ads

Feb 24, 2016

तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त, २ बालबालिकासहित २३ जनाकै मृत्यु

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन–एएचएच ट्वीनअटर विमान दुर्घटनामा परेको छ ।  पोखरा विमानस्थलबाट बुधबार बिहान ८ बजेर ५ मिनेटमा जोमसोमको लागि उडेको विमान  म्याग्दीको रुप्सेमा दुर्घटनाग्रस्त भएको हो । ठूलो मुस्लो देखिएको भन्दै स्थानीय बासिन्दाले प्रहरीमा खवर गरेका थिए । तर सुरक्षा अधिकारीहरुले भने घटनास्थलमा पुग्न बाँकी रहेकाले अहिले नै केही भन्न नसकिने बताएका छन ।
चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनात पौडेलले जानकारी दिएका छन । चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिकको मृत्यु भएको छ ।  विमानमा चालक दलका सदस्यसहित २३ जना रहेका थिए ।
विमानमा रहेका यात्रुहरुको नामावलीः
लेप्साङ लामा, राजकुमार तामाङ, रेवती बराल, देवीजंग गुरुङ, बालकृष्ण राउत, मुक्तिनाथ बास्तोला, फेन्जोक गुरुङ, विनिता भट्टचन, कृष्णलाल भट्टचन, मोतीबहादुर केसी, पवित्रा केसी, दीलकुमारी गौचन, कान्छा परियार, लक्ष्मी हिराचन, बालक, कमला थकाली,
विदेशी नागरिक अहमत र एक जना बालक ।

Feb 23, 2016

भिआइपी पाहुना रिझाउन रिसोर्टमै मृग र कालिज

भिआइपी पाहुना रिझाउन रिसोर्टमै मृग र कालिज

काठमाडौं- सांसद तथा ग्यालेक्सी पब्लिक स्कुलकी सञ्चालिका गीता राणालाई अपहरणको धम्की दिँदै रकम असुलीको अभियोगमा पक्राउ परेका प्रमोदराज पन्तको सिन्धुपाल्चोक, मुडेमा भव्य रिसोर्टसमेत रहेको खुलेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोली अनुसन्धानका लागि हर्स सु माउन्टेन रिसोर्ट पुग्यो।
करिब १० रोपनी क्षेत्रको रिसोर्टभित्र पुग्दा ठूलो पिजडामा मृग र कालिजको बथान देखेर टोली छक्क पर्यो्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार मृग, कालिज लगायत वन्यजन्तु पाल्न निषेध छ। ऐनअनुसार सोको उल्लंघन भए ५ देखि १५ वर्ष कैद र ५० देखि १ लाखसम्म जरिवानाको प्रावधान छ।

उनले लामो समयदेखि अवैध रुपमा रिसोर्टमा जनावर निर्धक्क पालेका थिए। त्यो पनि भिआइपी पाहुनाको भोजनका लागि। पटके ठग पृष्ठभूमि रहेका उनले आफू जोगिन सुरक्षा निकाय र कानुनी अधिकारीलाई रिसोर्टमा लगेर जंगली जनावरको परिकार पस्कने गरेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए।

अनुसन्धान अगाडि बढ्दै जाँदा प्रफुल्ल, प्रमोदराज पन्तसँगै आफूलाई प्रफुल्ल राणाका रुपमा परिचय गराउन रुचाउने उनी नटवरलाल नै देखिए। अपहरण प्रयासको अभियोगमा महाशाखाले पन्तलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान गरिरहेका सार्वजनिक भएपछि उनीबाट ठगिएको थप २ वटा उजुरी दर्ता भइसकेको छ।

अनुसन्धानमा कुसाङ शेर्पाको नाममा देखिएको रिसोर्टसमेत नेपाली सेनाका पूर्व मेजर मोहन खत्रीको रहेको र उनले १३ वर्षसम्म चलाउन पाउने सम्झौता गरेर पछि जालसाजी गरी कुसाङको नाममा पास गरेको देखिएको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।

