ads

Mar 6, 2016

अस्पतालमा शिशु किन-बेच | छोरा र छोरीको रेट कति रहेछ ?

लहानको लवकुश अस्पतालमा प्रहरीले छापा मारेर नवजात शिशु किन्ने महिलासहित दुई नर्सलाई पक्राउ गरेको छ। अबैध सम्बन्धबाट जन्मेको बच्चा काख लिने सप्तरी फत्तेपुर १ का दिल कुमारी चौधरी, लवकुश अस्पतालका अनमी शिवकुमारी चौधरी र सिएमए उषा चौधरीलाई लहान प्रहरीले पक्राउ गरेको हो।शनिबार विहान अस्पतालमा बच्चालाई जन्म दिएकी महिलाले अस्पतालमै बच्चा जिम्मा लगाएर दिल कुमारीलाई बेचेको सूचना पाएर लहान प्रहरीका डिएसपि उमा प्रसाद चतुर्वेदीसहितको प्रहरी टोली अस्पताल पुगेको थियो। शिशुसहित अस्पतालमा लुकि बसेको अवस्थामा दिलकुमारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए।‘अस्पतालसँग डेलिभरी रेकर्ड माग्दा महिला र बच्चा अस्पतालमा नभएको बताएपछि तलासी गर्दै जाँदा दोस्रो तल्लाको अँध्यारो कोठामा दिलकुमारी बच्चा काखमा लिएर लुकि बसेको फेला परेको थियो’ डिएसपि चतुर्वेदीले नागरिकसँग भने, ‘दिलकुमारीले बच्चा आफ्नो नभई अस्पतालबाट प्राप्त गरेको बताईन्।’ त्यसपछि नर्सहरुसँग सोधपुछ गर्दै जाँदा अर्कै महिलाको कोखबाट उक्त बच्चा जन्मेको र उनी अस्पताललाई बच्चा दिएर गएको खुलेको हो।तीन वर्ष अघि बैवाहिक बन्धनमा बाँधिएकी दिलकुमारीका अनुसार आफूलाई चिकित्सकले बच्चा नहुने भनेको बताएकी छिन्।यो अस्पतालमा शिशु (स्त्री) साढे २ लाखदेखि चार लाख र पुरूष शिशुको ५ देखि १० लाखमा बच्चा नहुने दम्पतिलाई बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यहाँबाट बच्चा नेपाली र भारतीय दम्पति जसको कोख खाली छ उनलाई बेच्ने गरेको प्रहरीको खुलेको हो।लवकुशको बच्चा बेच्ने धन्दा खुलासा भएपछि लहान प्रहरीले यस क्षेत्रका अस्पतालहरुमा निगरानी बढाएको छ।फरार अस्पताल संचालक र बच्चा जन्म दिने महिलाको खोजतलास तीब्र पारिएको डिएसपि चतुर्वेदीले बताए। 

