ads

Feb 22, 2016

लामखुट्टेले हैरान बनायो ? यहाँ छन् लामखुट्टे भगाउने सरल उपाय

लौ पानी पर्यो ! गर्मी बढ्यो, अब लामखुट्टेले टोक्ने भए अनि डेंगु वा मलेरिया लाग्नेभयो भनेर डराउनु भए...को छ । नआत्तिनुहोस् ! अब सजिलै लामखुट्टेबाट छुटकारा पाउन सक्नुहुन्छ । केही प्राकृतिक उपायहरु अपनाएर लामखुट्टेलाई भगाउन सक्नुहुन्छ ।
कपुर र पानी
कपुर र पानी प्रयोग गरेर लामखुट्टे भगाउन सक्नुहुन्छ जसका लागि दुई टुक्रा कपुर एक चौथाई कप पानीमा हाल्नु भयो भने जादूझै लामखुट्टे भगाउन सक्नुहुन्छ । र यदि उक्त पानीमा अर्को टुक्रा कपुर मिसाउनु भयो भने त झन चाँडो लामखट्टे भाग्दछन् ।
कागती र ल्वाङ
कागती र ल्वाङको गन्धलाई लामखुट्टेले मन पराउदैनन् । त्यसैले दुईवटा कागतीलाई बीचबाट काटेर प्रत्येक टुक्राको भित्र ५ देखि ६ वटा ल्वाङ राख्नुहोस् अनि एउटा प्लेटमा लगेर आफ्नो कोठामा राख्नुहोस् । बस यति गरे पछि लामखुट्टे कोठाबाट भाग्दछन् ।
लसुन
घरमा लसुन त हुने नै भो । बढी लसुन हालेको खाना प्रयोग गर्नुभयो भने लामखुट्टे लुसन खाएका मानिसबाट टाढा हुन्छ ।
आयुवेर्दिक स्प्रे
लामखुट्टे भगाउने क्रिमहरु प्रयोग गर्नुहुन्छ ? यसलाई छाडिदिनुहोस् । अब तपाईं आफैं घरेलु प्रविधिबाट लामखुट्टे भगाउने स्प्रे बनाउन सक्नुहुन्छ । यसका लागि तुलसी, पानी र भोड्का जस्ता घरमै उपलब्ध हुने सामग्रीहरु चाहिन्छन् । पहिला तुलसी र पानी उमाल्नुहोस् र तुलसीलाई राम्रोसँग निचोरेर आएको पानीलाई एउटा सफा बोतलमा राख्नुहोस् । बोत्तलमा जति पानी छ, त्यसको आधा भोड्का थप्नुहोस् । बिस्तारै हल्लाउनुहोस् । तपाईंको घरमै अब लामखुट्टे धपाउने स्प्रे तयार भयो ।
सुगन्धित तेलहरु
तपाईंको घरमा सुगन्धित तेलहरु छन् ? कुनै सुगन्धित तेलको बासनाले लामखुट्टेलाई धपाउने क्षमता राख्दछ । कागती, पुदिना, मेहन्दी, लेभेन्डर, जेरानियम, सिट्रोनला जस्ता बिरुवाबाट बनेका तेलहरुले लामखुट्टे र अन्य किराहरु हटाउन उपयोगी हुन्छन् । उक्त तेललाई तेल घोल्ने रसायनमा खन्याउनुहोस्, त्यसपछि लामखुट्टेविरुद्ध यसले आफ्नो जादू देखाउन थाल्नेछ ।
लामखुट्टेलाई मन पर्दैन यी बिरुवाहरु
ब्रम्हबुटी (क्याटनिप)लाई घरमा ल्याउनुहोस्, किनकी यसले लामखुट्टे भगाउन मद्दत गर्दछ । त्यस्तै सयपत्री, लेमनग्रास, चुनित्रो घाँस (जिरानियमस्), तुलसी, मेहन्दी जस्ता सुगन्धित जडीबुटीहरुको गन्धले लामखुट्टेलाई भगाउँछ ।
यी बिरुवा जसले लामखुट्टेलाई नै खाइदिन्छन्
ताली पिटेर न मार्न सक्नुहुन्छ न भगाउन । कति गाह्रो लामखुट्टेलाई तह लगाउन । ठिकै छ हार नमान्नुहोस् तपाईंलाई सघाउन केही मांशाहारी विरुवाहरु तयार छन् । जसरी हामी लामखुट्टे मनपराउँदैनौं त्यसैगरी भेनस फ्लाइट्राप, पिचर प्लान्ट, बट्टरवर्ट, डचम्यानुस पाइपका लागि लामखुट्टे मिष्ठान्न भोजन नै हो ।
एउटा अप्राकृतिक उपाय पनि !
तर, हामीले घरमा प्रयोग गर्ने केही म्याट, स्प्रे, धुप लगायतका रसायनिक पदार्थ मिश्रित पदार्थहरुले लामखुट्टेलाई मात्र होइन, हामीलाई पनि असर गर्दछ । धुप, कपुर राखिएको भाँडो, लामखुट्टे एप्स जस्ता सामग्रीहरु तपाईंले प्रयोग गर्नसक्नुहुन्छ ।
यति नै । तर, लामखुट्टेले टोक्न छाडेनन् भने, यहाँ घरमै तत्काल प्रयोग गर्न सकिने घरेलु उपाय छन् । तातो पानीमा एक मिनेटसम्म धातुको चम्चा डुबाउनुहोस् । लामखुट्टेले टोकेको ठाउँमा राख्नुहोस् । यसले लामखुट्टेले टोक्दा निस्किएको एकप्रकारको प्रोटिनलाई नष्ट गर्दछ र चिलाउनबाट जोगाउँछ ।