खनालका अनुसार पूर्व मेजर खत्रीका परिवारले महाशाखामा पहिलो वर्षको आम्दानी पन्तको हुने र दोस्रो वर्षदेखि ५०–५० प्रतिशतका दरले भागबन्डा गर्नुपर्ने सर्त भए पनि आफूले रकम नपाएको र जालसाजी गरेर रिसोर्टको जग्गा नै अर्काको नाममा दर्ता गराएको भन्दै निवेदन दिएका छन्।

'द्वन्द्वकालमा माओवादीबाट मोहन खत्री मारिएपछि पन्तले १३ वर्षसम्म चलाउन पाउने सम्झौता गरी रिसोर्ट लिएको देखियो,' खनालले भने, 'नाफाको ५० प्रतिशत भागबन्डा गर्ने सर्त पालनाको साटो रिसोर्ट नै अर्काको नाममा दर्ता रहेको खुलेपछि अहिले त्यसका कागजपत्र मगाइरहेका छौं।'

एक घन्टामै छुट्छु भन्दै प्रहरीलाई धम्की
ग्यालेक्सीकी सञ्चालिका राणाले आफूलाई अपरिचित नम्बरबाट फोन आउने गरेको र पैसा माग्दै विद्यालयका विद्यार्थी र छोराको अपरहणको धम्की दिने गरेको भन्दै महाशाखामा उजुरी गरेपछि महाशाखा टोलीले अनुसन्धान सुरु गरी पन्तलाई माघ २५ मा पोखराको होटल ग्लासियर पुगेर पक्रेको थियो।

पन्त पक्राउअगाडि प्रहरीले फिरौती रकम लिन आएका प्रह्लाद श्रेष्ठलाई काठमाडौं, नक्सालमा ५० हजारसहित पक्रेको थियो। जाँचपड्तालमा श्रेष्ठले आफूलाई पन्तले राणासँग पैसा लिन पठाएको खुलाउँदै उनी पोखरामा रहेको सूचना दिएपछि महाशाखा टोली पोखरा पुगेको थियो।

पोखराको ग्लासियर होटलमा रहेको पक्का भएपछि पक्राउ गर्न गएको प्रहरी टोलीलाई उनले प्रहरीका माथिल्लो तहका अधिकारी साथी रहेको भन्दै पक्राउ नगर्न धम्क्याएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदा उनले 'पख, एक घन्टामा छुटेर देखाइदिन्छु' भन्दै धम्क्याएका थिए।

प्रहरी स्रोतका अनुसार पन्तलाई पक्रन आएको भन्दा होटल कर्मचारीले समेत पत्याएका थिएनन्। महाशाखा टोलीले परिचयपत्र देखाएपछि 'उहाँलाई लिन र पुर्यामउन डिआइजीकै गाडी पो आउँछ' भन्दै आश्चर्य जनाएका थिए। अनुसन्धानमा संलग्न स्रोतका अनुसार प्रारम्भिक अनुसन्धान प्रहरीका केही उच्चतहका अधिकारीसँग पन्तको बाक्लो उठबस देखिएको छ।

ठगीका फरार दोषी
काठमाडौं ल्याएर अदालतबाट म्याद थप गरी हिरासतमा राखेपछि उनले अहिलेसम्म औपचारिक बयान दिन मानेका छैनन्। प्रहरी अधिकारीसँग औपचारिक रुपमा भने आफूले राणासँग एक करोड २५ लाख लिनुपर्ने रहेको दाबी गर्दै फसाएको दाबी गर्दै निर्दोष रहेको दाबी गर्दै आएका छन्।

उनी पक्राउपछि प्रहरीमा बढेको उजुरीपछि उनी २०६५ बाटै ठगीमा संलग्न रहेको खुलेको छ। मुडेको रिसोर्टसँगै जाउलाखेलमा रहेको सुनिता उपाध्यायको घर ७ वर्षदेखि जबर्जस्ती कब्जा गरेको उजुरी परेको छ। उनी ठगीमा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहरिँदै कैद सजाय र जरिवानासमेत तोकिएका फरार व्यक्तिसमेत रहेको पुष्टि भएको छ।