Mar 5, 2016

नेपालीहरुको औसत आयु अब ७० वर्ष, नेपाल दश उत्कृष्ठ देशहरुको सुचीमा

ब्रिटेनबाट प्रकाशित हुने एउटा प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित अध्ययनले पछिल्ला दुई दशकमा नेपालीहरुको औसत आयु १२ वर्षले बढेर ७० वर्षभन्दा बढी पुगेको देखाएको छ। झण्डै १ सय ९० वटा देशमा गरिएको उक्त अध्ययनले नेपालले प्राप्त गरेको सफलतालाई विश्वको १० उत्कृष्ट उपलब्धी मध्येमा राखेको छ। विगतमा क्षयरोग र निमोनिया लगायत संक्रामक रोगका कारण धेरै नेपालीहरुको ज्यान जान गरेपनि पछिल्ला वर्षमा मुटु र स्वासप्रश्वास लगायत रोगहरुले बढी मानिसहरु मर्न थालेको उक्त अनुसन्धानको निष्कर्ष छ। ल्यानसेट जर्नलमा प्रकाशित भएको उक्त अध्ययनले सन् २०१३ मा जन्मने नेपाली महिलाहरुको औसत आयु ७२ वर्ष र पुरुषहरुको औसत आयु ६९ वर्ष रहने देखाएको हो। गएको २३ वर्षको आँकडा हेर्दा संसारमा लगभग ६ वर्षले औसत आयु बढेको छ, नेपालमा त्यसको दोब्बर अर्थात १२ वर्षले औसत आयु बढेकोले नेपाल दश उत्कृष्ठ देशहरुको सुचीमा परेको हो । सन् १९९० यताका दुई दशकमा औसत आयु १२ वर्षले बढाएर विश्वमै ठूलो फड्को मारेको अध्ययनमा उल्लेख गरिएको छ। उक्त अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ ओस्लोको इन्स्टिच्युट अफ क्लिनिकल मेडिसिनका वैज्ञानिक सुदनप्रसाद न्यौपानेले भने, ूगएको २३ वर्षको आँकडा हेर्दा संसारमा लगभग ६ वर्षले औसत आयु बढेको छ, नेपालमा त्यसको दोब्बर अर्थात १२ वर्षले औसत आयु बढेकोले नेपाल दश उत्कृष्ट देशहरुको सूचीमा परेको हो।” स्वास्थ, शिक्षामा बढेको पहुँचसँगै बाल तथा महिला मृत्युदर तथा संक्रामक रोगका कारण हुने मानवीय क्षति न्युनिकरण गर्न हात परेको सफलतालाई नेपालीहरुको औसत आयुमा उल्लेखनीय रुपमा सुधार हुनुको कारणका रुपमा लिईएको छ। स्वास्थ्य मन्त्रालयको तंथ्याक अनुसार अहिले नेपालमा पुरुषको औसत आयु साढे ६८ वर्ष र महिलाको साढे ७१ वर्ष रहेको छ। जसले गर्दा मानव विकास सुचाकाङ्कको पुछारमा रहेका कर्णालीका जिल्लाहरुमा समेत औसत आयु अघिल्लो दशक भन्दा ६र७ वर्षले बढेर ५४ को हाराहारीमा पुगेको स्वास्थ मन्त्रालयको भनाई छ। सन् १९९० मा नेपालमा मृत्युको प्रमुख कारण झाडापखाला र निमोनिया रहेकोमा २०१३ सम्म आइपुग्दा ती रोगहरुका कारण हुने मृत्यु क्रमशः ७५ प्रतिशत र ६५ प्रतिशतले घटेको अध्ययनले उल्लेख गरेको छ। उक्त अध्ययनले नेपालमा मात्र नभई विश्वमा नै संक्रमणभन्दा पनि जीवनशैलीका कारण लाग्ने मुटुसम्बन्धी रोगहरु, मस्तिष्कघात र श्वासप्रश्वाससम्बन्धी रोगहरु कारण अहिले बढी मानिसहरुको मृत्यु हुने गरेको देखाएको छ। – बिबिसी

Mar 2, 2016

अवैध हुण्डीको कारोवार गर्ने पक्राउ :

काठमाडौं, १९ फागुन
अवैधरुपमा हुण्डीको कारोबार गर्ने गोगंबु बस्ने बाग्लुङ नगरपालिका –२ घर भएका ३० वर्षीय न्यु पायल ईम्पेक्सका लेखापाल भिमसेन शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३० महाबौद्धमा पवन जमलियाले संचालन गरेको न्यु पायल ईम्पेक्समा नेपाल राष्ट्र बैंक विनियमावली विपरीत शंकासपद रुपमा हुण्डी मार्फत कारोवार गरी राजस्व छली गरी ठूलो परिमाणको रकम राख्ने गरेको सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको... टोलीले फागुन १७ गते ईम्पेक्समा खानतलासी गर्दा नगद ४७ लाख रुपैयाँ र बिभिन्न बैंकको चेक तथा भौचरहरु समेत फेला परेको थियो ।
प्रहरीले शर्मालाई राजस्व छलीतर्फ आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजस्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुरमा पठाएको छ ।

‘चरित्रहिन’ महिलाले घरमा बोलाएपछि बुद्धले यस्तो भने, जसले सबै पुरुषको शीर झुक्यो !