Feb 20, 2016

पोर्चुगल जाँदै हुनुहुन्छ ? लाखौं खर्च गर्नुअघि एकचोटि सोच्नुहोस्

नेपालीहरु लाखौँ कमाउने, खेतीपाती गर्नेदेखि सडकमा माग्नेसम्म

portugal
वसन्त रानाभाट
बार्सिलोना । युरोपियन मुलुक पोर्चुगलमा नेपाली युवाको आकर्षण बढ्दो छ । विशेष त राम्रो पढाइ भएका युवा अमेरिका, क्यानडा, अस्ट्रेलिया जान चाहने र जान नपाएपछि युरोप छिरेर कार्ड बनाउने सपना धेरैले बुन्ने गरेको पाइन्छ । तर, अब नेपालीहरुले पोर्चुगल जानु अघि एकपटक सोच्नैपर्ने अवस्था आएको छ ।
पढे-लेखेका युवा खाडी मुलुक जान हीनताबोध गर्छन् । यसैले सेन्जेन भिसा लगाएर केही दिनका लागि युरोप छिर्ने र यतै बस्नेको संख्या बढेको पाइन्छ । युरोपमा पनि कतिपय देशमा उनीहरुलाई समस्या पर्‍यो भने फुत्त पोर्चुगलतिर छिर्ने गरेको पाइन्छ ।
केही दिनको भिसामा युरोप छिराएबापत नेपालमा मोटो रकम असुल्ने दलालहरुको पनि कमी छैन । यस कार्यमा युरोपको यथार्थ बुझेकाहरू नै सक्रिय रहेको पाइन्छ । भर्खरै युरोप छिरेका एक युवाले भने, ‘आउन मात्र १५ लाख खर्च भयो, अब दुःखसुख पोर्चुगलमा पुगेर रेसिडेन्सी कार्ड बनाउनुपर्ला ।’
युरोप छिर्नेबित्तिकै पोर्चुगल किन जान्छन् ?
युरोप छिरेको वर्ष दिन नबित्दै रेसिडेन्सी कार्ड बन्ने हुँदा धेरैले पोर्चुगललाई रोजाइमा राखेको पाइन्छ । माओवादी द्वन्द्वकालमा बेल्जियम, नेदरल्यान्ड, स्विजरल्यान्डजस्ता युरोपियन मुलुकमा जीवन रक्षाका लागि भन्दै शरणार्थी केस गरेर, धेरैले कागज बनाएका पनि थिए ।
अहिले भने देशको अवस्था सामान्य भएकाले त्यस्तो विकल्प देखिएको छैन । कथं कदाचित नेपालीले अहिले नै शरणार्थी केस गरी हाले पनि केस फेल भई उल्टै डिपोर्ट गरेर घर फिर्ता गर्छ कि भन्ने डरले त्यतातिर खासै चासो देखिएको छैन ।
कार्ड बनाउन सजिलो मुलुकमध्ये स्पेन पनि एक हो । तर, स्पेनमा कार्ड बनाउन तीन वर्ष लाग्ने र बनाउने प्रक्रियामा मात्र करिब १० लाख रुपैयाँसम्म खर्च हुन जान्छ । त्यसैले धेरैले पोर्चुगल छान्छन् ।
स्पेन छिर्न भाषा कक्षा पढ्नुपर्छ भने काम पाउन पनि मुस्किल हुन्छ । यद्यपि युरोपका अन्य मुलुकमा बस्न सक्ने अवस्था नभएपछि स्पेन जाने र अवस्था बुझेर फेरि पोर्चुगल नै अन्तिम गन्तव्य बनाउनेको संख्या पनि बढेको पाइन्छ ।
पोर्चुगलमा कमाइ
लाखौँ रकम खर्च गरेर आए पनि पोर्चुगलमा कमाइ त्यति राम्रो छैन । धेरै नेपालीले कमाएको रकमले आउन लागेको तिर्न पनि हम्मे देखिन्छ । त्यसो त पोर्चुगलमा व्यापार, व्यवसाय गरेर महिना दिनमै लाखौँ रकम कमाउने नेपालीको पनि कमी छैन ।
