ads

Mar 27, 2016

१२ वर्षसम्म जनताको रगतमा होली खेल्ने माओवादी नेताको आँखामा कसरी आयो आँशु ?

- अविनास बुढाथोकी
नेपाली जनताको हक, अधिकार र जनताको सम्मृद्धिसँगै नेपालको दिगो विकासका लागि निरंकुश राजतन्त्रको अन्त्य गराउन तत्कालीन अवस्थामा जनक्रान्ति आवश्यक थियो । नेपाली कांग्रेसले जुटमेलमा गरेको संघर्ष होस् या एमालेले गरेको झापा संघर्ष नै किन नहोस् त्यो समयको ऐतिहासिक आवश्यकता छँदै थियो । तर जनताले आफ्नो सार्वभौमसत्ता पाउन सकेका थिएनन् । नेपाली जनताका दुस्मन राजा, महाराजा कहिल्यै भएनन् । भए त तिनको निरंकुश राज्य ब्यवस्थाको शासन प्रणाली । हामीले २०४६ सालदेखि भन्दै आएका थियौं– जातीय भेदभाव अन्त्य, धर्मनिरपेक्ष राज्य र जनताको सार्वभौमसत्ता जनतामै निहीत हुनुपर्छ । तत्कालीन नेकपा एमालेका महासचिव स्व. मदन भण्डारीले यही विषयमा बारम्बार दरबारलाई चुनौती दिने गरेका थिए । २०१५ सालको आमनिर्वाचनमा दुई तिहाई बहुमत ल्याएर गठित भएको सरकारको नेतृत्व नेपाली कांग्रेसका संस्थापक वीपी कोइराला स्वयमले गरेका थिए । सत्ताको मात चढेर जनताको प्रजातन्त्र राजा महेन्द्रलाई बेचेकोदेखि कतिपय त्यस्ता चुनौतीपूर्ण अवस्थामा नेपाली कांग्रेसले दरबारसँग मिलेर जनताको मुद्धामा धोका दिने गरेको इतिहास अहिलेको अवस्थामा पनि जिवितै छ । जनक्रान्तिको पहिलो अवस्था जहिले पनि शान्तिपूर्ण संघर्ष नै हुन्छ । संघर्ष भएको अवस्थामा शासकले निरंकुस शैलीमा चर्को दमन गरी जनतामाथि अत्याचार ग-यो भने त्यसले सशस्त्र जनयुद्धको रूप पनि लिन सक्छ । त्यसैले त माक्र्सवाद र लेलिनवादले द्वन्द्ववाद पनि स्वीकार्छ । क. मदन भण्डारीहरूले सम्पूर्ण वामपन्थी शक्तिलाई एकता गराई शान्तिपूर्ण जनक्रान्तिको लागि आवान गरिरहँदा तत्कालीन माओवादी उग्रवाद अंगालेर समयको माग बेगर गलत बाटो सशस्त्र जनयुद्धमा जान केन्द्रीत रह्यो । अन्ततः माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र जनयुद्धको घोषणा ग-यो । जनयुद्ध गलत बाटो छँदै थियो । तर पनि माओवादीले गरिबी र जातीय भेदभावमा रूमलिएका जनतालाई सुनौलो सपना देखायो । युद्धको रूप नै मार्ने अथवा मर्ने नै हो । तर गम्भीर प्रश्न यो हो कि, किन मर्ने र कसलाई केका लागि मार्ने ? हुन् त तपाईं माओवादीको नामले भन्दा पनि आफ्नै चरित्रले पतन भएको ब्यक्ति हो । उपचार गराउन आएकी आफ्नै साथीको श्रीमतीलाई जबर्जस्ती यौन शोषण गरेको घटना होस् या उनका श्रीमान्को हत्या गरेको आरोप होस्, घटना आजसम्म सेलाएको छैन । तथापी तपाईंलाई आज म प्रश्न गर्न गइरहेको छ । के दोष थियो शिक्षकको ? किन रेटियो उनको घाँटी ? त्यतिबेला किन दुखेन तपाईंको मन ? अनि कुन आधारमा आज गणतन्त्र हाम्रो माग हो भन्नुहुन्छ ? किन मारिए डेकेन्द्रहरू अनि कुन आधारमा प्रेस स्वतन्त्रताको नारा घन्काउनुहुन्छ ? आफ्नै कार्यकर्तालाई वेश्या बनाएर साँस्कृतिक क्रान्ति सम्पन्न गर्ने तपाईंहरू कुन आधारमा महिलाको अधिकारको पक्षमा बोल्नुहुन्छ ? साम्यवादी समाजको नाममा बाँदरमुडेमा सर्वसाधारण चढेको बसमा बम पड्काउँदा दुधे बालक, ८० बर्षीय वृद्धको मृत्युसँगै गर्ववती महिलाको पेटबाट बाहिर निस्केको