महामानव गौतम बुद्ध र उनले प्राप्त गरेको ज्ञानका अनुयायी विश्वभर छन् । विश्वले शान्तिका अग्रदूत मान्ने गौतम बुद्धसँग जोडिएका कैयन यस्ता प्रसंग छन्, जसको चर्चा सर्वत्र हुने गर्दछ ।
यस्तै एक प्रसंग यहाँ प्रस्तुत गरिएको छ । जसले तपाईंलाई एउटा यथार्थ जानकारी गराउँछ, अतुल्य ज्ञान दिन्छ ।
सिद्धार्थ गौतम राजशी शाक्य खानदान छोडेर पहेँलो बस्त्र धारण गरी ज्ञान प्राप्ती र त्यसलाई संसारभर बाँढ्ने अभियानमा थिए । त्यसैक्रममा उनको भेट एक महिलासँग भयो । जसलाई गाउँमा चरित्रहिन भनिन्थ्यो ।
Gautam Budhdha
ति महिलाले गौतम बुद्धसँग सोधिन, ‘तपाईं त कुनै राजकुमारजस्तो देखिनुहुन्छ, किन यस्तो युवावस्थामै पहेँलो बस्त्र धारण गर्नुभएको ?’
आफ्नो सन्यासबारे ति महिलाले प्रश्न सोधेपछि बुद्धले शालीनताका साथ जवाफ दिए, ‘मैले तीनवटा प्रश्नको जवाफ खोज्नको लागि सन्यास लिएको हुँ । अहिले हाम्रो शरीर युवा अनि आकर्षक छ, यो विस्तारै बुढो हुन्छ, बिरामी हुन्छ, अन्तत: मृत्युवरण गर्छ । म यो वृद्धावस्था, बिमारी र मृत्युको कारण जान चाहन्छु ।’
बुद्धको कुरा सुनेर ति महिला निकै प्रभावित भइन्, अनि उनलाई बेलुकाको खाना आफ्नो घरमा खानका लागि निम्तो दिइन् । बुद्धले पनि उनको निम्तो स्वीकारे, तत्काल गाउँबासीलाई यो कुरा थाहा भयो । उनीहरुले ति महिला चरित्रहिन रहेकाले उनको घरमा नजान आग्रह गरे ।
गाउँबासीको यस्तो आग्रह सुनेपछि बुद्धले गाउँका मुखियालाई बोलाएर ‘गाउँबासीले भनेको कुरा सत्य हो ?’ भनि सोधे । मुखियाले पनि गाउँलेको कुरामा सहमति जनाए अनि उनलाई ति महिलाकोमा नजान भने ।
तब बुद्धले ति मुखियाको एक हात समाते अनि भने, ‘ल ताली बजाऊ !’ मुखियाले भने, ‘यो कसरी सम्भव हुनसक्छ, एउटा हात तपाईंले समात्नु भएको छ, एक हातले तालीबज्न असम्भव छ ।’
त्यसपछि बुद्धले भने, ‘त्यसोभए एक्ली स्त्री कसरी चरित्रहिन हुन सक्छिन् ? गाउँका सबै पुरुष चरित्रवान भएको भए ति स्त्री चरित्रहिन हुने नै थिइनन् ।’ बुद्धको कुरा सुनेपछि सबैको आँखा खुल्यो । गाउँका सबै पुरुषहरुले लाजले शीर झुकाए ।
हाम्रो समाज पुरुष प्रधान छ, हामी महिलालाई मात्रै चरित्रहिन मान्छौं । कोही चरित्रहिन हुनुमा महिला र पुरुष दुवैको बराबर हात हुन्छ, भन्ने कुरा बुद्धको यो महान सन्देशबाट पनि प्रष्ट हुन्छ ।

