ads

Feb 20, 2016

बोधिचित्तको एउटै रूखबाट लाखौँ कमाइ

बोधिचित्तको एउटै रूखबाट लाखौँ कमाइ

एउटै बोधिचित्तको रूखबाट चापाखोरी–३ का खुसराज तामाङले यो वर्ष १० लाख रुपैयाँ आम्दानी गरे । अघिल्ला दुई वर्षमा उनले यही रूखबाट २० लाखभन्दा बढी कमाइसकेका छन् । चापाखोरीकै असलबहादुर तामाङले यसै वर्ष पाँचवटा रूखबाट ३० लाख रुपैयाँ कमाए । आगामी वर्षका लागिसमेत ठेकेदारले उनका पाँचवटै बोट किनिसकेका छन् । यहाँ चार वर्षसम्मका लागि अहिल्यै रूख ठेक्का लिनेसम्मको कारोबार हुन्छ । स्थानीय ठेकेदार राकेश लामाले रूखमा फल नलाग्दै वार्षिक ३० लाख रुपैयाँमा ठेक्का लिएको उनले बताए । बारीमै दशौँ लाख रुपैयाँमा बिक्री हुने रूखको मूल्य फल टिपेर मुख्य ठेकेदारदेखि माला प्रयोगकर्ताको हातसम्म निकै महँगो पर्न जान्छ । असलबहादुरको हातमा परेजस्ता लाखका बिटा धेरैका हातमा पर्छन् । स्थानीय वीरबहादुरले ३० लाख रुपैयाँमा रूख बेचे भन्दा पत्याउनै गाह्रो लाग्छ । सिंखानी–२ ढोकर्पाका तीर्थ मोक्तानले एउटै रूख १५ लाखमा बिक्री गरे । उनले बोधिचित्तको फल बेचेरै भक्तपुरमा घर–घडेरी जोडेको बताए ।
केही वर्षअघिसम्म झाडी भएको भन्दै काटेर त्यसै फालिने बोधिचित्तका रूख अहिले लाख कमाउने माध्यम बनेका छन् । स्थानीयले बारीभरि नयाँ बिरुवा रोप्न थालेका छन् । सिसाखानी–१ का कनक लामाले ढोकर्पामा ८५ वटा रूख लगाएका छन् । सबै रूखले फल दिन थालिसकेका छन् । अहिलेकै मूल्य आएमा कनकले केही वर्षमै वार्षिक करोडौँ रुपैयाँ कमाउने पक्का छ ।
फल लाग्न थालेपछि रूख कुर्न अहोरात्र खटिने गर्छन्, स्थानीय । रूखवरिपरि तार–जाली लगाउने गर्छन् । फल लागेदेखि नटिपेसम्म ठेकेदारले बोटैपिच्छे युवा तैनाथ गरेका हुन्छन्, लाखौँ रुपैयाँ खर्चेर । काठमाडौंका मोस्ट वान्टेड युवाहरू रोसी क्षेत्रमा पुगेर बोधिचित्तमा आँखा गाड्ने गरेको स्थानीय बताउँछन् । त्यसैले, भैपरी आउँदा रोसीकिनार र भकुन्डेबेँसीमा युवादस्ता तयारी अवस्थामा राखेका हुन्छन्, ठेकेदारले । खुसराजसँग बोधिचित्त ठेक्का हान्ने ठेकेदार पञ्च तामाङले रूखको फेदमै केही युवा खटाएका छन् । खुसराजको रूखको बोधिचित्त किन्ने स्थानीय ठेकेदार तामाङले रूखको फेदमै केही युवाहरूलाई कुर्न राखेका छन् ।
बाहिरबाट गएका ठेकेदारले स्थानीयलाई धम्क्याउँदै फल झारिदिने गरेको गुनासो बढेको छ । वार्षिक नौ लाख रुपैयाँमा बेचेको बोधिचित्त सबै झारिदिए भनेर गोठपानी–५ का पासाङ दोर्जे लामाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएका छन् । बेथान–६ का ठेकेदार सफल दोङले पासाङसँग वार्षिक नौ लाख दिने गरी ०७५ सम्मका लागि सम्झौता गरेका थिए । फल टिपेर ल्याउँदा बाटोमा गुन्डा तथा प्रशासनको धरपक्कडका कारण गत वर्ष सिसाखानीको साजकोटमा हेलिकोप्टर लगेरै राजधानी लगिएको थियो । ठूलो गुन्डागर्दीको सामना गर्नुपर्ने भएकाले मुख्य ठेकेदारहरूले पनि स्थानीय ठेकेदारमार्फत खरिद गर्ने गरेका छन् ।