भ्रुण देख्दा किन दुखेन माननीयज्यू तपाईंको मन ? किन झरेन माननीयज्यू तपाईंको आँसु ? नेवारले बाहुनको छोरी विवाह गरेकै भरमा एउटै परिवारको ३ जनाको विभिन्न रूपमा ज्यान लिँदा किन दुखेन तपाईंको मन माननीयज्यू ? कुन आधारमा जातीय समानताको भाषण गर्नुहुन्छ ? यस्ता निन्दनीय र क्रुर शैलीमा जनताको हत्या गर्दा नरोएको तपाईंको मन काल्पनिक कथामा गाई मरेको सिनले कसरी रोयो माननीयज्यू ? मलाई भर्खरै जस्तो लाग्छ, युद्ध चर्किंदै गयो । दरबारले सकेको निरंकुश लाद्दै गयो । माओवादी पनि अति नै क्रुर बन्दै गयो । यतिसम्म की दरबारले माओवादीलाई सहयोग गरेकै नाममा बस्ती नै जलायो । शंकाको भरमा कतिलाई गायव बनायो । कति चेलीलाई बलात्कार ग¥यो । कतिलाई बस्तीकै अगाडि क्रुर शैलीमा हत्या ग-यो । माओवादीलाई भात खुवाएकै भरमा आतंककारीको उपनाम दिएर हत्या ग-यो । उता, माओवादीले पनि जनतालाई छोडेन । सेना, प्रहरीका जवानका घर–घरमा माओवादीले तिनका घर परिवारलाई शारीरिक, मानसिक यातनासँगै कतिलाई त बन्दी बनाएर हत्या पनि ग-यो । गाउँ बस्तीमा सरकारी र माओवादीको आतंक बढ्दै गएको थियो । सर्वसाधारण जनता सरकारी पक्ष र विद्रोही पक्षको बीचको पेलम्चीमा परेका थिए । माओवादीको चन्दा आतंक, स्कुले बालबालिका अपहरणसँगै गाउँबस्तीका जसको घरमा मन लाग्यो उसैको गोठको गाई, भैँसी, खसी, गोरु जे मन लाग्छ त्यही जबर्जस्ती काटेर खान्थे । दिन्न र किन यसो गरेको भन्न पाइँदैन थियो । उनीहरूको अत्याचार विरुद्ध बोल्यो कि ज्यान बच्दैन थियो । ज्यान बचाउनकै लागि उनीहरूलाई पकाउन तुल्याउन सहयोग गर्नु ब्यक्तिको बाध्यता हुन्थ्यो भने उ सेनाको सिकार बन्न पनि सक्थ्यो । धर्मनिरपेक्षताका नाममा पुजारीका टुप्पी काट्ने, मन्दिरका मुर्ती उखालेर फ्याँक्ने, मन्दिर भत्काउने, नेपालको विकासको नाममा पुललगायत भौतिक संरचना नष्ट गर्ने, जनताको स्वतन्त्रता तथा सार्वभौमसत्ताका नाममा अन्याय र अत्याचार बर्साउने लगायतका काम माओवादीले गरिरहे । कुनै समय हाम्रा गाउँघरमा ‘तेरो घरमा कालो कांग्रेस छिरोस्’ भनेर गाली दिने चलन थियो तर माओवादी कालो कांग्रेसभन्दा पनि चर्को क्रुर शैलीमा अगाडि बढेको थियो । यतिसम्म की विद्यालयमा पढाइरहेका शिक्षकलाई विद्यार्थीको बीचमा बाँधेर हँसियाले घाँटी रेटेर हत्या गर्नेसम्मको काम पनि भयो । माओवादीको अत्याचारविरुद्ध समाचार लेखेकै भरमा डेकेन्द्र थापा जस्ता पत्रकारहरूको हत्या भयो । ब्यक्तिगत रिसईबीमा माओवादीले ओखलढुंगा टारकेराबारीका उज्जन श्रेष्ठ हुन् या गोरखा फुजेलका कृष्ण अधिकारीहरु हुन् ती जस्ता सयौंको हत्या ग¥यो । चितवनको बाँदरमुडेमा क्रान्तिका नाममा दुधे बालकदेखि ८० बर्षीय वृद्ध चढेको बस बमले उडायो । आफ्नै कार्यकर्तालाई वेश्या बनाएर सैनिक जवानलाई रक्सीमा विष पिलाई मार्ने जस्ता आतंकवादी काम पनि माओवादी जनयुद्धका नाममा भए । जनयुद्ध नामको धनयुद्ध सकिएको आज १२ बर्षभन्दा बढी भएको छ । ती समयताका गरिएका अन्याय अत्याचारको श्रेय ब्यक्ति हाम्रा अहिलेका माननीय कृषि मन्त्री हरिबोल गजुरेलज्यू पनि हुन् । त्यस्ता विभत्स हत्या र अत्याचारको कमान्डिङ आफैंले गर्दा नदुखेको मन आज