तर, धेरै नेपालीले ५० देखि ६० हजार रुपैयाँ कमाउने गरेको एनआरएनए पोर्चुगलका अध्यक्ष भीम कमल केसी बताउँछन् । ‘पोर्चुगलमा कार्ड बनाउन सजिलो छ, यो सबैलाई थाहा छ । तर, नेपालीको मासिक कमाई ५-६ सय युरो हुन्छ, यो औसत कमाई हो,’ अध्यक्ष केसीले भने ।
पोर्चुगलमा व्यापार व्यवसाय गरेर लाखौँ कमाएको पनि उनले बताए । ‘पोर्चुगलमा एक सयभन्दा बढी नेपालीले रेस्टुरेन्ट सञ्चालन गरेका छन्,’ उनले भने, ‘मिनीमार्केट, सुपरमार्केट, ब्युटीपार्लर, मोबाइल पसल, घुम्ती पसल, नेपाली हस्तकला तथा गार्मेन्टजस्ता व्यवसाय पनि नेपालीले नै गरेका छन् । महिनामा ५० हजार रुपैयाँ कमाउने सामान्य नेपाली कामदारदेखि एक लाख युरोसम्म कमाउने व्यवसायी पोर्चुगलमा छन् ।’
कृषिमा नेपाली कामदार
पोर्चुगलमा झन्डै २० हजार नेपाली रहेको अनुमान गरिएको छ । धेरैले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा नै काम गर्ने गरेको पाइन्छ । यहाँ रहेका नेपालीमध्ये करिब १० प्रतिशतले आफ्नै व्यवसाय गर्ने गरेको र २० देखि २५ प्रतिशत भने कृषिमा काम गर्छन् ।
पोर्चुगलमा खेतीको काम भन्नाले तरकारी तथा फलफूल टिप्ने र प्याक गर्ने बुझिन्छ ।
कृषिमा काम गर्नेमध्ये करिब ७५ प्रतिशत त अवैधानिक हुने गरेको जानकार बताउँछन् । त्यहीँ काम गरेर कार्ड बनाउन पाइने हुनाले पनि कृषिमा ठूलो भीड देखिएको हो । राजधानी लिस्बनदेखि आधा घन्टाको दूरीदेखि तीन घन्टा टाढासम्म नेपालीले खेतीमा काम गर्ने गरेको बताइन्छ ।
मेदेखि सेक्टेम्बरसम्म खेतीको सिजन भन्ने गरिन्छ भने, डिसेम्बर र जनवरीमा खासै काम हुँदैन । सो समय कागज भएका नेपाली लिस्बन आएर बस्छन् भने, नभएकाहरू कन्ट्रोल आउँछ कि भनेर कुर्नुपर्ने बाध्यता छ ।
खेतीको काममा कमाइ छैन
पोर्चुगलमा खेतीमा काम गरेर पनि राम्रो कमाई हुने होइन, मासिक औसत उही ५ देखि ६ सयमा नै आउने गर्छ । सक्नेले भने केही घन्टा बढी काम गरेर बढी कमाउने गर्छन् । कतै बस्ने व्यवस्था कम्पनीले गरेको हुन्छ भने कतै आफैँ गर्नुपर्छ । बस्ने व्यवस्था गरेका कम्पनीले खाना दिँदैनन्, खाना दिने भए बस्ने व्यवस्था आफैँ गर्नुपर्छ ।
युरोप आएको ६ महिना नपुगेका, भर्खर आएका नेपाली सीधै खेतीको काममा लाग्ने गरेको पाइन्छ । खेतीमा काम सुरु गर्दा कन्ट्रयाक भयो भने त्यतै अल्झनुपर्ने बाध्यता रहेको पनि नेपाली बताउँछन् ।
कार्ड बन्नका लागि कामदार हो कि हैन भनी कन्ट्रोल आउनुपर्ने हुन्छ । तर, खेतीको काममा कन्ट्रोल आउन ढिला हुने हुँदा बीचैमा काम छोडेर हिँड्न नमिल्ने पनि बाध्यता छ ।
