कविता "अबफेरी मेरो देशमा" मन्जील दिप सुब्बा, अबफेरी मेरो देशमा हिटलरको घृणित युद्ध नचर्कियोस ओसिएका बम वारोदहरु शान्ति खलबलाउनको निम्ति बुलिन्द्र आवाज लिएर नपर्कियोस भर्खरै मात्र सकिएका छन पोतेर जनयुद्धले चर्किएका घरका भिताहरु ममतामयी आमा! अबफेरी तिम्रो काख उजाडिएको मरुभूमिझै रितो नहोस वावा! तिमिले सनाखत भएका लाषहरु जिम्मा लिन नपरोस भाईटिकामा चेली! तिमिले माईतिको प्रतिविम्ब खोज्दा क्षतविक्ष्यद भएर यन्त्रतन्त्र छरिएका शरिरका टुक्राहरु नहोउन तिजमा माईती तिमिले चेलिको सामिप्यता वेपता र वेवारिशे पारिएको समाचार अखबारहरुमा नहोउन पबित्र शिन्दुर छरिएको शिउदो हो त्यो, कहिल्यै नपुछियोस दैवले जुराएको मिठो साथ त्यो पन ि नछुटियोस देशका कर्णधार नावालकहरु टुहुरा र टुहुरी नहोउन सोर्ग जस्तै घर - परिवार बिचल्ली र बिस्थापित नबनुन परिवर्तन ल्याउने परिवर्तनकारिलाई हृदय देखिनै प्रणाम छ परिवर्तनको लागी प्राणदिने शहिदहरुलाई समग्रमा हामी सबैको लाखौं पटक सलाम छ। आङ्सराङ् - ५ बरबोटे पाँचथर मेची नेपाल। हाल – Qatar Foundation. Email – manjeeldip@yahoo. |
Blog, News, Views, Events, Information, Knowledge, Vlog, Lok Sewa Aayog, Public Service Commission (PSC), Questions & Answers (QS), Old is god, Question Bank
ads
Aug 31, 2008
तिज
Subscribe to:
Post Comments (Atom)
Facebook Insta down right now फेसबुकमा समस्या
Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...
No comments:
Post a Comment