नकोरी कनै त्यो सलाई तिमीले ।
मिटायौ चिठी सब् जलाई तिमीले ।।
म आफु विरोधी कठोरै बनेथें,
पगाल्यौ फतक्कै गलाई तिमीले ।
अकेला बनायौ र छाडेर हिँड्यौ,
भरोसा सुटूक्कै ढलाई तिमीले ।
कि फेरी बहाना अनौंठो गरायौ,
र आँखा सबैको छलाई तिमीले ।
नसोधे हुने भो गिरायौ कसोरी ?
सबैको नजरमा मलाई तिमीले ।
Regards,
binitsanu
Kogarah 2217
NSW, Sydney
No comments:
Post a Comment