खेतीमा करिब दुई वर्षसम्म कन्ट्रोल नगएर कागज बन्न ढिलाइ भएका केही उदारण पनि छन् ।
कहाँ-कहाँ बाट आउँछन् पोर्चुगल ?
इजरायल, कतार, दुबई, साउदीमा पुगेर काम गरेकादेखि बेलायत डेनमार्क, नर्वेजस्ता मुलुकमा अध्ययनका लागि आएका विद्यार्थी आफ्नोअनुकूल नभएपछि पोर्चुगललाई रोजी हाल्छन् । पढ्दापढ्दै गरेका कलेज खारेज भए, महँगो फी तिर्न नसके वा अन्य कारणले विद्यार्थीहरू कार्ड बनाउन पोर्चुगल छिरेका हुन्छन् ।
पछिल्लो समय डेनमार्क आएका थुप्रै विद्यार्थी कलेज र अध्यागमनमा समस्या आएपछि कार्ड बनाउन पोर्चुगल छिरेको पाइन्छ । यस्तै बेल्जियम, नेदरयान्ड, स्विजरल्यान्डमा शरणार्थी केस असफल भएका नेपाली पनि पोर्चुगल नै लाग्ने गरेको पाइन्छ ।
नेपालदेखि नै युरोप छिर्न केही दिनको सेन्जेन भिसा लगाई आएका पनि सीधै पोर्चुगल आउने गरेका छन् । यसका लागि १२ देखि १५ लाख रुपैयाँसम्म नेपालमै बुझाएका हुन्छन् । कतिपय भने पोर्चुगलमा सीधै वर्क परमिटमा पनि आउने गरेका छन् । यसका लागि पनि मोटो रकम खर्च गरेको पाइन्छ ।
विद्यार्थीलाई समस्या
पछिल्लो समय पोर्चुगलमा सीधै विद्यार्थी भिसामा आउने विद्यार्थी पनि भेटिन थालेका छन् । पोर्चुगिस भाषामा पढाइ हुने हुँदा आएका विद्यार्थी पनि भाषाका कारण समस्या भोगिरहेको बताउँछन् ।
यस्ता विद्यार्थीको रेसिडेन्सी परमिट अन्यसरह नहुने एनआरएनए अध्यक्ष केसी बताउँछन् । ‘अन्यका लागि कार्ड बनेको ६ वर्षमा पासपोर्ट एप्लाई गर्न सकिने नियम छ । तर, पढ्न आएका यस्ता विद्यार्थीको हकमा यो नियम स्पष्ट छैन । यसरी पढ्न आएका विद्यार्थीमध्ये ४-५ जना त विविध कारणले नेपाल फर्किसकेका छन्,’ उनले भने ।
केही युवा कुलतमा
सोचेजस्तो युरोप नदेखेपछि केही युवा भने कुलतमा फसेका छन् । कमाउने रहर बोकेर आएका युवा लागुपदार्थ दुव्र्यसनीमा लागेर पार्कतिर बरालिने गरेको भेटिन्छन् । नेपालदेखि नै कुलतमा लागेकाहरू यता आएपछि झनै स्वतन्त्र भएर कुलतमा लागेको पनि पाइएको छ ।
केही नेपाली सडकमा
कतिपय नेपाली त गाडी पार्किङ गराउन सहयोग गर्ने र उनीहरूबाट पैसा माग्ने काम पनि गर्न थालेका छन् । थोरैको संख्यामा मात्र यसरी नेपालीलाई सडकमा देखिने गरेको भए पनि पोर्चुगलमा देखिएको यो अवस्थालाई भने लुकाउन मिल्दैन ।
कसरी बन्छ पोर्चुगलको कार्ड ?
युरोप प्रवेश गरेको ६ महिनासम्म पोर्चुगलमा पुगेर पनि वैधानिक रुपमा काम गर्न मिल्दैन । कार्ड बनाउने प्रक्रिया स्वरूप सबैभन्दा पहिले फिनान्स नम्बर बनाउनुपर्छ । पासपोर्टमा यदि सेन्जेन भिसा छ भने, फिनान्स नम्बर लिँदा खासै रकम लाग्दैन ।