मेरा माननीय कृषि मन्त्रीज्यूलाई एउटा काल्पनिक कथामा आधारित सिनेमाले दुखाई दिएछ र भक्कानिएर रोएछन् । गज्जव छन् मेरा देशका सञ्चारमाध्यम र सञ्चारकर्मी । माओवादीको अन्याय, अत्याचारमा पिल्सिएर न्यायको भिख माग्दा माग्दै ज्यान गुमाएका नन्दप्रसाद अधिकारी आज पनि न्यायकै पर्खाईमा टिचिङ अस्पतालको शव कक्षभित्र बाकसमा कुहिएर बसेका छन् । यता सावित्री क्षेष्ठहरू सम्माननीय अदालतले दिएको न्याय राज्यद्वारा कार्यान्वयनको पर्खाईमा बर्षौँ काटिरहेका छन् । सञ्चार क्षेत्र आवाज विहीनका आवाज बन्नुपर्ने ठाउँमा नैतिक पतन भएका चाटुकारहरूको गुलामी गरिरहेको छ । आवाजबिहीनका आवाजले ठाउँ पाएका छैनन् तर नैतिकता गुमाएकाहरूको अनेक प्रपञ्चसँगै आँसुको कथाको विज्ञापनले मिडिया क्षेत्र रंगिएको छ । आँखा भरी आँसु टिलपिल पारी मलाई आज मेरा माननीय कृषि मन्त्रीज्यूलाई प्रश्न गर्न मन लाग्यो । माननीय मन्त्रीज्यू, हुन् त तपाईं माओवादीको नामले भन्दा पनि आफ्नै चरित्रले पतन भएको ब्यक्ति हो । उपचार गराउन आएकी आफ्नै साथीको श्रीमतीलाई जबर्जस्ती यौन शोषण गरेको घटना होस् या उनका श्रीमान्को हत्या गरेको आरोप होस्, घटना आजसम्म सेलाएको छैन । तथापी तपाईंलाई आज म प्रश्न गर्न गइरहेको छ । के दोष थियो शिक्षकको ? किन रेटियो उनको घाँटी ? त्यतिबेला किन दुखेन तपाईंको मन ? अनि कुन आधारमा आज गणतन्त्र हाम्रो माग हो भन्नुहुन्छ ? किन मारिए डेकेन्द्रहरू अनि कुन आधारमा प्रेस स्वतन्त्रताको नारा घन्काउनुहुन्छ ? आफ्नै कार्यकर्तालाई वेश्या बनाएर साँस्कृतिक क्रान्ति सम्पन्न गर्ने तपाईंहरू कुन आधारमा महिलाको अधिकारको पक्षमा बोल्नुहुन्छ ? साम्यवादी समाजको नाममा बाँदरमुडेमा सर्वसाधारण चढेको बसमा बम पड्काउँदा दुधे बालक, ८० बर्षीय वृद्धको मृत्युसँगै गर्ववती महिलाको पेटबाट बाहिर निस्केको भ्रुण देख्दा किन दुखेन माननीयज्यू तपाईंको मन ? किन झरेन माननीयज्यू तपाईंको आँसु ? नेवारले बाहुनको छोरी विवाह गरेकै भरमा एउटै परिवारको ३ जनाको विभिन्न रूपमा ज्यान लिँदा किन दुखेन तपाईंको मन माननीयज्यू ? कुन आधारमा जातीय समानताको भाषण गर्नुहुन्छ ? यस्ता निन्दनीय र क्रुर शैलीमा जनताको हत्या गर्दा नरोएको तपाईंको मन काल्पनिक कथामा गाई मरेको सिनले कसरी रोयो माननीयज्यू ? मलाई थाहा छ । सोच, चिन्तन र सिद्धान्तबाट च्युत भई लम्पट परेका ब्यक्तिबाट नैतिकताको आश राखिँदैन तर पनि बाध्य भएर मनमा उब्जेका केही भावना ब्यक्त गरेको छु । अन्तमा फेरि भन्छु १७ हजारको बलिदान प्रचण्ड, बाबुरामलगायत सिमित नेतालाई सत्ता र महलमा पु-याउनका लागि थियो । वर्गीय राजनीतिदेखि भागेर क्षेत्रीय र जातीय राजनीतिमा प्रवेश गर्न माओवादीले जनतालाई छल गरेर संघीयता भित्र्याएको हो भने लोकतान्त्रिक गणतन्त्र २१ जना विर सहिदको रगतले स्थापित ऐतिहासिक उपलब्धि हो । जनताको यस उपलब्धिलाई संस्थागत रूपमा स्थापित गरी नेपाली जनताको सम्मृद्धि र नेपालको दिगो विकासका लागि चाटुकार चरित्र, आँसुको प्रपञ्च, दलाली छोडेर नेपाली राजनीति, राष्ट्रिय मुद्दामा केन्द्रित हुनु देशको आवश्यकता र जनताको माग दुवै रहेको छ ।
Source : Dainik Nepal