एसएसपी खनालका अनुसार किर्ते गरेर हुँदै नभएको जग्गा नेपाल औद्योगिक विकास निगममा राखेर ४० लाख ऋण लिएको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले उनलाई २०६५ भदौ १९ मा दोषी ठहर्या उँदै २ वर्ष कैद र ९१ लाख जरिवाना गरेको फैसला गरेको प्रमाण प्रहरीले जुटाएको छ। उनीसहितको समूहले हिमसिला कार्पेटका नाममा निगममा काठमाडौं खड्का भद्रकालीको एक रोपनी ४ आना जग्गा धितो राखेर ऋण निकालेको थियो। ऋण नतिरेपछि निगमले जग्गा लिलामी गर्न खोज्दा धितोको कागजमा उल्लेख भएको जग्गा सो क्षेत्रमै नभएको खुलेको उनले गाविस र गाविस सचिवको किर्ते छापा र हस्ताक्षर प्रयोग गरी हुँदै नभएको जग्गाको प्रमाण बनाएको खुलेको थियो।

Feb 22, 2016

लेखनाथ डाँडाको नाकमा सडक अवरुद्ध

लेखनाथ : दुई साता अघि कास्कीको वेगनासतालमा मृत अवस्थामा भेटिएकी खिममाया पुन मगरको हत्या भएको भन्दै उनका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै दिउँसो १ बजे देखी देखी पृथ्वीराजमार्ग अन्र्तगत कास्कीको लेखनाथ डाँडाको नाकमा सडक अवरुद्ध गरेका छन् ।
बेगनास तालमा मृत भेटिएकी खिममायाको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै उनका आफन्तले इलाका प्रहरी कार्यालय डाँडाको नाकमा घेराउ गर्दै सडक अवरुद्ध गरेका हुन ।
फेवा विकास बैंक पावरहाउस शाखामा कार्यरत २६ बर्षिया पुन माघ २५ गते देखी परिवारको सम्पर्कमा थिईनन् उनको २७ गते विहान शव भेटिएको थियो । पुनको सनाखत हुन नसक्दा विदेशी महिलाको शव भनिएको थियो । पछि उनका आफन्तले सनाखत गरेका थिए । आफन्तले घटनाको थप अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् । सवारी साधन अवरुद्ध हुँदा सयौं यात्रुहरु अलपत्र परेका छन् । यसअघि पुनका आफन्तले भण्डारढिकबाट जुलुस निकालेर डाँडाको नाक पुगेका थिए ।

सञ्चय कोष सञ्चित रकममा ब्याज नथपिने

काठमाडौं। कर्मचारी सञ्चय कोषले आज एक सूचना प्रकाशित गरी अवकाश पाएको वा सेवा निवृत्त भएको ६ वर्षसम्म पनि रकम नलिएका वचतकर्तालाई रकम फिर्ता लैजान आग्रह गरेको छ ।
कोषले ६ अवकाश पाएको वा मृत्यु भएको ६ वर्षपछि सञ्चित रकमको ब्याज नपाइने कानुनी ब्यवस्था स्मरण गराउँदै रकम फिर्ता लैजान आग्रह गरेको हो। सेवाबाट अबकास प्राप्त कर्मचारी वा उसका हकवालाले कोषको ठमेलमा रहेको केन्द्रीय कार्यालयबाट रकम लिनसक्ने कोषले जनाएको छ।
सञ्चयकर्ता कुनै कारणले सेवाबाट अवकाश भएमा सञ्चयकर्ताले वा सञ्चयकर्ताको मृत्यु भएमा इच्छाइएको व्यक्ति अर्थात नजिकको हकवालाले सञ्चयकर्ता अवकाश भएको ६ बर्षभित्र ब्याज सहितको रकम लैजानुपर्नेमा धेरै सञ्चयकर्ताले रकम लगेका छैनन्।
सञ्चयकर्ताले अवकाश पाएको वा मृत्यु भएको ६ वर्षभित्र सञ्चयकोष रकम भुक्तानी लिइसक्नुपर्ने र त्यसपछि सञ्चित रकममा ब्याज नथपिने कानुनी ब्यवस्था रहेको छ।

आजैदेखि बजारमा पूर्ण तौलको ग्यास सिलिण्डर

काठमाडौं: आपूर्ति मन्त्रालयले आज (सोमबार) देखि ग्यास उद्योगीलाई पूर्ण तौंलको सिलिण्डर बितरण गर्न निर्देशन दिएको छ ।