यदि भिसा सकिएको वा सेन्जेन नभए वकिलमार्फत बनाउँदा करिब एक सय ५० युरोसम्म खर्च लाग्ने गरेको स्थानीय बताउँछन् । लिगल भए फिनान्स नम्बर तत्काल बन्ने र अन्यको हकमा एक हप्तामा बन्ने गरेको पाइन्छ ।
काम गर्ने अनुमतिका लागि
काम गर्ने अनुमतिका लागि सेगुरान्सा सोसियल नम्बर -इन्सुरेन्स नम्बर) बनाउनुपर्ने हुन्छ । यदि काम गर्ने कम्पनीले काम गर्ने कन्ट्रयाक पेपर दियो भने आफैँले नम्बर निकालिदिन्छ । तर वकिलमार्फत जानुपरेमा एक सय ५० युरोदेखि ४ सय युरो खर्च लाग्ने गरेको भेटिएको छ । यसका लागि करिब २ देखि ३ महिना समय लाग्ने गरेको स्थानीय नेपाली बताउँछन् ।
फिनान्स नम्बर र सेगुरान्सा सोसियल नम्बर प्राप्त गरे पोर्चुगलको कार्डका लागि आवेदन दिने गरिन्छ । यसका लागि युरोप छिरेको ६ महिना हुनुपर्ने, वैधानिक कामको कन्ट्रयाक, एड्रेस प्रुफ लगायत कागजी प्रक्रियापछि आवेदक कार्डको प्रतीक्षामा हुन्छन् । सामान्यः खेतीमा काम गर्ने कामदारका लागि कन्ट्रोल ढिलो जाने पाइएकाले, यताबाट पेपर ढिलो बन्ने गरेको भेटिन्छ ।
कसैले एप्लाई गरेको ६ महिना नै कार्ड पाउने भए पनि कतिलाई २ वर्षसम्म लाग्ने गरेको पाइन्छ । तर सेन्जेन भिसा नभएकाहरूको हकमा छुट्टै प्रकिया हुने हुँदा कार्डका लागि सामान्यता २ वर्ष देखि ६-७ वर्ष सम्म पनि कुर्नुपरेका घटना छन् ।
एनआरएनएलाई समस्या
नेपालीको संख्या बढ्दै गए पछि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको कार्यालयमा विभिन्न समस्याका लागि नेपाली आउन थालेका छन् ।
राहदानी बनाउन, फिनान्स नम्बर, सेगुरान्सा सोसियल नम्बरदेखि कामको खोजी गर्नेहरू एनआरएनए कार्यालयको ढोका धाएकै हुन्छन् । २-३ जना इमिग्रेसन र्फम भर्न, पासपोर्टका लागि ३-४ जना त्यस्तै सोधपुछका लागि ८-१० जना मान्छे दिनहुँ कार्यालय धाउने गर्छन् । फेरि विवाद मुद्दा-मामिला, सम्बन्ध विच्छेद, कुटपिट झगडा, लेनदेनका विषय लिएर पनि नेपाली एनआरएन आउने गरेको केसी बताउँछन् ।
संघका अध्यक्ष केसी भन्छन्, ‘सुरुदेखि नै हामीलाई नै गुहार्छन्, फिनान्स भर्न नचिनेको मान्छेसँग साक्षी बस्न प्रायः मान्दैनन् । तर संस्थामा हामी जिम्मेवार भएपछि आफैँ साक्षी बस्नुपर्छ । १ सय ५० भन्दा केही बढी नेपालीका लागि त म एक्लै साक्षी बसेको छु । अन्य मजस्तै धेरै साथीहरूले सहयोग गर्नुभएको छ ।’
पोर्चुगल आउने क्रम बढिरहेको बेला यहाँका समस्या र विविध कारणले नेपाल र्फकनेहरू पनि भेटिएका छन् । प्रत्येक महिना १० देखि १५ जना सम्म नेपाल र्फकने गरेको अनुमान छ ।

