रोडमा रहेको नाम थाहा नभएको होटलमा गयौँ । सो होटलमा भएको एक जना पातलो शरीर भएको लम्बुु मानिसले निर्मलालाई ‘भाउजू नमस्कार’ भनेर लम्बु केटा र निर्मलाले कुराकानी गरे, के कुराकानी गरे थाहा भएन । मेरो साथी भनी यसअघि नै निर्मलाले मेरो घरमा ल्याएको मैले पनि सामान्य चिनेको भारतीय लाहुरे भन्ने झपेन्द्रलाई लम्बुु केटाले फोन ग¥यो । झपेन्द्र हो भनेकोले मैले पनि फोनमा सञ्चो बिसञ्चो सोधेको हुँ । त्यसपछि निर्मला श्रेष्ठको ब्यागमा लम्बु केटाले पैसा राखिदिए । कति राखिदिए मलाई थाहा भएन । सोही होटलमा तीन जनाले खाना खायौं । लम्बुु केटाले सात सय रुपैयाँ ति¥यो । मलाई निर्मलाले ट्वाइलेट अगाडि पाँच सय दरका २० थान नोटहरु १० हजार रुपैयाँ मलाई दिइन् । किन दिएको भन्दा राखन थरुनी भनिदिनुुभयो । मैले राखेँ, त्यहाँबाट तीन जना नै रोडमा निस्क्यौँ । निर्मला श्रेष्ठले दाइसँग जाऊ, त्यहाँ दुुई जना बहिनीहरु छन्, तिनीहरु दिल्ली जाने हुन्, सुुनौलीसम्म साथी गइदेऊ भनेपछि तपाईं र म स्कुुटीमा जाऔँ, उनीहरु गाडीमा जान्छन् नि भन्दा मेरो स्कुटीमा तेल छैन, म विद्युत् अफिस जानु छ भनी लम्बुु केटा र निर्मला २ जनाले कुरा गरे, के कुरा गरे मलाई थाहा भएन । म अगाडि गइरहेँ, एकछिनमा लम्बुु केटाले मलाई भेटायो र सँगै गयौँ । जाँदा जाँदै केटा कता हरायो थाहा भएन । त्यही मौकामा म मोबाइल पसलमा गई मोबाइलमा प्लाष्टिक राख्न लाग्दा फेरि केटा आइपुुग्यो र ल जाऊँ भनी नजिकैको नाम थाहा नभएको होटलमा लग्यो । २ जना केटीहरु खाना खाँदै रहेछन्, चिसो मगायो र मैले र लम्बुु केटाले चिसो खायौँ । म तल झरें । २ जना केटी र लम्बुु पछिपछि आए । केटीहरु बसपार्कतर्फ गए । केटाले फर्काएर ल्यायो । त्यतिबेला म मोबाइल पसलमा नै थिए । मलाई बोलायो, म नजिकै गएँ । भैरहवा जाने गाडी आयो ल जाऊ भनेकाले म अगाडि चढेँ । त्यसपछि २ जना केटी चढे, लम्बुु केटो पनि चढ्यो होला भन्ने सोचेको थिएँ । गाडी भाडा दिने बेलामा हेर्दा लम्बु केटा रहेनछ । मैले गाडी भाडा ६० रुपैयाँ दिए । भैरहवा पुगी गाडीबाट झ¥यौँ । लम्बुु केटा फेला परेन । हामीभन्दा अगाडिको गाडीमा सुनौली गयो कि भन्ने सोचेर हामी तीन जना नै सुनौलीको गाडी चढेर बेलहिया झ¥यौँ । मैले लम्बुु केटालाई खोजी गर्न थालें ।
२ जना केटीहरु सरासर सुनौलीतर्फ गइरहेकोमा माइती नेपालका कर्मचारीहरुले सोधपुुछ गरिरहेका रहेछन् । निजहरुले मलाई देखी यहाँ दिदीहरुले हामीलाई ल्याएको हो भनी देखाएपछि माइती नेपालका कर्मचारीहरुले कहाँ लैजान लागेको भनी सोधनी गर्न थालेपछि मैले निर्मला श्रेष्ठलाई फोन गरेँ । हामीलाई त माइती नेपालले समातेको छ भन्दा हामी किनमेल गर्न आएको हो भन्न लगाइनँ, मैले भनेँ । फेरि फोन गरी २ जना केटीलाई बाटोमा नै भेटाएको हो, मैले चिन्दिनँ भन्न सिकाएकी थिइनँ । त्यसबेला थारु भाषामा कुरा गरिन् भनी मलाई फोन गर्न नदिई माइती नेपालका कर्मचारीहरुले फोन मागेका थिए, मैले दिइनँ । त्यतिखेर फेरि निर्मलाले फोन गरी माइती नेपालका कर्मचारीलाई फोन गरी देऊ त भनेपछि मैले माइती नेपालको पुलिस को छ, त्यसलाई फोन देऊ त भन्दा नजिकै रहेको प्रहरीलाई फोन दिएँ । फोनमा के कुरा भयो मलाई थाहा भएन । माइती नेपालले २ जना केटी र मलाई सोही दिन बेलहिया चौकीमा लगेर प्रहरीलाई बुुझाएका हुन् । चौकीबाट सोही दिन बेलुुका नै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याई राखेको हो ।

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...