मन्त्री गणेशमान पुनको अध्यक्षतामा बसेको बैठकले ग्यास आयातमा केही सहजता आएकाले पूर्ण तौल (१४.२ किलो) को सिलिण्डर बितरण गर्न उद्योगीहरुलाई अनुमति दिएको छ ।
 
बैठकले पूर्ण तौंलको सिलिण्डर बितरण गर्ने बिषयमा निर्णय गरेको हो । यो निर्णयसँगै अब ग्यास उद्योगीले सोमबारबाट नै उपभोक्तालाई पूर्ण तौलको सिलिण्डर बिक्री गर्नुपर्नेछ ।
 
भारतको अघोषित नाकावन्दीका कारण गत असोज ६ गतेपछि ग्यासको आपूर्तिमा असहजता आएपछि तत्कालिन समयमा सरकारले आधि तौल(७.१ किलो) सिलिण्डर बितरण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको थियो । 
 
पूर्ण तौलको सिलिण्डरलाई दुई भागमा बाँडेर सात सय मूल्यमा आधा सिलिण्डर बितरण गर्ने प्रणाली सरकारले लागू गरेको थियो । 
 
मन्त्रालयले नेपाल एलपिजी ग्यास उद्योग संघ, नेपाल आयल निगम र उपभोक्तावादी संघसंस्थाको सुझावको आधारमा पूर्ण तौलको सिलिण्डर बितरण गर्ने बिषयमा निर्णय गरेको हो ।
 
ग्यास उद्योगी संघले गत माघ पहिलो सातादेखि नै पूर्ण तौलको सिलिण्डर बितरण गर्न पाउनुपर्ने माग राखेर मन्त्रालयसँग छलफल गर्दैआएको थियो । 
 
केही उद्योगीले माघदेखि नै पूर्ण तौलका सिलिण्डर सिमित संख्यामा बितरण गर्दै आएका थिए । आधि तौंलको सिलिण्डर बितरण गरिएका कारण झण्डै तेब्बर संख्याको सिलिण्डर उपभोक्ताको घरमा ‘होल्डिङ्ग’  भएर बसेको छ । 
 
पछिल्लो समयमा ग्यासको बुलेट आपूर्तिमा केही सुधार भएपनि सिलिण्डरको अभाव हुँदा उपभोक्ताले सजिलै समयमा सिलिण्डर पाउन सकेका छैनन् । ग्यासको अभाव हुँदा एउटा उपभोक्ताले कम्तिमा तीनदेखि पाँचवटा ब्राण्डको सिलिण्डर प्रयोग गर्न बाध्य भएका थिए ।
 
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार अहिले दैनिक ४० वटा बुलेट नेपाल भित्रिँदै आएको छ । ‘तर हामीलाई दैनिक ६० बुलेटको आवश्यकता छ’, उनले भने । 
 
नेपाल भित्रिने ४० बुलेटमध्ये २० बुलेट उपत्यकाका लागि आउछ भने बाँकी २० बुलेट उपत्यकाबाहिरका उद्योगमा जान्छ । 
 
निगमका अनुसार इण्डियन आयल कर्पोरेशन(आईओसी) ले जाडोयाममा ग्यासको उत्पादन कम भएको र उत्पादित ग्यास पनि जाडो यामका कारण भारतको आन्तरिक बजारमै बढी खपत हुने भएको भन्दै निगमलाई मागअनुसार ग्यास आपूर्ति दिन बहाना गर्दै आएको छ । 
 
स्रोतका अनुसार आईओसीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पश्चात मागअनुसार आपूर्ति दिने निगमलाई आश्वासन दिएको छ ।
 
अहिले नेपालमा ५३ वटा ब्राण्डमा ६५ लाख सिलिण्डर उत्पादन हुन्छ । मुलुकभर ६५ लाख सिलिण्डरको माग छ । त्यसमध्ये ३० लाख उपत्यकामा खपत हुन्छ । सामान्य समयमा देशभर २९ हजार मेट्रिक टन ग्यास आवश्यक पर्छ ।
 
निगमले प्रति सिलिण्डरमा ९९ रुपैयाँ घाटा खाएर बिक्री गर्दै आएको छ । मासिकरुपमा ग्यासतर्फ निगमले चार करोड घाटा व्यहोर्दै आएको छ ।

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...