बोधिचित्तको एउटै रूखबाट लाखौँ कमाइ

बोधिचित्तको एउटै रूखबाट लाखौँ कमाइ

एउटै बोधिचित्तको रूखबाट चापाखोरी–३ का खुसराज तामाङले यो वर्ष १० लाख रुपैयाँ आम्दानी गरे । अघिल्ला दुई वर्षमा उनले यही रूखबाट २० लाखभन्दा बढी कमाइसकेका छन् । चापाखोरीकै असलबहादुर तामाङले यसै वर्ष पाँचवटा रूखबाट ३० लाख रुपैयाँ कमाए । आगामी वर्षका लागिसमेत ठेकेदारले उनका पाँचवटै बोट किनिसकेका छन् । यहाँ चार वर्षसम्मका लागि अहिल्यै रूख ठेक्का लिनेसम्मको कारोबार हुन्छ । स्थानीय ठेकेदार राकेश लामाले रूखमा फल नलाग्दै वार्षिक ३० लाख रुपैयाँमा ठेक्का लिएको उनले बताए । बारीमै दशौँ लाख रुपैयाँमा बिक्री हुने रूखको मूल्य फल टिपेर मुख्य ठेकेदारदेखि माला प्रयोगकर्ताको हातसम्म निकै महँगो पर्न जान्छ । असलबहादुरको हातमा परेजस्ता लाखका बिटा धेरैका हातमा पर्छन् । स्थानीय वीरबहादुरले ३० लाख रुपैयाँमा रूख बेचे भन्दा पत्याउनै गाह्रो लाग्छ । सिंखानी–२ ढोकर्पाका तीर्थ मोक्तानले एउटै रूख १५ लाखमा बिक्री गरे । उनले बोधिचित्तको फल बेचेरै भक्तपुरमा घर–घडेरी जोडेको बताए ।
केही वर्षअघिसम्म झाडी भएको भन्दै काटेर त्यसै फालिने बोधिचित्तका रूख अहिले लाख कमाउने माध्यम बनेका छन् । स्थानीयले बारीभरि नयाँ बिरुवा रोप्न थालेका छन् । सिसाखानी–१ का कनक लामाले ढोकर्पामा ८५ वटा रूख लगाएका छन् । सबै रूखले फल दिन थालिसकेका छन् । अहिलेकै मूल्य आएमा कनकले केही वर्षमै वार्षिक करोडौँ रुपैयाँ कमाउने पक्का छ ।
फल लाग्न थालेपछि रूख कुर्न अहोरात्र खटिने गर्छन्, स्थानीय । रूखवरिपरि तार–जाली लगाउने गर्छन् । फल लागेदेखि नटिपेसम्म ठेकेदारले बोटैपिच्छे युवा तैनाथ गरेका हुन्छन्, लाखौँ रुपैयाँ खर्चेर । काठमाडौंका मोस्ट वान्टेड युवाहरू रोसी क्षेत्रमा पुगेर बोधिचित्तमा आँखा गाड्ने गरेको स्थानीय बताउँछन् । त्यसैले, भैपरी आउँदा रोसीकिनार र भकुन्डेबेँसीमा युवादस्ता तयारी अवस्थामा राखेका हुन्छन्, ठेकेदारले । खुसराजसँग बोधिचित्त ठेक्का हान्ने ठेकेदार पञ्च तामाङले रूखको फेदमै केही युवा खटाएका छन् । खुसराजको रूखको बोधिचित्त किन्ने स्थानीय ठेकेदार तामाङले रूखको फेदमै केही युवाहरूलाई कुर्न राखेका छन् ।
बाहिरबाट गएका ठेकेदारले स्थानीयलाई धम्क्याउँदै फल झारिदिने गरेको गुनासो बढेको छ । वार्षिक नौ लाख रुपैयाँमा बेचेको बोधिचित्त सबै झारिदिए भनेर गोठपानी–५ का पासाङ दोर्जे लामाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएका छन् । बेथान–६ का ठेकेदार सफल दोङले पासाङसँग वार्षिक नौ लाख दिने गरी ०७५ सम्मका लागि सम्झौता गरेका थिए । फल टिपेर ल्याउँदा बाटोमा गुन्डा तथा प्रशासनको धरपक्कडका कारण गत वर्ष सिसाखानीको साजकोटमा हेलिकोप्टर लगेरै राजधानी लगिएको थियो । ठूलो गुन्डागर्दीको सामना गर्नुपर्ने भएकाले मुख्य ठेकेदारहरूले पनि स्थानीय ठेकेदारमार्फत खरिद गर्ने गरेका छन् ।