यात्रामा वान्ता रोक्ने सजिला घरेलु उपाय

यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ । मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ । कसैलाई सवारी साधन जस्तैः– बस, ट्याक्सी, हवाईजहाज चढेको केही मिनेटमै सुरु हुन्छ भने कसैलाई घन्टौं पछि । मोसन सिकनेस भएमा यात्रा साह्ै कष्टकर हुन्छ । अतः आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी लिई राखौं । १. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ । २. ल्वाङ्ग : ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन । ३. जामुन : जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ । ४. आँप : काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्दछ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच वीचमा पिउने गर्नुपर्दछ । ५. सौंफ : सौंफले पनि वान्ता रोक्ने काम गर्दछ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि वान्ता हुँदैन । ६. अदुवा : रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि मोसन सिकनेस कम हुन्छ । यसैगरी फलफुलका रुपमा प्रयोग हुने दाडिम (अमिलो अनार), बयर, बिमिरो आदि यात्राका क्रममा पटक–पटक खाँदा पनि मोसन सिकनेस कम गर्न सकिन्छ । अथवा माथि भनिएका मध्ये मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक–पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ ।
- डा. जया सत्याल 

Social Anxiety Disorder

कहिले काहीं नयाँ नौलो मानिससंग बोल्दा वा नौलो ठाउँमा जाँदा मन आत्तिने, बोलाई हड़बढिने वा सभा समूहको अगाडी बोल्न अप्ठ्यारो हुने सामन्य नै हो l तर यहि मानिसको सामा...न्य बानी कसैलाई बिकार वा disorder वा रोगकै उपमा देखा पर्छ l जसले गर्दा धेरै मानिसहरु आँफु भन्दा कम शिक्षित र कम अनुभवीहरु आँफु भन्दा अगाडी गएको देख्दा देख्दै पनि जीवनमा पछि नै धकेलिन बाध्य हुन्छन् l उनीहरु केहि बोल्दा, प्रश्न गर्दा, घर बाहिर निस्कंदा, सभा समुहमा भाग लिन जाँदा मनमा सदैव "अरुले के भन्ला? म बोलें भने मेरो बेइजत हुन्छ, सबले मलाई हेर्छन्, म आत्तिन्छु, मैले केहि बिगार्न सक्छु, मेरा कारणले अरुलाई अप्ठ्यारो हुन्छ, मानिसले मलाई मुर्ख सम्झन्छन्, मैले यसो गरें भने मलाई मन पराउँदैनन् कि?, म आत्तिएँ र केहि गल्ति गरें भने? सबले मलाई हेर्नेछन्, मैले प्रश्न गर्दा मलाई नराम्रो दृष्टिले हेर्छन् कि ? म चुप लागे त भैगो नी, मैले सहिदीए त भैगो नी, फलानो रहेछ त्यहाँ भो म अहिले जान्न, मलाई के सम्झाला? ..........." जस्ता कुराहरु मनमा ल्याउँछन् l यदि तपाईंलाई पनि यस्तै हुन्छ भने तपाईंलाई Social Anxiety Disorder भएको हुन सक्छ l Social Anxiety Disorder सानै उमेर देखि सुरु हुन्छ l १०-१२ बर्षको उमेरमा यसका लक्षणहरु देखा परि सक्छन् l मैले आफ्ना बिरामीलाई उपचार गराएको अनुभवको आधारमा यहाँ लक्षणहरु mild-moderate र severe गरी दुई भागमा बिभाजन गरेको छुl
--यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला--
यदि तपाईंको Facebook friend list मा कोहि शिक्षक/ शिक्षिका हुनुहुन्छ भने कृपया यो पोष्ट tag गरिदिनुहोस् l
-------------------------
यो जन्मै देखि हुने समस्या हो l पछि गएर निकै ठुलो भए पछि यहाँ भने जस्तै समस्या देखिए ति अरु खाले anxiety disorder हुन् l यो व्यक्तिमा हुने सामान्य लजाउने समस्या होइन l
Mild/Moderate:
१. आँफु बिषयको बिज्ञ वा जानकार भएपनि कक्षा, समुह, बैठक आदि ठाउँमा अगाडी गएर बोल्न, मन्तब्य दिन नसक्ने l वा बाध्यता नभय सम्म अगाडी गएर नबोल्ने l बोल्दा मुटुको धड्कन निकै बढ्ने, अनुहार रातो हुने, अगाडी बसेकाको अनुहार प्रष्ट नदेख्ने, आँखा धमिलो हुने, लज्जित महशुस हुने आदि हुन्छ l
२. त्यस्तो कार्यक्रम वा ठाउँमा उठेर प्रश्न सोध्न नसक्ने (यिनीहरुले केहि नुबुझे बरु संगै बसेको अरुसंग सोधी राख्छन् तर हात उठाएर वा स्वर ठुलो पारेर बक्तालाई प्रश्न सोध्न सक्दैनन्)