केही वर्षदेखि बोधिचित्तको मूल्य आकासिएको छ । बौद्ध धर्मावलम्बीहरूले मालाका लागि प्रयोग गर्ने बोधिचित्त प्राय: तिब्बत निकासी हुने गरेको बताइन्छ । काभ्रेको तिमाल क्षेत्रमा पाइने बोधिचित्त सबैभन्दा उत्तम मानिन्छ । बिरुवा लगाएको तीन वर्षदेखि फल्न थाल्ने बोधिचित्तको एउटा रूखको पाँच लाखदेखि ५० लाखसम्ममा बिक्री हुन्छ । मंगलटार–२ थाक्लेका कान्छाकाजी तामाङले बोधिचित्तको बिरुवा बेचेरै ६ लाख रुपैयाँ कमाएका छन् । दुई लाख रुपैयाँ लगानीमा दाना खरिद गरी बिरुवा उत्पादन गरेका उनले यसैबाट परिवार पालेका छन् । वनस्पतिविद् डा. केआर भट्टराई सम्मिलित समूहले लामो समय अनुसन्धान गरेर ‘जिजिफस बुद्धान्सिस’ नाम दिइएको यस वनस्पतिको फलको माला अहिले तन्नेरीहरूले फेसनका रूपमा समेत प्रयोग गर्ने गरेका छन् । पछिल्ला वर्षहरूमा तिब्बतसँगै चीन, भारत, सिंगापुर, जापान र कोरियामा समेत बोधिचित्तको माग बढ्दो छ ।
स्थानीयका अनुसार सबैभन्दा सानो दानाबाट बनाइएको माला अत्यधिक महँगो हुन्छ । कति मुखे भन्नेले पनि मूल्यमा अन्तर पार्छ । तीनदेखि सातमुखेसम्मको मूल्य प्रतिगोटा चार सयदेखि चार लाखसम्म पर्छ । ७ मिलिमिटर ब्यास भएको एक सय आठ दानाको मालाको चार लाख रुपैयाँभन्दा बढी पर्छ । ठूलो आकारका माला भने पाथीमा बेचिन्छ, एक पाथीको २५ हजार रुपैयाँसम्म पर्छ । वन कार्यालयले भने बयर प्रजातिको भन्दै प्रतिकिलो आठ रुपैयाँ मूल्यांकन गरी १३ प्रतिशत राजस्व संकलन गर्दै आएको छ । बोधिचित्तबारे अनेक मिथक पनि छन् । दोस्रो बुद्ध मानिने गुरु पद्मसम्भवले आठौँ शताब्दीमा आशीर्वादस्वरूप काभ्रेको तिमाल क्षेत्रका बासिन्दालाई दिएको जनविश्वास छ । वन मन्त्रालयले पनि नेपालमा काभ्रेको तिमाल क्षेत्रमा मात्रै पाइने बताएको छ ।
बयर र हाडेबेडुजस्तो देखिने बोधिचित्तको रूखमा काँडा हुन्छ । वैशाखदेखि फल लाग्न सुरु गर्छ । असारको अन्तिमदेखि साउनको अन्तिमसम्म फल टिप्नका लागि तयार हुन्छ । ढिकीमा फलेर तथा उसिनेर दानाबाट माला तयार पार्छन् । बोक्रा निकालेको दानालाई केही दिन घाममा सुकाएपछि छेडेर एक सय नौ दानाको माला तयार पारिन्छ ।
बोधिचित्त बुद्धिस्टहरूको (विशेष गरी चिनियाँ समाजमा) धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति हो । काभ्रेको तिमालमा कैयौँ वर्षदेखि यो वनस्पति रहे पनि यसको महत्त्व खासै थाहा थिएन । अहिले यसबारे थाहा भएपछि र माग उच्च भएपछि महँगो मूल्यमा बजार पाएको छ । गमलामा समेत रोप्न सकिने भएकाले यसको बिरुवाको बिक्री पनि अहिले अत्यधिक छ । समशितोष्ण भूभाग (४००–२००० मिटर उचाइ) मा यसको उत्पादन हुन्छ । रोप्नका लागि माघ–फागुन उत्तम मानिन्छ । असार–साउनमा रोप्दा पनि ठिकै हुन्छ । बिरुवा पाँच मिटरको दूरी–अन्तरमा रोप्नुपर्छ ।