Feb 28, 2016

अब बाबुआमाको सम्पत्ति छोराछोरीले नपाउने : नयाँ कानुनी व्यवस्था

बाबुआमाका पुग्दो सम्पत्ति छँदैछ मलाई केको चिन्ता’ भन्ने सोच राख्नुभएको छ भने अब त्यस्तो सोच परिवर्तन गर्नूस् र आत्मनिर्भर बन्नूस् । अंशको हक दाबी गर्ने परनिर्भरताको यो हक अब विस्थापनको सङ्घारमा आइपुगेको छ ।व्यवस्थापिका–संसद्मा विचाराधीन मुलुकी ऐन, २०२० लाई प्रतिस्थापन गर्न बनेको देवानी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयकले बाबुआमाबाट अंश पाउने हकलाई प्रतिस्थापन गरी इच्छापत्रमा परिणत गर्न लागेकाले छोरा वा छोरीले अंशमा हक दाबी गर्न नपाउने र बाबुआमाले पनि अंश दिन कर नलाग्ने गरी नयाँ कानुनी व्यवस्थाको सुरुवात हुन लागेको हो ।तर २१ वर्ष पूरा भएका छोराछोरी अपाङ्ग भए वा कुनै पनि रोजगारी नपाएमा भने कुल सम्पत्तिको एक चौथाइ भाग त्यस्ता छोराछोरीलाई दिनुपर्ने प्रावधान भने विधेयकमा सुरक्षित गरिएको छ ।अंशबन्डाले पारिवारिक जीवनलाई धेरै जटिल बनाएकाले अब पैतृक सम्पत्तिमा आश्रित हुनुभन्दा आत्मनिर्भर बनी आफ्नै पौरखमा बाँच्नका लागि सङ्घर्ष गर्नुपर्ने विधेयकको मनसाय हो ।मस्यौदा कार्यदलका संयोजक रहनुभएका पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्षले खिलराज रेग्मीले भने – “अंशबन्डाले बाबु–छोरा तथा दाजु–भाइबीच रिसराग बढ्नुका साथै मुद्दा मामिला हुने र मुद्दामा दुवै पक्षको सम्पत्तिसमेत खर्च हुने भएकाले इच्छापत्रको व्यवस्था गरिएको हो ।”युरोप, अमेरिका, जापान, फिलिपिन्स, भारतलगायत अन्य मुलुकमा रहेको सम्पत्तिसम्बन्धी कानुनी व्यवस्थाको अध्ययन गरी तयार पारिएको यो मस्यौदामा जीवनको उत्तराद्र्धमा बाबुआमा परनिर्भर हुन नपर्ने, परिवारभित्र सम्पत्ति कुम्ल्याउने प्रतिस्पर्धाभन्दा स्वच्छ प्रतिस्पर्धाको विकास हुने, कृषियोग्य जग्गाजमिनको खण्डीकरण रोकी चक्लाबन्दी हुने र कृषि प्रणालीमा पनि टेवा पुग्ने अवधारणाको विकास गरिएको उहाँको भनाइ छ ।बाबुआमाले छोराछोरीका लागि सम्पत्ति थुपार्ने चाहनाले अनियमितता पनि गर्ने हिजोआजको प्रवृत्तिमा पनि सुधार आउने देख्छन, तत्कालीन कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको सचिव तथा नेपाल कानुन आयोगका उपाध्यक्ष भेषराज शर्मा ।सो विधेयकको परिच्छेद ११ को दफा २४२ मा १८ वर्ष उमेर पूरा भई होश ठेगाना रहेको कुनै पनि व्यक्तिले आफ्नो हकभोगको सम्पत्ति आफ्नो मृत्युपछि अर्को व्यक्तिको हकभोग र स्वामित्वमा हस्तान्तरण हुने गरी एकतर्फीरुपमा इच्छापत्रको लिखत गरिदिन सक्ने व्यवस्था छ ।तर, अहिले प्रचलनमा रहेको मुलुकी ऐन अंशबन्डाको महलको दफा १ मा भने अंशबन्डा गर्दा बाबु, आमा, श्रीमती र छोराछोरीको जियजियैको अंश गर्नुपर्छ । सोही महलको दफा २ मा दफा १ बमोजिम अंशबन्डा गर्दा सबैको बराबर अंश गर्नुपर्ने व्यवस्था छ ।इच्छापत्र कहिले लागू हुने ?मुलुकी ऐनलाई प्रतिस्थापन गर्न पेस भएका पाँचवटा विधेयक प्रमाणीकरण भएको एक वर्षपछि मात्र लागू हुने प्रस्ताव गरिएकामा सम्पत्तिमा इच्छापत्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले १० वर्ष पछि मात्र लागू गर्ने प्रस्ताव गरेको छ तर विधेयकका मस्यौदाकारले भने १६ वर्षपछि मात्र लागू गर्ने प्रस्ताव गरेका थिए ।