३. सानै देखि निकै ज्ञानी, अति बिनम्र, रुखो नबोल्ने, अति सहनशील, चोट पिडा सहने तर जवाफ फर्काउन नखोज्ने, मित्रता वा सम्बन्ध जोगाउनको लागि आफुँ माथि भएको घृणा र दुर्ब्यबहार सहने र भैगो भन्ने खाले बानी हुने l (आज सम्म मैले सयौं यस्ता बिरामीको उपचार गरेको छु तर एक जनाले पनि कुनै ठुलो अपराध गरेको वा कानुन उल्लघन गरेको देखेको छैन l बरु उनीहरु नै साथीभाई, नातेदार र आँफुलाई काम कजाउने बाट भएको अन्याय सहेर बसेको भने निकै देखेको छु)
४. स्कुल-कलेज, टोल-छिमेकमा वा काममा नेतृत्व गर्ने खालको पद लिन नखोज्ने (यिनीहरु बरु कम बोनस र तलब मै चित्त बुझाउँछन् तर योग्यता, पढाई, सिप र अनुभव भएपनि सुपरभाइजर वा म्यानेजरको पद लिन तम्सदैनन्)
५. भोज, सार्बजनिक सभा, वा भेटघाट कार्यक्रममा Center of Attraction बन्न खोज्दैनन् l मुख्य अतिथि बन्न खोज्दैनन् l
६. लामो समयसम्म चिनजान साथी भाई र नाता गोतासंग भने राम्रैसंग छलफल र रमाइलो गर्न सक्छन् l प्रेमी प्रेमिका बनाउन सक्छन् l दुई वा तीन जना नौलो मानिसहरु संग पनि बोल्न सक्छन् l तर चार- पांचजना नौलो मान्छे पुगेपछि मुटुको धड्कन बढ्न थाल्छ, अनुहार रातो हुन थाल्छन्, मन्द शरीर काँप्न थाल्छन्, हड़बडाउन थाल्छन्, लामो समय कुरा गर्न सक्दैनन् l
Severe:
१. एक्लै बाहिर किनमेल गर्न जान नसक्नु l एक्लै होटल वा रेस्टुरेन्टमा गएर बसेर खान नसक्नु l (यिनीहरु यदि अरुसंग गएको भए कुनामा गएर बस्छन् र अरुले जे अडर गर्यो त्यहि किनेर खान्छन्)
२. सार्बजनिक सौचालय प्रयोग गर्न नसक्नु (बाहिर सौचालय जानु पर्छ भनेर बरु पानी कम खाएर, मुख सुकाएर बस्छन् )
३. भोज भतेरमा एक्लै कहिल्यै जाँदैनन् l अरुसंग गए भने एक्लै गएर थपेर खाँदैनन् l वा आँफैले घरमा कार्यक्रम बनाएर अरुलाई निमन्त्रणा गर्न सक्दैनन् l
४. बैठक वा समारोह आदिमा सकेसम्म जाँदैनन् तर यदि बाध्यकारी भय अरु भन्दा निकै चांडो पुग्छन् l कार्यक्रम सुरु भैसकेको एक मिनेट मात्र पनि भएको भय र सिटमा मानिसहरु बसिसकेको भए बिचमा जान डराउँछन् बरु फर्केर जान्छन् l
५. चाड पर्व, मेला, भेट घाट आदिमा घरबाट बाहिर निस्कन नपरोस भनेर अनेकौं प्रयास गर्छन् l जानै पर्ने बाध्यता भयो भने मन आत्तिएर यता उता हिंडीरहन्छन्, राम्रो संग सुत्न सक्दैनन्, पटक पटक पिसाब फेर्न जान्छन् l यस्तो बानी घरबाट निस्कनु भन्दा केहि दिन अघि वा केहि घण्टा अघि देखि हुन्छ l
६. प्रेमी प्रेमिका बनाउन सक्दैनन् l date गर्न सक्दैनन् l आफ्नै नजिकका नातेदार र एउटै स्कुल वा कक्षाका सबै साथीहरु संग बोल्न पनि डराउँछन् l
उपचार :
Mild-moderate Social Anxiety Disorder भएको व्यक्ति आँफैले निकै मेहेनत गरेर आफ्ना लक्षणहरु लुकाउन सफल हुन्छन् l यिनीहरुलाई सामान्य व्यक्तिलाई भन्दा बढी तनाब भएपनि परेको खण्डमा नयाँ मानिसका समुहको अगाडी बोल्ने, भेट्ने आदि काम गर्न सक्छन् l तर यिनीहरुले सोहि कुरा गर्न सामान्य व्यक्ति भन्दा २-३ गुना बढी तयारी गर्नुपर्छ l यिनीहरु आँफु १००% सत्य भएको निश्चित नभई कसै संग केहि कुरामा बादबिबादमा तानिन खोज्दैनन् l वा प्राय मध्य मार्गिको भूमिकामा रहन्छन् l आज सम्म मैले सयौं यस्ता बिरामीको उपचार गरेको छु तर एक जनाले पनि कुनै ठुलो अपराध गरेको वा कानुन उल्लघन गरेको देखेको छैन l बरु उनीहरु नै साथीभाई, नातेदार र आँफुलाई काम कजाउने बाट भएको अन्याय सहेर बसेको भने निकै देखेको छु l ५-६ पटकको थेरापीले यिनीहरुलाई आफ्नो सोंचाई र बानी परिवर्तन गर्न निकै मद्दत पुग्छ l यदि तपाईं (mild-moderate) Social Anxiety Disorder का कारण आँफु जीवनमा पछाडी परेको जस्तो लाग्छ र थेरापी बिना आँफै बानी र सोंचाई परिवर्तन गर्न सक्दिन जस्तो लागेको छ भने psychiatrist वा psychotherapist को मा जानुहोस् l
Severe को हकमा उनीहरुलाई अनिवार्य महिनौं-बर्षौं थेरापीको अवाश्येक पर्छ l कसै कसैलाई औषधि पनि चाहीन सक्छ l यी समुहमा पर्नेले समाजमा घुलमिल हुन र काम गर्न रक्सि वा अन्य लागुपदार्थको सहयोग लिने धेरै हुन्छन् l यो समुहकालाई औषधि र थेरापी दुवै चाहिन सक्ने हुँदा psychiatrist बाट नै दुवैको सुबिधा एकै पटक लिन राम्रो हुन्छ l