केही वर्षदेखि बोधिचित्तको मूल्य आकासिएको छ । बौद्ध धर्मावलम्बीहरूले मालाका लागि प्रयोग गर्ने बोधिचित्त प्राय: तिब्बत निकासी हुने गरेको बताइन्छ । काभ्रेको तिमाल क्षेत्रमा पाइने बोधिचित्त सबैभन्दा उत्तम मानिन्छ । बिरुवा लगाएको तीन वर्षदेखि फल्न थाल्ने बोधिचित्तको एउटा रूखको पाँच लाखदेखि ५० लाखसम्ममा बिक्री हुन्छ । मंगलटार–२ थाक्लेका कान्छाकाजी तामाङले बोधिचित्तको बिरुवा बेचेरै ६ लाख रुपैयाँ कमाएका छन् । दुई लाख रुपैयाँ लगानीमा दाना खरिद गरी बिरुवा उत्पादन गरेका उनले यसैबाट परिवार पालेका छन् । वनस्पतिविद् डा. केआर भट्टराई सम्मिलित समूहले लामो समय अनुसन्धान गरेर ‘जिजिफस बुद्धान्सिस’ नाम दिइएको यस वनस्पतिको फलको माला अहिले तन्नेरीहरूले फेसनका रूपमा समेत प्रयोग गर्ने गरेका छन् । पछिल्ला वर्षहरूमा तिब्बतसँगै चीन, भारत, सिंगापुर, जापान र कोरियामा समेत बोधिचित्तको माग बढ्दो छ ।
स्थानीयका अनुसार सबैभन्दा सानो दानाबाट बनाइएको माला अत्यधिक महँगो हुन्छ । कति मुखे भन्नेले पनि मूल्यमा अन्तर पार्छ । तीनदेखि सातमुखेसम्मको मूल्य प्रतिगोटा चार सयदेखि चार लाखसम्म पर्छ । ७ मिलिमिटर ब्यास भएको एक सय आठ दानाको मालाको चार लाख रुपैयाँभन्दा बढी पर्छ । ठूलो आकारका माला भने पाथीमा बेचिन्छ, एक पाथीको २५ हजार रुपैयाँसम्म पर्छ । वन कार्यालयले भने बयर प्रजातिको भन्दै प्रतिकिलो आठ रुपैयाँ मूल्यांकन गरी १३ प्रतिशत राजस्व संकलन गर्दै आएको छ । बोधिचित्तबारे अनेक मिथक पनि छन् । दोस्रो बुद्ध मानिने गुरु पद्मसम्भवले आठौँ शताब्दीमा आशीर्वादस्वरूप काभ्रेको तिमाल क्षेत्रका बासिन्दालाई दिएको जनविश्वास छ । वन मन्त्रालयले पनि नेपालमा काभ्रेको तिमाल क्षेत्रमा मात्रै पाइने बताएको छ ।
बयर र हाडेबेडुजस्तो देखिने बोधिचित्तको रूखमा काँडा हुन्छ । वैशाखदेखि फल लाग्न सुरु गर्छ । असारको अन्तिमदेखि साउनको अन्तिमसम्म फल टिप्नका लागि तयार हुन्छ । ढिकीमा फलेर तथा उसिनेर दानाबाट माला तयार पार्छन् । बोक्रा निकालेको दानालाई केही दिन घाममा सुकाएपछि छेडेर एक सय नौ दानाको माला तयार पारिन्छ ।
बोधिचित्त बुद्धिस्टहरूको (विशेष गरी चिनियाँ समाजमा) धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति हो । काभ्रेको तिमालमा कैयौँ वर्षदेखि यो वनस्पति रहे पनि यसको महत्त्व खासै थाहा थिएन । अहिले यसबारे थाहा भएपछि र माग उच्च भएपछि महँगो मूल्यमा बजार पाएको छ । गमलामा समेत रोप्न सकिने भएकाले यसको बिरुवाको बिक्री पनि अहिले अत्यधिक छ । समशितोष्ण भूभाग (४००–२००० मिटर उचाइ) मा यसको उत्पादन हुन्छ । रोप्नका लागि माघ–फागुन उत्तम मानिन्छ । असार–साउनमा रोप्दा पनि ठिकै हुन्छ । बिरुवा पाँच मिटरको दूरी–अन्तरमा रोप्नुपर्छ ।