प्रधानमन्त्री ओली र मोदीबीच सातवटा सम्झौता

फाल्गुन ८, २०७२- भारतको ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको भेटवार्तामा विभिन्न सातवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलपछि भारतले नेपालालाई बांगलाबन्द र विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न दिने भएको छ । विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न रोहनपुर–सिंहवाद रेल्वे रुटको प्रयोग गरिने सम्झौता भएको जानकारी गराइएको छ ।
यस्तै भूकम्पपछिको पुनर्निर्माणको कार्यनीति सम्झौतामा पनि हस्ताक्षर भएको छ । यस्तै हुलाकी मार्ग निर्माण र संगीत नाट्या एकेडेमीकाे बारे पनि सम्झाैता भएकाे छ ।
यस्तै दुई देशका प्रधानमन्त्री ढल्केबर–मुजफ्फरपुर अन्तर–देशीय विद्युती प्रसारण लाईनको पनि औपचारचिक उद्धघाटन गरेका छन् ।


भारत र नेपालकाे प्रधानमन्त्रीबीच जारी बैठककाे दृश्य ।          तस्बिर स्राेत : भारतीय विदेश मन्त्रालय

Feb 19, 2016

दक्षिण कोरियामा हमला गर्न किम जोङ्गको आदेश

फोटो :एजेन्सी
सिओलस्थित जासुसी एजेन्सीबाट पुष्टि 
सिओल: उत्तर कोरियाका तानाशाह किम जोङ्ग उनले दक्षिण कोरियामाथि हमला गर्ने तयारीका लागि आफ्ना सैनिकलाई आदेश दिएका छन् । 
दक्षिण कोरियाक जासुसी एजेन्सीले यो कुराको दाबी गरेको हो । नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले प्रतिपक्षी दल सेन्युरीलाई बिहीबार यस खतराबारे सचेत गराएको हो ।
 
समाचार अनुसार उत्तर कोरियाद्वारा हाइड्रोजन बम र मिसाइल परीक्षण गरेपछि दक्षिण कोरियामा तनावको माहौल रहेको छ । जासुसी एजेन्सीका अनुसार उत्तर कोरियाले हमलाको तयारी थालिसकेको छ । 
 
एनआईएसले जनाएअनुसार किम जोङ्ग उनको आदेशमा उत्तर कोरियन जासुसी एजेन्सीले साइबर र अन्य किसिमका हमला गर्ने तयारी थालेका हुन् । 
 
यसअघि पनि उत्तर कोरिया कोरियाले दक्षिण कोरियामाथि झुक्याएर आक्रमण गरेको इतिहास रहेको छ । 
 
सन् २०१० मा उत्तर कोरियाले दक्षिण कोरियामा गोलाबारी गरेको थियो । त्यो बेला चारजना दक्षिण कोरियाली नागरिक मारिएका थिए । 
 
त्यसैगरी सन् १९८७ मा दक्षिण कोरियन यात्रुजहाजमा आक्रमण गरि उत्तरले ११५ मानिसको ज्यान लिएको थियो । 
 
एनआईएसले दिएको चेतावनीमा उत्तर कोरिया, एन्टी-प्योङ्गयाङ्ग एक्टिभिस्ट्स र डिफेक्टर्सका साथै सरकारी अधिकारीहरुलाई लक्षित गरि आक्रमणको तयारीमा जुटेको हो । 
 
अमेरिकी बम वर्षक जहाज एफ-२२ ले दुबै देशको हवाई सीमामाथि उडान भरेपछि दक्षिण कोरियामाथि हमलालाई लिएर उत्तर कोरियाको यो टिप्पणी आएको हो । समाचार अनुसार अमेरिकाको यो हवाई उडान सिधै उत्तर कोरियालाई चुनौती थियो । 
 
अमेरिकाले दुई कोरियाको सीमानामा उडाएका एफ-२२ राडारको सम्पर्कमा आउँदैनन् । यी लडाकू विमानलाई सिओलदेखि उडाएर ओसानको बेसमा उतारिएको थियो । 
 
उता अमेरिकी राष्ट्रपति बाराकले ओबामा उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने बिलमा हस्ताक्षर गरेका छन् । व्हाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले शुक्रबार यो जानकारी दिएका हुन् । 

लेखनाथ महोत्सवमा हिमालको चौरी देखि मरुभुमिको उट सम्म


महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको १२ औ संस्करणको लेखनाथ महोत्सवमा हिमाली भुभागमा पाईने चौरी गाई देखि मरुभुमिमा पाईने उट र विश्वकै सवै भन्दा ठुलो चरा अस्ट्रज लगाएतका जनाबरहरु हेर्न पाईने भएको छ।
महोत्सव स्थल भित्र चिडिया घर निर्माण गरि दर्शकहरुलाई एकै ठाउबाट हिमाली क्षेत्रमा पाईने चौरी गाई (याक) र मरुभुमिमा पाईने उटलाई एकै ठाउमा देख्न पाईने भएको हो।
दर्शकहरुलाई एकै ठाउबाट सवै प्रकारका जनावरहरुको बारेमा जानकारी दिने उदेस्यले बिभिन्न जातका जनावरहरु राखिएकाले महोत्सवमा आएने दर्शकाले अभिरुचि पुर्बक चौरी,उट,अस्ट्रि,ईमु,टर्की लगाएतको अवलोक गर्ने र फोटो खिच्ने गरेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका सल्लाकार तथा स्टल ब्यवस्थापन उप समितिका संयोजक देबराज पन्थिले जानकारी दिएका छन्।
यसै गरि महोत्सव स्थल भित्र प्रचिन कालको सवै भन्दा ठुलो जनाबरका रुपमा रहेको डाईनोसर लगाएत दुर्लभ जनावरको प्रतिक बनाएर विद्युतिय प्रणालीबाट चलाएमान समेत गराएको छ।
लेखनाथको भण्डारढिकमा जारी १२ औं लेखनाथ महोत्सवको दोश्रो दिन विहिबार यातायात व्यवसायीको बन्दका बावजुद दर्शकको उल्लेख्य सहभागिता रह्यो ।