Source: Talk to Kalyan FB

Mar 21, 2016

दुबईमा ‘घरेलु कामदार’ बनाइन्छ नेपाली नर्सलाई’


फ्रि टिकट, फ्रि भिषा !

नर्सका लागि प्रति महिनाको कमाइ नेपाली ८४ हजारसम्म ।

एकदिन पत्रिका हेर्दै गर्दा यही बिज्ञापनमा आँखा गयो । नर्सका लागि दुबईमा रहेको अवसर थियो यो । राम्रै अवसर र राम्रै कमाइ रहेछ भन्ने लाग्यो । त्यहाँ उल्लेखित क्राइट एरिया मिट गर्न पनि सक्ने भएकाले विज्ञापन गर्ने म्यानपावर एनसिएफ इम्प्लोइमेन्टको अफिसमा पुगेँ । माग रोचेस्टर वेलनेस दुबईका लागि रहेछ । मैले अप्लाइ गरेँ ।

पहिलो अन्तर्वार्ता भारतीय नागरिकले लियो । मैले कामबारे सोध्दा उसले अस्पतालको आइसियु र अपरेटिभ वार्डमा काम गर्नुपर्छ भनेको थियो । दोस्रो अन्तर्वार्ता स्काइपमा दुबईबाट रोचेस्टर वेलनेसकी हेड नर्स बताउनेले लिएकी थिइन् । कामको समयअवधि सुविधा बारे सोध्दा उनले ८ घण्टा काम र ओभरटाइम गर्नुपर्दा भत्ता पाउने बताइन् ।