“यो नितान्त नौलो व्यवस्था भएको र हामो सामाजिक संरचनाले यस्तो प्रकारको कानुनी व्यवस्थालाई तत्काल स्वीकार गर्न नसक्ने भएकाले परिवर्तित कानुनप्रति समाजलाई अभ्यस्त तुल्याउनका लागि लामो समय राखिएको हो”–उपाध्यक्ष शर्माले भने ।संसद्को विधायन समितिले छलफलका क्रममा यो व्यवस्थालाई १८ वर्ष पुर्‍याउनुपर्ने प्रस्ताव गरेको छ । एउटा व्यक्ति जन्मेदेखि नै आफू परनिर्भर होइन आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यताको विकास गराउन र १८ वर्षपछि मात्र आफ्नो सम्पत्तिमा हक दाबी गर्नसक्ने भएकाले आफूले आफ्नो पौरखमा बाँच्नुपर्छ भन्ने मनस्थितिको विकास गराउन १८ वर्षको अवधि प्रस्ताव गरिएको भनाइ विधायन समितिका सदस्य रहनुभएका सांसदत्रय कर्णबहादुर थापा, रामनारायण बिडारी र प्रतीक्षाकुमारी मुखियाको छ ।विधेयकका मस्यौदाकार रेग्मीले भने – “१६ वर्षमा व्यक्तिले नागरिकताको प्रमाणपत्र पाउने भएकाले १६ वर्षको अवधि कायम गरिएको हो ।” एउटा पुस्ताले कमाउने तर पछिल्ला १० पुस्तासम्म पनि पुख्र्यौली सम्पत्तिका कारण आत्मनिर्भर बन्न नचाहने र पछिल्ला पुस्ताका लागि कमाइदिनका लागि पनि पितापुर्खामा लोभ जाग्ने स्थिति अन्त्य गर्न पनि इच्छापत्रको व्यवस्था सहज हुने सांसद थापाको भनाइ छ ।इच्छापत्रले अंशमा छोरीको समान हक कुण्ठित हुनेइच्छापत्रको व्यवस्थाले वंशजको आधारमा छोरीले पनि अंशमा पाउने समान हक कुण्ठित हुने आशङ्का बढेको छ । मुलुकी ऐन अंशबन्डा महलको दफा १६ मा ३५ वर्ष उमेर पुगेकी तर विवाह नगरेकी छोरीले छोरासरह अंश पाउने व्यवस्था भएकामा महिला अधिकारवादीले छोरासरह समान हक कायम गराउन दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले २०५२ मा छोराछोरी दुवैले समान हक पाउने निर्णय गरेको २० वर्ष भयो । इच्छापत्रले अब सो हक कुण्ठित हुने स्थितिमा पुगेको छ ।महिला अधिकारकर्मी तथा वरिष्ठ अधिवक्ता मीरा ढुङ्गाना भन्छिन्–“पितृसत्तात्मक मुलुकमा इच्छापत्र गर्दा छोरालाई प्राथमिकता दिने हुँदा छोरी विभेदको सिकार हुन सक्छन् ।” उहाँ थप्नुहुन्छ – “नेपाली समाज सचेत नभएसम्म यो व्ययस्था लागू गर्न हुँदैन ।”इच्छापत्र कार्यान्वयनको चुनौतीअंशमा इच्छापत्र नेपालका लागि नितान्त नौलो व्यवस्था भएकाले नेपाली समाज यसप्रति अभ्यस्त नभएका कारण कार्यान्वयनमा चुनौतीको सामना गर्नुपर्ने आशङ्का बढेको छ ।सो विधेयकका मस्यौदाकार रेग्मीले भने– “एउटा संरचनामा रहेका समाजलाई अर्को संरचनामा बदल्न समस्या नआउने होइन । यो व्यवस्थाले परिवार र समाज मात्र होइन देशकै आर्थिक विकासमा टेवा पु¥याउने भएकाले समाजलाई जागरुक गराउन लामो अवधिपछि कार्यान्वयन गराउने व्यवस्था गरिएको हो । त्यसैले यस्ता विषयलाई देशभर अभियानका रुपमा प्रचारप्रसार गराउनुपर्छ ।“सांसद थापाले भने इच्छापत्रलगायत देवानी तथा फैज्दारी संहितका सबै विषयमा समितिमा छलफलपछि जनतामाझ जाने र सबैको रायसुझावबमोजिम पुनः समितिमा छलफल गराएर संसद्मा पेस गर्ने प्रस्ताव गर्नुपर्ने बताए । 

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...