प्रधानमन्त्री ओली र मोदीबीच सातवटा सम्झौता

फाल्गुन ८, २०७२- भारतको ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको भेटवार्तामा विभिन्न सातवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलपछि भारतले नेपालालाई बांगलाबन्द र विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न दिने भएको छ । विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न रोहनपुर–सिंहवाद रेल्वे रुटको प्रयोग गरिने सम्झौता भएको जानकारी गराइएको छ ।
यस्तै भूकम्पपछिको पुनर्निर्माणको कार्यनीति सम्झौतामा पनि हस्ताक्षर भएको छ । यस्तै हुलाकी मार्ग निर्माण र संगीत नाट्या एकेडेमीकाे बारे पनि सम्झाैता भएकाे छ ।
यस्तै दुई देशका प्रधानमन्त्री ढल्केबर–मुजफ्फरपुर अन्तर–देशीय विद्युती प्रसारण लाईनको पनि औपचारचिक उद्धघाटन गरेका छन् ।


भारत र नेपालकाे प्रधानमन्त्रीबीच जारी बैठककाे दृश्य ।          तस्बिर स्राेत : भारतीय विदेश मन्त्रालय

Feb 19, 2016

दक्षिण कोरियामा हमला गर्न किम जोङ्गको आदेश

फोटो :एजेन्सी
सिओलस्थित जासुसी एजेन्सीबाट पुष्टि 
सिओल: उत्तर कोरियाका तानाशाह किम जोङ्ग उनले दक्षिण कोरियामाथि हमला गर्ने तयारीका लागि आफ्ना सैनिकलाई आदेश दिएका छन् । 
दक्षिण कोरियाक जासुसी एजेन्सीले यो कुराको दाबी गरेको हो । नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले प्रतिपक्षी दल सेन्युरीलाई बिहीबार यस खतराबारे सचेत गराएको हो ।
 
समाचार अनुसार उत्तर कोरियाद्वारा हाइड्रोजन बम र मिसाइल परीक्षण गरेपछि दक्षिण कोरियामा तनावको माहौल रहेको छ । जासुसी एजेन्सीका अनुसार उत्तर कोरियाले हमलाको तयारी थालिसकेको छ । 
 
एनआईएसले जनाएअनुसार किम जोङ्ग उनको आदेशमा उत्तर कोरियन जासुसी एजेन्सीले साइबर र अन्य किसिमका हमला गर्ने तयारी थालेका हुन् । 
 
यसअघि पनि उत्तर कोरिया कोरियाले दक्षिण कोरियामाथि झुक्याएर आक्रमण गरेको इतिहास रहेको छ । 
 
सन् २०१० मा उत्तर कोरियाले दक्षिण कोरियामा गोलाबारी गरेको थियो । त्यो बेला चारजना दक्षिण कोरियाली नागरिक मारिएका थिए । 
 
त्यसैगरी सन् १९८७ मा दक्षिण कोरियन यात्रुजहाजमा आक्रमण गरि उत्तरले ११५ मानिसको ज्यान लिएको थियो । 
 
एनआईएसले दिएको चेतावनीमा उत्तर कोरिया, एन्टी-प्योङ्गयाङ्ग एक्टिभिस्ट्स र डिफेक्टर्सका साथै सरकारी अधिकारीहरुलाई लक्षित गरि आक्रमणको तयारीमा जुटेको हो । 
 
अमेरिकी बम वर्षक जहाज एफ-२२ ले दुबै देशको हवाई सीमामाथि उडान भरेपछि दक्षिण कोरियामाथि हमलालाई लिएर उत्तर कोरियाको यो टिप्पणी आएको हो । समाचार अनुसार अमेरिकाको यो हवाई उडान सिधै उत्तर कोरियालाई चुनौती थियो । 
 
अमेरिकाले दुई कोरियाको सीमानामा उडाएका एफ-२२ राडारको सम्पर्कमा आउँदैनन् । यी लडाकू विमानलाई सिओलदेखि उडाएर ओसानको बेसमा उतारिएको थियो । 
 
उता अमेरिकी राष्ट्रपति बाराकले ओबामा उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने बिलमा हस्ताक्षर गरेका छन् । व्हाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले शुक्रबार यो जानकारी दिएका हुन् । 

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...