तेस्रो अन्तर्वार्ता काठमाडौं आएर करिम भन्ने अरबियनले लिएका थिए । छनोटका लागि त्यो अन्तिम चरणको अन्तवार्ता थियो । मैले नेपाली दिदिबहिनी खाडी मुलुकमा विभिन्न समस्या भोगिरहेको सुनेकी थिएँ । नर्समाथि त्यस्तो नहोला भन्ने मनमा त थियो तर नसोधी रहन सकिनँ । ‘दुबईमा महिलामाथि विभिन्न प्रकारका दुव्र्यवहार हुन्छन् भन्ने सुनेकी छु । हामीमाथि त्यस्तो त हुँदैन नि,’ मैले सोधेँ । उनको उत्तर थियो, ‘कुनै दुव्र्यवहार हुँदैन, भयो भने दुबईमा नेपाली नर्सले नै मावनसंसाधन हेर्ने भएकाले उनीहरुलाई भने भैहाल्छ ।’




हामीभन्दा अघि ८ जना नेपाली नर्स दुबइ गइसकेका रहेछन् । दोस्रो लटमा हामी ६ जना थियौं । निःशुल्क भिषा भनेपनि हामीसँग मेनपावर कम्पनीले १ लाख २५ हजार लिएको थियो । हामीलाई ४० हजार मात्र तिरेको भन्न लगायो । हामीले ४० हजार मात्र दिएको भन्न लगाएर भिडियो पनि सुट गरेको थियो । सुरुको अन्तर्वार्तामा ५० हजार लियो र भिषा आएपछि ७५ हजार लियो । रोचेस्टर वेलनेस र मेनपावर कम्पनी मिलेर पैसा खाँदा रहेछन् । कमाइ राम्रै हुने आशाले यस्ता कुरामा धेरै सोधखोज गरेनौं ।

त्यहाँ पुगेपछि रोचेस्टर वेलनेस रिह्यावमा दुई दिन प्रशिक्षण भयो र एक हप्ता त्यहीँ काम गर्न भन्यो ।

दुबईका अस्पतालमा काम गर्ने सपना त्यतिखेर तुहियो जब त्यहाँ काम गर्न दुबई हेल्थ अथोरिटी र स्वास्थ्य मन्त्रालयबाट लाइसेन्स लिनुपर्ने रहेछ । जुन हामीलाई पहिले भनिएकै थिएन । लाइसेन्स नभएकाहरुले अस्पतालमा काम गर्न नपाइने रहेछ ।

मलाई रोचेस्टर वेलनेसले एक हप्तापछि केयर टेकरको काम गर्न बिरामीको घरमा पठायो । दुबईमा आइसियुसम्मका बिरामीलाई पनि घरमै राख्दा रहेछन् । हामीलाई यहाँबाट जाने बेला यस्तो कामको बारेमा केही बताइएको थिएन । रोचेस्टर वेलनेसमा १५ जना नेपाली नर्स थियौं । त्यहाँ म गएको १५ दिन पनि भएको थिएन तर एक वर्ष भयो आएको भन्न लगाए ।

उनीहरुले हामीलाई नर्स होइन, नोकर ठान्दा रहेछन् । उनीहरुले बिरामी हेर्नुका साथै खाना पकाउने, लुगा धुने र घर सफा गर्ने जस्ता काम पनि लगाउने रहेछन् । जुन काम नर्सको होइन ।

घरमा रहेको बिरामी हेरेपनि अस्पतालमा हेरेपनि जानेको काम गर्ने नै हो भनेर काम थालियो । जब बिरामीको घरमा गइयो । बल्ल थाहा पाइयो