लेखनाथ महोत्सवमा हिमालको चौरी देखि मरुभुमिको उट सम्म
बन्दले विहान महोत्सव केही समय प्रभावित भए पनि दिउँसो देखी दर्शकहरुको संख्या बढेको थियो । विहिबार महोत्सवमा झण्डै १५ हजार दर्शकले अवोलकन गरेको र एउटा कार सहित झण्डै १ करोड रुपैयाको कारोबार भएको लेखनाथ उद्योग बाणिज्य संघका महासचिव छत्रधर आत्रेयले जानकारी दिए ।
महोत्सवमा कृषिजन्य उत्पादन र घरायसी आवश्यकताका सामाग्रीहरुको कारोबार राम्रो भएको आयोजकले जनाएका छन् । यसैगरी अटो तर्फ फोर्ड कम्पनीको एउटा कार विक्री भएको आत्रेले जानकारी दिए । महोत्सवमा गुडलक एग्रो टुरिजम प्रा.लि ले संचालनमा ल्याउन लागेको एग्रो टुरिजम रिर्सोटको नमूनाको प्रदर्शनमा दर्शकहरुले चाख लिएका थिए । प्रोजेक्टका विषयमा संचालकद्धय विश्वगोपाल श्रेष्ठ र ऋषिराम भण्डारीले लेखनाथ उद्योग बाणिज्य संघको सहयोगमा एक जिल्ला एक उत्पादन कार्यक्रम अन्र्तगत केही आर्थिक सहयोग प्राप्त भएको बताए ।
महोत्सवमा युवापुस्ताका दर्शकहरु पपकन्र्सटमा झुम्मिएका थिए भने प्रौढहरु दोहोरीमा रमाएका थिए । पपमा हिमाल सागर, कालिप्रसाद बस्ताकोटी, गण्डकी तारा ओम गुरुङ्ग र सन्दिप सिंह रानाले युवा पुस्तालाई मनोरन्जन दिलाएका थिए । यसैगरी दोहोरी तर्फ राजु गुरुङ्ग, जुना श्रीष, जीवन दाहाल, सिता के.सी, शिवहरी ढुंगाना, प्रदिप त्रिपाठी, सुरेन्द्र गुरुङ्ग र काजोल गुरुङ्गले दर्शकलाई नचाएका थिए ।महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संमृद्धि भन्ने मुलनाराको साथ फागुन १६ गतेसम्म संचालन हुने महोत्सवमा अटो, कृषि, हस्तकला, खाद्यान्न, गार्मेन्ट, घरेलु उत्पादन, खानाका परिकार सहितका ३ सय भन्दा बढी स्टल राखिएको छ ।
शुक्रबार प्रजातन्त्र दिवश विदाको दिन समेत परेकाले दर्शकहरुको सहभागिता बढ्ने आयोजकले विश्वास लिएका छन् ।

सिन्डिकेटका मतियारहरु हारे




बधाई विन्ध्यवासिनी यातायात सेवालाई: अन्ततः सिन्डिकेटका मतियारहरु हारेका छन् । निर्वाध रुपमा विन्ध्यवासिनी यातायात सेवाका बसहरु पोखरामा चल्न पाउने भएका छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको समन्वयमा बसेको बैठकले आज (बिहीबार) चार बुँदे सहमति गर्दै विन्ध्यवासिनी यातायात सेवाका बसहरु निर्वाध रुपमा सञ्चालन गर्न पाउने निर्णय भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी हरिबहादुर पालले चक्काजाम गर्न खोज्ने ८० गाडीका चाबी खोसेर १३जनालाई पक्राउ गरी कानुनी राज्यको अनुभूती दि...लाएका छन् । एम्बुलेन्स र सर्वसाधारणका निजी यातायातका साधनहरु गुड्न पनि नमिल्ने गरी सिन्डिकेटका मतियारहरुले देखाउने दादागिरी यसपटक भने तुहिएको छ ।

राजेन्द्र आधिकारी
jukson.com's photo.
तस्विरः सुदर्शन रञ्जित

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...