। उनीहरुले हामीलाई नर्स होइन, नोकर ठान्दा रहेछन् । उनीहरुले बिरामी हेर्नुका साथै खाना पकाउने, लुगा धुने र घर सफा गर्ने जस्ता काम पनि लगाउने रहेछन् । जुन काम नर्सको होइन । त्यसैले यसको बिरोध गरिने नै भइयो । पराइको देशमा एउटी चेलीको विरोध कसले सुन्छ ? बरु सेवा गर्न पुगेको नर्सलाई उनीहरुले किनेको ठान्दा रहेछन् । उनीहरुले भनेको काम गर्दिनँ भन्यो भने पिट्ने, मुखमा थुकिदिनेसम्म गर्छन् । कम्पनीले भनेको ८ घन्टा होइन, काम त २४सै घन्टा रहेछ । खाना पनि पेट भरी खान दिइन्न । २० औं दिनसम्म घर बाहिर निस्किन दिइन्न । भित्रको भित्रै रहेर काम गर्नुपर्छ । यस्तो काम पहिल्यै भनिएको भए गइन्नथ्यो होला । त्यही भएर मैले काम दिलाउने संस्था रोचेस्टर वेलनेसमा कम्प्लेन गरें । तर, उनीहरु मेरो कुरा सुन्न तयार नै भएनन् । उनीहरुले त लालचको जाल फ्याँकेर हामीलाई आफ्नो कब्जामा लिएका रहेछन् । उनीहरुलाई यस्तो हुन्छ भन्ने त पहिल्यै थाहा थियो । नपर्नु जालमा फसिसकियो र नपाउनु दुःख पाइसकियो केही समय सहेरै काम गरौं भन्दा पनि नसकिने भयो । किनभने मेडिकल उपकरण बिग्रिएपनि त्यसको दोष हामीलाई नै लगाइन्थ्यो । अरु मानसिक तनाव झेल्नुपथ्र्याे । २४ सै घण्टा बिरामीको सेवामा रहेपनि पैसा भने ८ घण्टाको मात्र दिन्थे । कति घरमा त यौन दुव्र्यवहार पनि हुन्थ्यो । बिरामीको टेककेयर गर्न गएको घरका पुरुषले मौका मिल्यो कि संवेदनशील अंग छुन खोजिहाल्थे । जब मैले यी कुराको अफिसमा कम्प्लेन गरँे । मलाई त कामबाट हटाउने भएछन् । मैले अस्पतालमा काम गर्न आएकाले घरमा यस्ता नानाथरी झेलेर काम गर्न सकिदैन पनि भनिसकेकी थिएँ ।

नेपाली नर्सलाई यसरी फसाउनमा विदेशीको मात्रै हात हुँदैन । नेपालीहरु नै नेपालीलाई फसाउछन् र ठग्छन् । जुन नेपाली नर्स ती कम्पनीका लागि एचआरका रुपमा काम गरिरहेका हुन्छन् । तीनीहरु पैसामा बिकेर हाम्रा कुरा होइन, कम्पनीको कुरा सुन्छन् ।

नेपालमा नर्सहरु बेरोजगार छन् । रोजगारमा रहेकालाई पनि राम्रो सुविधा छैन । त्यसैले अहिले नर्सहरुलाई दुबईमा राम्रो अवसर छ भनेर फसाउन थालिएको छ । मलाई त ‘घरेलु कामदार र नर्स’ दुईटैको काम एउटै गर्ने गरी कम्पनीले आफ्ना सेवाग्राहीसँग ‘डिल’ गर्छन् जस्तो लाग्छ ।

नेपालमा नर्सहरु बेरोजगार छन् । रोजगारमा रहेकालाई पनि राम्रो सुविधा छैन । त्यसैले अहिले नर्सहरुलाई दुबईमा राम्रो अवसर छ भनेर फसाउन थालिएको छ । मलाई त ‘घरेलु कामदार र नर्स’ दुईटैको काम एउटै गर्ने गरी कम्पनीले आफ्ना सेवाग्राहीसँग ‘डिल’ गर्छन् जस्तो लाग्छ ।

म्यानपावरले ग्राण्डी अस्पतालका नर्सलाई प्राथमिकता दिने रहेछन् । सोही अस्पतालमा काम गर्ने नर्सलाई ल्याएर अन्तर्वार्ता लिन लगाउँछन् । नेपाली नर्सले नै कन्भिन्स्ड गरेर राम्रो हुन्छ भनेपछि विश्वास नगर्ने कुरै भएन ।

म दुई महिना दुबई बसेँ । डेढ महिना त रोएरै बिताएँ । धेरै तनाव भएपछि नेपाल फर्किएँ । म यसकारण मेरा अनुभव सुनाइरहेकी छु कि मेनपावर र तिनीहरुको एजेण्टका चिल्ला कुरामा अल्झिएर कुनै नर्सले दुःख नपाउन् । राम्रो कमाउने आशामा त्यहाँ पुग्दा झण्डै सर्वस्व गुमाइएन । आफूलाई चित्त नबुझेका कुरा बोल्न सक्ने, धेरै कुरा बुझ्न सक्ने ठान्ने म त यसरी फसेँ भने सोझा नेपाली दिदिबहिनीहरुको हालत के होला ?

‘आफूले पाएका दुःख अरुसँग भनिस् भने जेल हाल्दिन्छु’ भन्नेसम्मका धम्कि आएका छन् । अहिले जति नेपाली नर्स दुबईमा छन्, उनीहरुको अवस्थामा मैले भोगेको भन्दा फरक नहोला जस्तो लाग्छ ।

(दुबईबाट फर्किएकी यी नर्सको आग्रहमा नाम गोप्य राखिएको छ । सं.)

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...